Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीन यस्तो देश हो उसले आफ्नो उद्देश्य भाषणमा होइन, व्यवहारले गरेर देखाउँछ


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २१, २०७६

चीन यस्तो देश हो उसले आफ्नो उद्देश्य भाषणमा होइन, व्यवहारले गरेर देखाउँछ

 

सिजादपर्ण डटकम चैत्र २१ ।  कोराना भाइरसकै कारण केही दिनअघि विश्वका दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबिच एकआपसमा आरोप–प्रत्यारोप भयो । अमेरिकाले चीनलाई लगातार जैविक युद्ध गरेको आरोप लगायो । चिनियाँ जनता भाइरसको महामारीबाट निकै आक्रान्त बनिरहेका बेला पश्चिमा मिडियाहरूले सर्प र चमेरो खाएकाले चिनियाँहरूमा भाइरस लिएको र पश्चिमाहरूलाई कहिल्यै केही नहुनेजस्ता हर्कत गरिरहेका थिए । कतिसम्म भने ‘चाइना इज रियल्ली सिक’ भनेर माओ त्सेतुङको मुखमा मास्क लगाएको फोटो सार्वजनिक गरेर चीनलाई गिज्याइरहेका थिए । पश्चिमाहरूले थोरै पनि मानवीयता देखाएर सहयोग गर्नुको सट्टा कोरोनाविरुद्ध लडिरहेका चिनियाँहरूलाई व्यङ्ग्य गरिरहेका थिए ।चीन यस्तो देश हो उसले आफ्नो उद्देश्य भाषणमा होइन, व्यवहारले गरेर देखाउँछ । भाइरस संक्रमणको मध्यबिन्दुमा पुग्दा चीनले अप्ठ्यारो परिस्थितिको एक्लै सामना गर्यो । यो बेला शक्ति सम्पन्न राष्ट्रहरु कसैले पनि सहयोग गर्ने इच्छा देखाएनन् । उल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै चीनलाई चिढ्याउने काम गरिरहेका थिए । उनी लगातार सञ्चारमाध्यममा चीनविरोधी अभिव्यक्ति दिइरहेका थिए । यस्तो लाग्थ्यो– चिनियाँ जनता चिन्तित हुँदा र बुहान सहरमा सन्नाटा उत्पन्न भइरहँदा अमेरिकी राष्ट्रपति भद्दा कमेडी गरिरहेका छन् ।समय एकै रहेन । चीन कोरोनाबाट तङ्ग्रिँदै गर्दा उता युरोपका देशहरूमा भाइरसको महामारी तीव्रतामा फैलियो । युरोपको इटालीमा महामारीले कहालीलाग्दो र भयावह रूप लियो । त्यहाँ भाइरसबाट सङ्क्रमितको सङ्ख्या हजारौँ पुग्यो र एकै ठाउँमा थुप्रिएका शवका हृदयविदारक दृश्यहरूले सबैलाई स्वब्ध बनाउँदै थिए । त्यही बेला युरोपेलीहरूको एकता बलियो हुन्छ भनेर एक युरोपको नारा लगाउने युरोपेलीहरू इटालीले सहयोगको हात माग्दा पनि सहयोग गर्ने इच्छा देखाएनन्, बरु सबै देश भाइरसलाई बेवास्ता गर्दै रमिते भएर बसे ।कोरोनाविरुद्धको युद्धमा बहादुरीपूर्वक एक्लै लडिरहेको चीनले आफ्नाविरुद्ध उठेका कुनै सवालहरूको मौखिक जबाफ दिन आवश्यक ठानेन, बरु कोरोनाविरुद्धको युद्धमा एकपछि अर्को सफलता हात पार्दै गयो । चीनले इटालीमा तीनवटा विमानमा सयौँ डाक्टर, नर्स र उपकरणसहितको मेडिकल टिम पठायो । चीनको विमानस्थलमा इटालीमा कोरोनाविरुद्धको युद्ध लड्न पठाउन लागिएका स्वास्थ्यकर्मीहरूको बिदाइ समारोह कति भव्य देखिन्थ्यो भने मानौँ त्यहाँ कुनै ठूलो समारोह भैरहेको छ । बिदाइ समारोहका ती दृश्य हेर्दा यस्तो भाव उत्पन्न हुन्थ्यो– चिनियाँ चिकित्सकहरू अन्तर्राष्ट्रिय भावनासहित ज्यान जोखिममा राखेर इटाली गएका छन् । स्वदेश फर्किने या नफर्किने अनिश्चित यात्राका यात्रीहरुको बिदाइ समारोहका ती दृश्य सामाजिक सञ्जालमा लाखौँ–करोडौँ मानिसका प्रिय बने ।

