काठमाडौँ, २५ भदौ । साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोबार भयो ।
कारोबार भएका १२ उपसमूहमध्ये एउटा समूहको मात्र शेयर झिनो अङ्कले उकालो लागेको छ । सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले बढेको छ । बैङ्किङ १.७५, व्यापार ०.४२, होटल ३४.८४, डेभलपमेन्ट बैँक ४.७८, हाइड्रोपावर २.५९, फाइनान्स ०.३२, निर्जीवन बीमा ४९.०३, उत्पादन ८.६६, अन्य ०.३२, माइक्रोफाइनान्स ५.८१ र जीवन बीमा ३१.४७ अङ्कले घटेको छ ।
