Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चन्द्रमामा किन उत्खनन गर्न चाहन्छन् अमेरिकी राष्ट्रपति ?


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७

चन्द्रमामा किन उत्खनन गर्न चाहन्छन् अमेरिकी राष्ट्रपति ?

सिजादर्पण ६ बैशाख काठमाण्डौ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चन्द्रमामा उत्खननको कार्य सुरु गर्न चाहन्छन् । चन्द्रमामा अमेरिकाले उत्खनन गर्न चाहनुको कारणचाहिँ त्यहाँको खनिज पदार्थ हात पार्नु हो । वास्तवमा अमेरिकाको नजर चन्द्रमामा रहेको खनिज पदार्थमा गडेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै एक कार्यकारी आदेशमा हस्ताक्षर गरे । उक्त आदेशमा अमेरिकालाई अन्तरीक्षमा उपलब्ध स्रोत साधनको खोजी गर्ने तथा त्यसको प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ ।उक्त आदेशमा यो पनि भनिएको छ कि अन्तरीक्षका स्रोत साधनको साझा रूपमा उपयोग गर्नुपर्ने मतको कुनै ठाउँ छैन र यसका लागि कुनै अन्तर्राष्ट्रिय सम्झौताको इजाजत लिनु आवश्यक पनि छैन ।

तर प्रश्न यो उठ्दछ कि अमेरिका अन्तरीक्षमा उत्खनन किन गर्न चाहन्छ ? र, यसको फाइदा के हुनसक्दछ ?

पृथ्वी बाहिरको जीवन

पेसाले अन्तरीक्ष पत्रकार साराह क्रुड्डास भन्छिन्, ‘चन्द्रमामा उत्खननबाट मानिसलाई अन्तरीक्षमा तथा त्यसअगाडि जानका लागि समेत सहयोग पुग्नेछ । मानिस मंगल ग्रहसम्म पनि जान सक्दछ ।’

‘चन्द्रमा आकाशगंगाको एक पेट्रोल स्टेशनको काम गर्न सक्दछ किनकी चन्द्रमामा रकेट फ्यूलका लागि आवश्यक हाइड्रोजन तथा अक्सिजन लगायतका संसाधन उपलब्ध छन् ।’

अन्तरीक्षमा फ्यूल स्टेशन हुनुको अर्थ पृथ्वीबाट छाडिएका रकेटहरू इन्धन सकिने चिन्ता नलिइकन अन्तरीक्षमा अझै अगाडि जान सक्दछन् ।

साराह भन्छिन्, ‘जब हामी छुट्टीमा जान्छौँ, तब हामी भान्साको भाँडा माझ्ने सिंक लिएर गएका हुँदैनौँ । यो कुरा यस्तै हो । जब हामी अन्तरीक्षमा जान्छौँ तब हामी हरेक चिज लिएर जाने आवश्यकता नहोस् ।’

उनका अनुसार गहिराइबाट खोजी गर्नु अत्यन्त आवश्यक छ । किनकि, अन्तरीक्षमा निकै धेरै समभावनाहरू छन् र त्यसको दोहनले हाम्रो पृथ्वीलाई फाइदा पुग्न सक्दछ ।

जलवायु परिवर्तनको समस्या

युनिभर्सिटी अफ ससेक्समा उर्जा नीति विभागका प्रोफेसर बेन्जामिन सोभाकुलका अनुसार जलवायु परिवर्तनको कारण विश्वमा उर्जाको गैर पारम्परिक स्रोतहरू तर्फ विशवको ध्यान मोडिइरहेको छ र यसका लागि अन्तरीक्षमा उपलब्ध स्रोत साधनको आवश्यकता पर्दछ ।

उनी भन्छन्, ‘हामीसँग जो संसाधन उपलब्ध छन् झण्डैझण्डै हामीले रित्याइसकेका छौँ । अन्तरीक्षमा उपलब्ध खनिज पदार्थको उत्खनन गरी हामीले विद्युतीय गाडी बनाउन सक्दछौँ । यो लामो समयका लागि हाम्रो पर्यावरणका लागि उत्तम हुनेछ ।’

