Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

खेलाडी हरु ले भने पुरस्कारको पैसाले व्यवसाय गर्ने वचेको पैसाले वाइक किन्ने योजना तय गरे ।


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७

खेलाडी हरु ले भने पुरस्कारको पैसाले व्यवसाय गर्ने वचेको पैसाले वाइक किन्ने योजना तय गरे ।

सिजादर्पण सम्ददाता ५ वैशाख काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले दिने घोषणा गरेको पुरस्कार बल्ल पाउन थालेका छन् । बुधबारदेखि खेलाडीको खातामा रकम जान थालेको छ, कतिपय खेलाडीले अझै पाउन बाँकी छ ।

आफ्नै बैंक खातामा लाखौं रकम पुरस्कार जम्मा हुँदा खेलाडीहरु खुशी छन् । ढिलै भए पनि सरकारबाट नगद पुरस्कार पाएको र त्यो पनि यस्तो त्रासको समयमा पाउँदा खेलाडी खुशी नहुने कुरै भएन ।
करातेमा २ स्वर्ण जित्दै २२ लाख रुपैयाँ प्राप्त गरेका मन्डेकाजी श्रेष्ठले कोरोना संक्रमणको त्रासमा मुलुक लकडाउन भइरहेको बेलामा पुरस्कार रकम पाउँदा खुश िभएको बताए । ‘ढिला भन्दा पनि यो समयमा पुरस्कार पायौँ स्यालुट गर्न चाहन्छु’ कराते एकल काता र टिम कातामा स्वर्ण जितेका मन्डेले अनलाइनखबरलाई भने ।
गत वर्ष १५ देखि २४ मंसिरमा नेपालको काठमाडौं पोखरा र जनकपुरमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्णसहित दुई सय सात पदक जित्दै भारतपछि दोस्रो स्थान हात पारेको थियो ।
सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख पाएका छन् । यस्तै टिमतर्फ स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख प्राप्त गरेका छन् ।

एक भन्दा बढी स्वर्ण जित्नेले भने ११ लाखका दरले पुरस्कार पाएका छन् । सबैभन्दा धेरै पदक जितेकी पौडीबाज गौरिका सिंहले ६२ लाख पाउनेछिन् । उनले व्यक्तिगतमा ४ स्वर्ण र २ रजत तथा रिले इभेन्टमा ३ कास्य जितेकी थिइन् ।

महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठले यसअघि पनि पुरस्कार घोषणा हुने तर नपाउने गरेको भन्दै यसपटक पनि त्यस्तै हुने अनुमान गरे पनि अन्त्यमा पुरस्कार पाउँदा खुशी लागेको बताइन् ।

सदिनाको नेतृत्वमा नेपालको महिला बास्केटबल टिमले सागमा रजत पदक जितेको थियो ।

सागमा रजत पदक जित्ने महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले अप्ठेरो समयमा पुरस्कार पाएकामा सरकार र सबै सरोकारवालालाई धन्यवाद दिएकी छन् । पैसा पाएपछि उनले अनलाइनखबरसँग भनिन् ‘ अब परिवारको लागि खर्च गर्छु ।’

कराते टिम कातामा स्वर्ण जितेमा प्रविन मानन्धरले कोरोना महामारीका कारण पुरस्कार रोकिने डर लागिरहेको बेलामा पुरस्कार पाउँदा खुशी लागेको बताए ।

युवा तथा खेलकुद मन्त्रालयले पदक जित्ने चार सय ३५ खेलाडीको लागि १९ करोड ५३ लाख रकम मात्र अहिले खातामा पठाएको हो । अब दोस्रो चरणमा प्रशिक्षक र खेल संघको पुरस्कार पठाउने जनाएको छ ।

सागमै पदक जिताउन मद्दत गर्ने प्रशिक्षकले भने सरकारले घोषणा गरेको पुरस्कार पाएका छैनन् । केही प्रशिक्षकको नाममा पेश्की रहेको भन्दै त्यो फर्छ्यौट भएपछि पुरस्कार रकम पठाउने राखेप र मन्त्रालयले जनाएको छ ।

