सिँजादर्पण, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसीलाई दिइएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । यसअघि उपकुलपति प्रा।डा। केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त भएको थियो ।
