Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीनको वुहानमा मानिसको हिंडडुल शुरु, बजार पसल पनि खुले


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १८, २०७६

चीनको वुहानमा मानिसको हिंडडुल शुरु, बजार पसल पनि खुले

चैत १८, वुहान (चीन) । चीनमा कोरोना भाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा सोमवारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै वुहानमा झण्डै दुई महीनासम्म १० औं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

स्थानीय सरकारले हुपेई प्रान्तको राजधानी वुहान सहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । वुहान शहरको मुख्य सपिङ सडकमा दुई महीनापछि पुगेकी एक महिलाले अत्यन्त उत्साहित हुँदै भनिन्, ‘म अब पसलमाथि बदला लिन चाहन्छु ।’

तैपनि शहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगन्य नै देखिएको छ । सडकमा हिंड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।

तिनैमध्येकी उत्साही एक ग्राहक हुन् स्थानीय शिक्षिका । गत जनवरी २३ तारिखदेखि नै वुहानमा लकडाउन गरिएपछि उनीजस्ता झण्डै १ करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

चुहे हान्जी मलमा भेटिएकी केट नाम गरेकी ती महिलाले भनिन्, ‘म आज अत्यन्तै खुशी छु, मलाई बेस्सरी कराउन मन लागेको छ आज ।’ उनी थप्छिन्, ‘घरभित्र दुई महीनासम्म थुनिएकोले होला मलाई आज बेस्सरी उफ्रिन मन लागिरहेको छ ।’

हुपेईको पूर्वी शहर नान्जिङकी शिक्षिका केट समेतका सबै नागरिक घरभित्रै बन्द भएका थिए । कोरोना भाइरसको संक्रमण रोक्न चीनको केन्द्र सरकारले चिनियाँ उद्योगको प्रमुख केन्द्रका रुपमा रहेको हुपेई लकडाउन गरेको थियो ।

विश्वभरका सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले वुहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको छ । कोरोनाभाइरसलाई परास्त गरेको घोषणासँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ ।

हुपेई प्रान्तको वुहान शहरमा यात्रामाथिको प्रतिबन्ध हटाइएको चीनकै अन्तिम शहर पनि हो । स्थानीयबासीलाई  हुपेईका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छाड्न दिइएको थिएन ।

हुपेईको वुहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो । उहानका बासिन्दामाथिका यात्रा प्रतिबन्धहरु आगामी अप्रिल ८ बाट हटाइनेछ ।

सोमवार चुहे हान्जी मलमा करीब ७५ प्रतिशत पसलहरु खुलेका छन् तर उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् अर्थात एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजरको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ ।

बस र सबवे शनिवारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् ।

वुहानमा कोरोना भाइरसका कारण २ हजार ५४७ जनाको ज्यान गएको थियो । चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करीब ८० प्रतिशत वुहानकै नागरिक थिए । चीनभर ८१ हजार ४७० जनामा कोरोना भाइरसको संक्रमण भएको देखिएको थियो ।

स्थानीय चिनियाँ अधिकारीहरुलाई उद्योग, व्यवसायहरु खुला गर्न एवं पूर्ववत रुपमै संचालनमा ल्याउने व्यवस्था गर्न आदेश दिइएको छ । सँगै काममा फर्कने मानिसमा कुनै संक्रमण देखिए तत्काल उपचार समेतका अरु कार्यहरु गर्न भनिएको छ ।

यसैसाता, वुहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई शहरमा आउनु पर्ने कारण र कस्तो तरिकाबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ । होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ ।

उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रा सहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्रा बारे नियमित अनुगमन गर्न सकियोस् ।

अधिकारीहरुले पाँच ओटा होटललाई वुहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन् । यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ । होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नु पर्नेछ ।

बसमा यात्रा गर्न चाहने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनु पर्नेछ । रासस /एपी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn