साहिल देवान, भदौं १९, पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित हिजो साँझ साल्ट ट्र्डिङ्ग अगाडी गोलि हानेर भाग्दै गर्दा एक जना अपराधीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोलि हानेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।
वीरगंजको साल्ट ट्रेडिङ्ग अगाडी गोलि हानेर भाग्दै गरेको अवस्थामा सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले जानकारी दिनुभयो ।
उहाले पक्राउ गरिएको अपराधीको साथबाट १७ राउन्ड गोलि सहित एक थान हतियार बरामद भएको बताउनु भयो । वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने सन्तोष दासलाई गोलि हानी भाग्दै गर्दा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको माथी अवाश्यक कारवाही भइरहेको र घाइते दासलाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राथोडले जानकारी दिनुभयो ।
