सिँजादर्पण काठमाडौं । राप्रपा अध्यक्ष लिङ्देन लगायत सिंहदरबारबाट पक्राउ परेका छन्। प्रहरीले राप्रपा अध्यक्ष लिङ्देन, संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेता बुद्धिमान तामाङलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो। अर्का सांसद दीपबहादुर सिंहलाई भने प्रहरीले पक्राउ गरेको छैन।
उनीहरूले सिंहदरबारभित्रै सांकेतिक विरोध गरेका थिए। गोजीमा भएको पम्प्लेट निकालेर देखाउने क्रममा त्यसलाई प्रहरी थुतेर फ्याँकिदिएको थियो।पक्राउ पर्दैगर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए। राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै विरोध प्रदर्शन गरिरहेको छ।
