Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, पुस १, २०८१

रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस

सिँजादर्पण, पोखरा ।। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको कास्की प्रहरीले जनाएको छ।

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाएको जानकारी दिए। उनले भने, ‘अनुसन्धान प्रतिवेदनका साथै विभिन्न निकायबाट प्राप्त अनुसन्धानलाई सघाउने दस्तावेज पनि सरकारी वकिल कार्यालयमा बुझाएका छौँ।’

पक्राउ परेको दुई महिनापछि उनीमाथि अनुसन्धान सकिएको हो। सभापति लामिछाने सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए। सोही दिन पोखरा लगिएका उनीसित पोखरा, भैरहवा, चितवन, पर्सा र काठमाडौँमा बयान लिएर प्रहरीले प्रतिवेदन तयार पारेको हो।

लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, भैरहवास्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी, चितवनस्थित सहारा सहकारी र वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखेपछि जेठ १५ मा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै २०८१ असोज ४ गते प्रतिवेदन बुझाएको थियो।

प्रहरीले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई असोज ६ मा ‘जरुरी पक्राउ पुर्जी’ दिएर काठमाडौँबाट नियन्त्रणमा लिएको थियो। लामिछानेमाथि पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोप छ।

संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछाने जिम्मेवार कार्यकारी भूमिकामा रहेका बेला सहकारीबाट लगिएको रकम गोर्खा मिडियाका नाममा खर्च भएको देखिएको उल्लेख छ। लामिछानेमाथि पनि कानुनबमोजिम कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ।

संसदीय छानिबन समितिको प्रतिवेदनमा उउल्लेख छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा लाग्नअुघि लामिछाने ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा महाप्रबन्धक थिए। सोही प्रकरणमा मिडियाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई फरार छन् भने जोशीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn