काठमाडौं। ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस बैशाख ९ गते नेपाल आउने भएका छन् ।उनी नेपाल सुपर लिग एनएसएल २०२५ को दोस्रो क्वालिफायर हेर्न नेपाल आउन लागेका हुन् । यसअघि बैशाख ६ गते हुने पहिलो क्वालिफायर हेर्न आउने तय थियो । तर स्वास्थ्यका कारण उनी तोकिएको समयमा आउन नसकेको र दोस्रो क्वालिफायरमा नेपालआउने भएका हुन्।एनएसएलको आयोजक एनएसइएमले शुक्रबार रोबर्टो कार्लोसको भिडियो सार्वजनिक गर्दै उनी अप्रिल २२ ९बैशाख ९ गते० नेपाल आउने र बैशाख १० गते हुने दोस्रो क्वालिफायर हेर्ने जनाएको छ ।