१३ औं सागमा खेलाडीलाई स्वर्ण जिताउन मिहिनेत गर्ने कराते प्रशिक्षक दिपक श्रेष्ठले पुरस्कार लिन पेश्की फर्छ्यौट गरेर आऊ भन्नु त्यति राम्रो नभएको बताए । पुरस्कारको नियम बनाउँदा नै सम्मानित रुपमा बनाउनुपर्ने उनले बताए । ‘पुरस्कार घोषणा गरी सम्मान पनि गर्ने अनी पेश्की फछ्र्यौट गरर पुस्कार लिन आउ भन्दा राम्रो भएन’ दीपकले भने ।

के छ खेलाडीको योजना रु

पुरस्कारमा मोटो रकम पाएपछि खेलाडीहरुले त्यसको उपयोगमा विभिन्न योजना पनि बनाएका छन् । कसैले बचत गर्ने योजना बनाएका छन् भने कसैले व्यवसाय गर्ने ।

तेक्वान्दोमा स्वर्ण जितेकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठले पुरस्कारको रकमले घरको ऋण तिर्ने बताएकी छन् । ‘अब घरको ऋण तिर्नेछु अनि बाँकी रकम सेभिङ गर्नेछु’ उनले भनिन् ।

यस्तै उसुमा रजत जितेकी मीना ग्लान पुरस्कारको रकमले व्यवसाय गर्ने सोचाइमा छिन् । ‘६ लाख पाएँ अब व्यवसाय गर्ने योजना छ, खेलकुदमा मात्रै लागेर लाइफ सेक्युर नहुने देखेर अन्य काम गर्ने तयारी गरेको हो ।’ उनले काठमाडौंमा टर्की फार्म खोल्ने योजना बनाएकी छन् । ‘त्यसमै रिसर्च गरिरहेको छु, अलि ९धेरै० रकम जम्मा गरेर खोल्ने हो’ मीनाले भनिन् ।

बक्सिङमा स्वर्ण जितेका सनिल शाही भने मोटरसाइकल किन्ने योजना बनाएका छन् । कोरोनाको त्रास सकिएपछि एउटा मोटरसाइकल किन्ने र बाँकी रकम वचत गर्ने उनको योजना छ ।

पुरुष फुटबलमा नेपाल यू – २३ टिममलाई स्वर्ण जिताउँदाका कप्तान सुजल श्रेष्ठले तत्कालै केही योजना बनाएका छैनन् । त्यसैले कोरोना त्रासको अवधिभर उक्त रकम वचत गरिराख्ने उनी बताउँछन् ।

महिला फुटबलमा रजत जितेकी सावित्रा भण्डारी साम्बाले पनि पुरस्कार रकम के गर्ने भन्ने योजना बनाएकी छैनन् ।

सागका स्वर्ण जितेर ९ लाख रुपैयाँ पाएका कराँतेका नवीन रसाइलीले पनि पुरस्कारको रकम के गर्ने योजना बनाएका छैनन् । ‘पैसा के गर्ने सोचेको छैन तर जे गरेपनि राम्रो काममा सदुपयोग गर्नेछु’ उनले भने ।

पहिलो पटक नेपाललाई कुस्तीमा स्वर्ण जिताउन सफल संगीता धामी लकडाउन सकिएपछि पुरस्कार रकम खर्च गर्ने योजनामा छिन् । ‘के गर्ने भनेर सोध्छु ममीले के भन्नुहुन्छ त्यसैमा खर्च गर्ने हो’ उनले भनिन् ।

एथ्लेटिक्समा स्वर्ण जितेका गोपीचन्द्र पार्कीले भविष्यको योजनाको लागि यो रकम सदुपयोग गर्ने बताए । ‘काठमाडौंमा जग्गा किन्ने योजना छ । त्यसैको लागि सेभिङ गर्नेछु’ उनले भने ।

करातेमा २ स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले अब सही ठाउँमा उपयोग गर्ने बताए । गल्फमा दुई स्वर्ण जितेर २२ लाख पाएका सुवास तामाङले अब पुरस्कार रकम घर बनाउन र परिवारमा खर्च गर्ने बताए ।

ब्याडमिन्टमा कास्य जितेका दिपेश धामीले पुरस्कारको रकम आमाको लागि खर्च गर्ने बताए ।

तेक्वान्दो खेलाडी सञ्जीवकुमार ओझा, कराँतेकी अनु अधिकारीलगायत कतिपय खेलाडीले पुरस्कार के गर्ने योजना बनाउन भ्याएका छैनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn