सिँजादर्पण, जुम्ला । कृषि पर्यटन र जडिबुटी स्थानीय समृद्धिको आधारः गुठिचौर गाउँपालिकाको पहिचान, एकीकृत र व्यवस्थित स्थानीय पूर्वाधार” भन्ने मुल नाराका साथ गुठिचौर गाउँपालिकाको गाउँसभा तथा २१ औ अधिवेशन सम्पन्न भएको छ ।
आज जुम्लाका स्थानीय तहले आज बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
जुम्लाका आठ स्थानीय तह मध्य कनकासुन्दरी गाउँपालिकाले हिजो ९ गते बजेट ल्याइ सकेको छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र पालिकाहरुले आर्थिक वर्षको राजस्व र व्यय ९बजेट०को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ ।
यही व्यवस्थामा रहि जुम्लाको गुठिचौर गाउँपालिकाले ३४ करोड ७९ लाख २५ हजार ९ सय ७० रूपैयाँ १९ पैशा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोत तर्फ ३० लाख, यस्तै बित्तिय समानिकरण अनुदानमा १० करोड ७० लाख, प्रदेश सरकार बित्तिय समानिकरण अनुदानमा १ करोड १२ लाख ९९ हजार , संघीय राजशव बाँडफाँड तर्फ ९ करोड ४९ लाख ४ हजार ५ सय ९ रूपैयाँ , कर्णाली प्रदेश राजश्व बाँडफाँड तर्फ १ करोड ४० लाख ४ सय ६१ रूपैया १९ पैशा, सशर्त अनुदान तर्फ १० करोड ६७ लाख, सशर्त अनुदान चालू पुजि १३ लाख ४२ लाख २ हजार , कर्णाली प्रदेश शसर्त चालू अनुदान तर्फ १ करोड ३४ लाख २२ हजार , संघीय समपुरक अनदान तर्फ १ करोड ४० लाख , कर्णाली प्रदेश विशेष अनुदान तर्फ २५ लाख र स्थानीय सरकार आन्तरिक स्रोत तर्फ ३० लाख बजेट सार्वजनिक गरेको छ ।
जलवायु उत्थानशिलमा बढी प्रथामिकता, सुशासनमा प्रथामिकता, योजनाबद्व ग्रामिण बस्तीमा पुर्याउने, आव डिजिटल प्रविधि बाट शिक्षण गराइने, सार्वजनिक यातायातमा सहज गर्न वडा नम्बर १ र २ मा बस सेवा संचालन गरिने लगाएतका कार्यक्रम सार्वजनीक गरिएको छ ।