आज यो विवरण तयार पार्दासम्म विश्वभर ९ लाखको सेरोफेरोमा मानिस कोरोना सङ्क्रमित बनिसकेका छन् भने करिब आधा लाख मानिसको ज्यान गइसकेको छ । त्यसमध्ये अमेरिकामा मात्र सङ्क्रमित सङ्ख्या २ लाख पुगेको छ । आफूलाई कहिल्यै केही हुँदैन जस्तो गर्ने अमेरिकाका ५० वटै राज्यमा पसेको कोरोना भाइरस डब्लूएचओका अनुसार तीव्र गतिको मेट्रो रेलजस्तै चारैतिर तिब्र गतिमा फैलिरहेको छ । त्यहीँका विज्ञ, अनुसन्धानकर्ता र चिकित्सकहरू अमेरिकाका लाखौँ मानिस यो भाइरसको जोखिममा पर्ने आकलन गरिरहेका छन् । ट्रम्प कार्यालयकै एक सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दसौँ लाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिइसकेका छन् ।

यता साउदी अरेबियाको पहलमा केही दिनअघि भएको जी २० राष्ट्रहरूको भिडियो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन पिङले विश्वले साझा पहल गरेको खण्डमा कोरोनाविरुद्धको युद्धमा विजयी बन्न सकिने तर त्यसो नगरे विश्वभरिका लाखौँ जनता जोखिममा पर्ने चेतावनी दिइरहेकै समयमा अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सीलाई टेलिफोन गरेर साझा सहकार्य गर्न सकिने विश्वास व्यक्त गरेको विषय ट्रम्पले आफैँले ट्विट गरेर सार्वजनिक गरे । यसको केहि घन्टा पछि ट्रम्प आफू आफ्ना सचिवालयले पेस गरेका गलत तथ्याङ्कहरूमा विश्वास गरिरहेको छु भन्ने महसुस भएर होला सधैँ गरम शब्द प्रयोग गर्ने बानी परेका ट्रम्पले केही नरम शब्द प्रयोग गरे । विश्वका धनी राष्ट्रहरू जी ७ को बैठकमा ट्रम्पले कोरोना भाइरसलाई बुहान भाइरस भन्ने अडानमा एक्लिएसँगै उनको केही सेखी झरेको थियो । त्यसपछि मात्र चिनियाँ र रुसी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेर कोरोनाविरुद्धको युद्ध साझा तरिकाले लड्नुपर्ने मनस्थितिमा ट्रम्प पुगेको देखिन्छ ।

वाद–विवाद र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा आवश्यक उपकरणसहित चीनले एउटा विमान अमेरिका पठायो र कोरोना प्रभावित राज्यमा ती सामग्री वितरण गरिए । तैपनि ट्रम्पले अलि दबिएको स्वरमा भनिरहन्छन्– चिनियाँहरूले कम मानिसको स्वास्थ्य परीक्षण गरेर सङ्क्रमित कम देखिए । हामीले दैनिक लाखौँ मानिसहरूको स्वास्थ्य जाँच गरेका कारण अमेरिकामा धेरै सङ्क्रमीत देखिए । अबका दुई साता अमेरिकाका लागि निकै महत्वपूर्ण र चुनौतीपूर्ण रहनेछन्, हामीले यो परिस्थितिको सामना गर्नुपर्नेछ ।

यो विवरण तयार पार्दासम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी अमेरिकाको छ । त्यहाँ २ लाख मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ भने ४ हजारभन्दा बढीको मृत्यु भएको छ । दोस्रोमा इटालीमा १ लाखभन्दा बढी सङ्क्रमित देखिएका छन् भने १३ हजारभन्दा बढीको मृत्यु भएको छ । उता स्पेनमा पनि १ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने ९ हजारभन्दा बढीको मृत्यु भएको छ । उता भाइरसको उद्गम स्थल मानिएको चीनमा भने भाइरसबाट ३३ सय मानिसको ज्यान गएको र ८२ हजार सङ्क्रमित भएका थिए । तीमध्ये ७६ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । चीन, दक्षिणकोरिया, रुसलगायत मुलुकले आफ्नो देशले कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेका छन् तर युरोप र अमेरिकामा अमेरिकी बिज्ञकै शब्दमा भन्दा ‘बुलेट ट्रेन’को गतिमा कोरोना फैलिरहेको छ । यी अध्ययनहरूले के देखाउँछन् भने पूर्वसमाजवादी शिविरहरूले पाउँदै गरेको सफलता र साम्राज्यवादी–पुँजीवादीहरूले बेहोर्नु परेको हैरानीले गर्दा कोरोनाविरुद्धको युद्धमा साम्राज्यवादी पुँजीवादभन्दा समाजवादी मुलुकहरू नै विजयी हुने सङ्केत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn