Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीन जोड्ने प्रसारण लाइन बन्दै, भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यात : ऊर्जामन्त्री खड्का


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १२, २०८२

चीन जोड्ने प्रसारण लाइन बन्दै, भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यात : ऊर्जामन्त्री खड्का

सिँजादर्पण, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढीरचिलिमे–जिलोङरकेरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्।

चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी शाङ्हाई सहयोग संगठन ९एससीओ० को पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रका उपलब्धिबारे चर्चा गर्दै चीनसँगको प्रसारण लाइन निर्माण गरिने बताएका हुन्। साथै उनले भारत र बङ्गलादेशसँग विद्युत् व्यापार भइरहेको सुनाए।

बिहीबार ‘उच्च गुणस्तरीय ऊर्जा विकास’ विषयक समानान्तर मञ्चमा बोल्दै मन्त्री खड्काले भने, ‘भारत र बङ्गलादेशसँग विद्युत् निर्यातको सम्झौता भएको छ। चीनसँग रसुवागढीरचिलिमे–जिलोङरकेरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ।’

भारतसँग १३२ केभी तथा सोभन्दा कम भोल्टेजका प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको उल्लेख गर्दै मन्त्री खड्काले भारतको बाटो हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यातको ऐतिहासिक सम्झौता भएको जानकारी पनि दिए।

आफ्नो मन्तव्यमा मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो औँल्याए। उनले भने, ‘ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजनजत्तिकै आवश्यक विषय हो।’ नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको दाबी गर्दै मन्त्री खड्काले करिब ९९ प्रतिशत जनतामा विद्युत् पहुँच पुर्‍याएको र ९५ प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट भइरहेको सुनाए।

ऊर्जा क्षेत्रको सुरक्षित, समावेशी र हरित भविष्यका लागि क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी, पारदर्शी मूल्य निर्धारण र हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास अपरिहार्य रहेकोमा उनले ध्यानाकर्षण गराए।

नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सोमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खड्काले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच ऊर्जामन्त्री खड्काले ‘इन्टिग्रेट इनोभेसन फर इनर्जी फ्युचर’ विषयक सम्बोधन गर्दै शाङ्हाई सहयोग संगठनका सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धन तथा क्षेत्रीय सहयोगका विविध पक्षहरूमा जोड दिए। उनले नेपालको ऊर्जा उत्पादन क्षमताको उल्लेख गर्दै विद्युत् उत्पादन लक्ष्य र निर्यात लक्ष्यबारे व्याख्या गरे। विद्युत् व्यापारमा नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय सहकार्यको उपलब्धिबारे चर्चा गर्दै मन्त्री खड्काले शाङ्हाई संगठनअन्तर्गतको उपभोक्ता बजार, स्रोत सम्भावनालाई ध्यानमा राखी नवप्रवर्तन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिए। उनले संवाद साझेदारको रूपमा नेपालले संगठनको ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने र ऊर्जा क्षेत्रको आपसी सहकार्यमा अग्रसर रहने प्रष्ट पारे।

चीनको राष्ट्रिय ऊर्जा प्रशासन र चच्याङ प्रान्त सरकारको संयुक्त आयोजनामा “नवप्रवर्तन र एकीकरण, गतिशील भविष्य” विषयक संगठनका ऊर्जा मन्त्रीहरूको बैठक भएको हो। सम्बन्धित एससीओ देशका ऊर्जा विभाग प्रमुखहरू, सम्बन्धित प्रतिनिधिहरू र चीनका राजदूतहरूले बैठकमा भाग लिए भने ऊर्जा रूपान्तरण र दिगो विकासलाई प्रवर्द्धन गर्ने विभिन्न देशका गहन सफल अनुभवहरू आदानप्रदान गरे।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बैठकमा २६ तारिख २५ वटा परियोजनामा हस्ताक्षर भएको छ । यस वर्षको एससीओ शिखर सम्मेलनसँगै आयोजना गरिएको यो नै ऊर्जा क्षेत्रको सबैभन्दा उच्च स्तरको बैठक हो भने सन् २०२५ मा ऊर्जा क्षेत्रमा चीनको सबैभन्दा ठूलो घरेलु कूटनीतिक कार्यक्रमहरूमध्ये एक हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn