निमान देशभक्त
अज्ञानको कालोपर्दा किन सिलाउँछौ
हिमामालको वाफ झै किनविलाउ छौ
एकै रगत एकै मासु एकै हौ नेपाली
उन्नति पथमा लम्केर हिड देश लाइ ध्यान दिइ
उता हेरौ वैज्ञानिक हरु चन्द्रमामा पुगे
यता हेर नेपाली भाइत जाति भेदमा डुबे
महिला र पुरुष दुइ छन जात इश्वरले दियका
पाउने जति सहुलियत छन सबै अेखोसेर लियका
विभिन्न किसिमका कला र कोशल छ तिम्रो हातमा
यसै गर्दा सानो छ भनि फरकभो जात मा
ए दुःखि दाजु ए दिदि वहिनी गाँउ र शहरमा
गासियो एउटा आसुकोमाल , मनको रहरमा
धमिलो फुल जीवन मेरो डाँडाँको सिरानी
साउने झरि आखाँको पानी दुःखको काहानी
त्यो कालो पर्दा सिलाउ छौ किन ज्ञानले उघार
विश्वलाइ हेरि नेपाल आमा समाज सुधार
कति दिन मुख ताकेर बसौ अर्काको भरमा।
,वुद्धले जोती जलाइ दिन्छन साने त्यो घरमा ।
