Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युरोपेली मुलुकबाट अमेरिका प्रवेशमा रोक


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २९, २०७६

युरोपेली मुलुकबाट अमेरिका प्रवेशमा रोक

एजेन्सी । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ३० दिनका युरोपेली मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातिदेखि लागू हुने गरी युरोपेली मुलुकबाट हुने सबै यात्रामाथि प्रतिबन्धको घोषणा गरेका हुन् । केहीबेर अघि टेलिभिजन सम्बोधनमार्फत उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन।

प्रतिबन्धमा बेलायत भने परेको छैन । बेलायतमा अहिलेसम्म कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ भने ४ सय ५६ जना संक्रमित रहेका छन् । राष्ट्रपति ट्रम्पले प्रतिबन्ध ‘कडा कदम’ भए पनि ‘अत्यन्तै आवश्यक’ भएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अमेरिकाले जस्तो पूर्वसावधानी अपनाउन नसकेको पनि बताए । चीनपछि कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित इटालीले खाद्य सामग्री र औषधि पसल बाहेक सबै पसल बन्द गर्ने र राष्ट्रव्यापी रुपमा आवतजावत ठप्प पार्ने घोषणा गरेसँगै ट्रम्पले युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्ध लगाएका हुन् ।

उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ।युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो। प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए। सामान घरमै पुर्‍याउन भने रोकिने छैन।

टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने बताए । नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनको विश्वास छ । इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । त्यहाँ १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८२७ जनाले ज्यान गुमाएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब नौ सयजना सङ्क्रमितहरू सघन उपचार कक्षमा भर्ना गरिएका छन्।उनले इरान र इटलीले अहिले बेहोरिरहेको सङ्कटको जस्तो स्थितिको सामना छिट्टै अन्य देशहरूले पनि गर्नुपर्ने चेतावनी दिए।

यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको छ। डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताए। उनले त्यसलाई सङ्क्रमणको खतरनाक तह भन्दै त्यसले आफूलाई गम्भीर रूपले चिन्तित तुल्याएको उल्लेख गरे। विश्वव्यापी भन्नुको अर्थ रोग एकै समयमा विश्वभरी थुप्रै देशहरूमा फैलिनु हो।

डा। टेड्रोसले सङ्क्रमणलाई विश्वव्यापी भनेर डब्ल्युएचओले देशहरूलाई गर्नुपर्ने कामबारे दिएको सुझाव परिवर्तन गर्न नलागेको बताए । उनले सरकारहरूलाई प्रकोप नियन्त्रणका निम्ति तत्काल र आक्रामक कदम चाल्न आग्रह गरे। उनले भने, ‘यो भाइरसलाई नियन्त्रण र दमन गर्न सकिन्छ भन्ने कुरा कैयौँ देशहरूले देखाइसकेका छन् ।’

अमेरिकी राष्ट्रपतिट्रम्पले यात्रुहरुमाथि प्रतिबन्ध लगाए पनि यसले अमेरिका र युरोपबीचको व्यापारमा भने असर नपार्ने बताएका छन् । कार्गो विमानहरुमाथि भने प्रतिबन्ध नलगाएको उनले स्पष्ट पारे । उनले भने, ‘प्रतिबन्ध मानिसहरुमाथि हो, सामानमा होइन ।’ बिहीबार बिहानसम्म अमेरिकामा कोभिड–१९ बाट ३८ जनाको मृत्यु भएको छ भने एक हजार ३ सय २७ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn