Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दक्षिण कोरियामा जहाज दुर्घटना : १७६ जनाको शव भेटियो, तीन जना अझै बेपत्ता


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, पुस १४, २०८१

दक्षिण कोरियामा जहाज दुर्घटना : १७६ जनाको शव भेटियो, तीन जना अझै बेपत्ता

सिँजादर्पण, काठमाडौ‌ । दक्षिण कोरियामा आज (आइतबार) बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धार कार्य जारी छ । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन् ।जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९ः०७ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो । १७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। भिडिओ फुटेजहरूमा पनि जहाजको पाङ्ग्रा निस्किएको देखिँदैन ।

दुर्घटनालगत्तै दुई जनाको भने उद्धार गरिएको थियो। उनीहरू दुवै चालक दलका सदस्य रहेको बताइएको छ। उनीहरूलाई उद्धारलगत्तै अस्पताल लगिएको थियो । दुवै जना खतरामुक्त रहेको पनि योनहापले लेखेको छ। दुई जनाबाहेक अब कोही पनि जिवित फेला नपर्ने उद्धारकर्मीहरूले बताएका छन् । अझै तीन जना नभेटिएको योनहाप न्युजले उल्लेख गरेको छ ।

भेटिएकामध्ये शरीरको अधिकांश भाग जलेका कारण ९ वटा शव महिलाको कि पुरूषको भन्ने समेत पहिचान गर्न नसक्ने अवस्थामा रहेको सिएनएनको समाचारमा उल्लेख छ । अरू शव पनि पहिचान गर्न नसकिने अवस्थामा छन् । जेजु एयरले मृतकका आफन्तहरूसँग दुर्घटनामा परेका यात्रुका अन्य विवरण मागेका छन् ।

बाँकी यात्रुको खोजीपछि जहाजको ब्ल्याक बक्स खोजिने त्यहाँका अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोइ स्याङ मक पनि विमानस्थल पुगेर त्यहाँको अवस्था बुझेका थिए। जहाज के कारणले दुर्घटना भयो भन्नेबारे जाँच कमिटी बनाइने दक्षिण कोरियाका भूमी मन्त्रीले पत्रकार सम्मेलनमा बताएका छन् । मन्त्रालयले विमान दुर्घटनाको छानबिन र कारण पत्ता लगाउन ६ महिना देखि ३ वर्षसम्म लाग्न सक्ने पनि बताएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn