Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

काठमाडौं महानगर : बालेनलाई गुरागाईंले झुकाए, यस्तो थियो विवादको मुख्य कारण ?


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१

काठमाडौं महानगर : बालेनलाई गुरागाईंले झुकाए, यस्तो थियो विवादको मुख्य कारण ?

सिँजादर्पण, काठमाडौं । अनधिकृत रूपमा ‘काठमाडौं भ्यू टावर’को नक्सा पास गरेको भन्दै मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख सरोज गुरागाईंलाई हाजिर गर्न नदिइ अपमानित गरिएको थियो । घर बिदामा बस्न बाध्य बनाएको १०३ दिनपछि गुरागाईंले बिहीबार कर्मचारीको सहयोगमा हाजिर गरे । लगत्तै मन्त्रालयमा ब्रिफिङ पनि गरे । गत पुस ५ पछि कार्यालय जान नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार कार्यपालिका सदस्य र कर्मचारीहरूको बलमा महानगर छिर्दा एक प्रकारको तनाव भएको थियो । लामो समयसम्म हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार एक्कासी हाजिर गर्न आउने सूचना आएको आएपछि मेयर बालेनले रोक्ने अनेकन प्रयास गरे । बिहीबार बिहानै मात्र गुरागाईं कार्यालयमा हाजिर गर्न आउने सूचना फैलिँदै गर्दा मेयर बालेन भने काठमाडौं बाहिर थिए ।
काठमाडौंबाट विदा मनाउन धुलिखेल पुगेका मेयर साहलाई प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न आउने सूचना पुर्याइएको थियो । गुरागाईं हाजिर गर्न आउने भनेपछि बालेन सचिवालयले नगर प्रहरीलाई जसरी पनि रोक्न आदेश दिएको थियो । कुनै पनि हालतमा हाजिर गर्न नदिन नगर प्रहरीलाई बालेन सचिवालयले निर्देशन दिएको थियो । नगर प्रहरी पनि गुरागाईंलाई रोक्न कस्सिए । कमलादीस्थित महानगरको कार्यालयको मुल ढोकामा बिहानैदेखि महानगरका सुरक्षाकर्मीहरू तैनान गरियो । उता महानगरमा कार्यरत कर्मचारीहरू गुरागाईंको स्वागतमा बसिरहँदा नगर प्रहरी भने गुरागाईंलाई गेटमै रोक्न लागिपरेको थिए । कर्मचारीहरूको समूह एकातिर खादा माला बोकेर गुरागाईंको स्वागत तयारी गर्दै थिए भने अर्कोतिर मेयर बालेनविरुद्ध नाराबाजी भैरहेको थियो ।

नगर प्रहरी लगाएर भएपनि गुरागाईंलाई हाजिर गराउन नदिन मेयर शाहको सचिवालयले निकै कसरत गरेको थियो । तर, महानगरका कर्मचारी र उपप्रमुख सुनीता डङ्गोलसहित वडाध्यक्षहरु गुरागाईंलाई हाजिर गराउनुपर्ने पक्षमा उभिएपछि बालेनले कानुन विपरित गरेका सुरक्षाकर्मीको कुनै जोड चलेन । गुरागाईंलाई स्वागत गर्न उपमेयर डङ्गोल नै उपस्थित भएकी थिइन् । कर्मचारीहरूले ३ महिनादेखि तलब नपाएको, महानगरको आर्थिक विकासको काम ठप्प भएको भन्दै जनप्रतिनिधिहरू गुरागाईंलाई हाजिर गर्न दिनुपर्ने भन्दै केही दिनअघि नै मेयरको कार्यकक्षमा पुगे पनि उनले कुनै जवाफ दिएका थिएनन । कर्मचारीहरूले दबाब दिन थालेपछि उनले संघीय सरकारलाई गाली गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । तीन महिनाभन्दा लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर ठप्प जस्तै थियो ।

महानगरको आर्थिक कारोबार ठप्प भएको थियो । तर, नक्सा पासको विषयमा गडबडी गरेको भन्दै गुरागाईंलाई हाजिर गर्न नदिन अड्डी कसेका बालेनले यसपटक कर्मचारीहरूसँग झुक्नु परेको छ ।संघीय सरकारलाई बारम्बार नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले पत्रदेखि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन संघीय सरकारलाई दबाब दिएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालेनको प्रस्ताव अस्वीकार गर्यो । महानगरमा प्रमुख प्रशासकीय अधिकृत बहाल रहेको भन्दै नयाँ मान्छे पठाउन संघ सरकारले अस्वीकार गर्दै आएपछि विवाद बढ्दै गएको थियो । गुरागाईंलाई हाजिर गराउनुपर्ने अडान राख्दै आएको थियो । तर बालेन भने गुरागाईंलाई हाजिर नगराउने आफ्नो अडानमा कायम थिए ।

कुनै हालतमा हाजिर गर्नै नदिने रणनीति बालेनको थियो । जसका लागि बिहीबार बालेनले तीन रणनीति अपनाए ।प्रमुख प्रशासकीय अधिकृत आउने हल्लापछि बालेनले उनलाई रोक्न अनेक विधि प्रयोग गरेका थिए । त्योमध्ये एक प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ‘ह्वील लक’ लगाइदिएका थिए । नगर प्रहरीलाई परिचालन गर्दै बालेनको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक लगाइदिएपछि कर्मचारीहरू झन आक्रोशित भएका थिए । गेटमा स्वागतमा बस्दै गर्दा कर्मचारीहरूले गुरागाईंलाई लिन गाडी पठाउने तयारी गर्न थाले । यो थाहा पाएपछि नगर प्रहरीले पार्किङमा रहेको प्रमुख प्रशासकीय अधिकृत चढ्ने महानगरको गाडीमा ह्वील लक लगाएको थियो । ह्वील लक लगाएको खबर पाएपछि कर्मचारीहरूले नगर प्रहरीलाई चेतावनी दिए । तर उनी आएर हाजिर गरी फर्केका छन् । शुक्रबार उनी कार्यालय आउछन या आउदैनन भन्नेचाहि खुलेको छैन । तर कर्मचारीहरुले शुक्रबार गुरागाई आएर नियमति काम गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn