सिँजादर्पण, काठमाडौँ । कांग्रेसको सिफारिसमा गभर्नर बनाउन लागिएका गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। भट्टले राजनीतिक नेतृत्वबाट ग्रिन सिंग्नल पाएपछि शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन्। राजीनामा स्वीकृत नहुँदै गभर्नर बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार नै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। यसअघि गभर्नर नियुक्ति सम्बन्धी मापदण्डमा ६५ वर्षे उमेर हद नलाग्ने संशोधन विरुद्ध परेको रिटमाथि अन्तरिम आदेशबारे छलफल हुँदैछ। उक्त रिटको पुरक निवेदनका रुपमा उप्रेती र थापाले शुक्रबार भट्टविरुद्धको रिट पनि दर्ता गरेका हुन्।
भट्टको योग्यताथि प्रश्न उठाउँदै पुरक निवेदन परेसँगै गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालत प्रत्यक्ष रुपमा जोडिन पुगेको छ।