उनका अनुसार हामीलाई लिथियम तथा कोबाल्ट जस्ता खनिज पदार्थको आवश्यकता पर्नेछ । चीन, रुस तथा कंगो जस्ता देशमा यी खनिज पदार्थहरू मुख्य रूपमा पाइन्छन् जसलाई दुनियाँका अन्य मुलुकले प्राप्त गर्न कठीन छ । दुनियाका फरक फरक आपूर्तिकर्ता देशहरूबाट खनिजको आपूर्ति सुनिश्चित गर्नु एक जटिल काम हो । यी देशहरूमा फरक फरक नीति नियम तथा तौरतरिका छन् । यस्तोमा चन्द्रमामा यस्ता खनिजको उत्खनन गर्न सकियो भने सहज हुनेछ ।

अमेरिका–चीन तनाव

चन्द्रमामा उख्ननन गर्ने राष्ट्रपति ट्रम्पको निर्णयको एउटा कारण यो पनि हुनसक्छ कि विश्वका अन्य देशहरूमा रहेका यस्ता प्राकृतिक खनिजका खानीहरूमा अमेरिकाको पहुँच कम छ ।

प्राध्यापक बेन्जामिन भन्छन्, ‘अमेरिका यो दौडमा पछाडि परिसकेको छ । चीन तथा रुस जस्ता देशहरू अगाडि छन् । चीनमा जुन खनिज पदार्थको उत्खनन भैरहेको छ, त्यो विश्वभर नै उपलब्ध छ । राष्ट्रपति ट्रम्प जस्ता मानिसहरूका लागि चीनको उपस्थिति नभएको अन्तरीक्ष जस्तो ठाउँबाट खनिज पदार्थ हासिल गर्ने कुरा वास्तवमा एउटा आकर्षक कुरा हो ।’

राष्ट्रपति ट्रम्प सत्तामा आएदेखि नै अमेरिका र चीनबीच तनावको स्थिति रहेको छ । प्राध्यापक बेन्जामिनका अनुसार चन्द्रमामा खनिजको उत्खनन गर्ने कुरा ट्रम्पका लागि आफ्नो प्रभुत्व तथा नेतृत्ज स्थापित गर्ने एक मौका हो ।

कानून के भन्छन ?

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा प्रष्ट रूपमा भनिएको छ कि अन्तरीक्षमा जारी अमेरिकी क्रियाकलापहरूमा अन्तराष्ट्रिय कानून लागू हुनेछैन ।

तर सत्य त यो हो कि अन्तरीक्षको बाहिर मानिसले के गर्न पाउँदछ र के पाउँदैन भन्ने कुरामा कुनै प्रष्ट कानूनी प्रावधान छैन ।

विज्ञका अनुसार अन्तरीक्ष कान्ूनको विकास भैरहेको छ । यो यस्तो हो जुन समयसँगै बदलिनेछ । अहिले कुनैपनि देशले चन्द्रमामा आफ्नो दाबी गर्न सक्दैन तर यसको मौजूदा स्थिति सामुद्रिक कानून जस्तै छ । यदि कुनै देश चन्द्रमामा गयो, केही खोज्यो र उत्खनन गर्यो भने प्राप्त गरेको चिज आफुले राख्न पाउँदछ ।

प्राध्यापक बेन्जामिनका अनुसार अन्तरीक्षमा हाम्रो दृष्टि एउटा यस्तो कुरा हो जसलाई धेरै समयसम्म पन्छाउन सकिनेछैन । किनकी पृथ्वीमा जलवायु परिवर्तन भैरहेको छ ।
कतिपयले त यो पनि भन्न थालेका छन् कि पृथ्वीमा सबै चिज बिग्रिसकेका छन् त्यसैले अब मान्छे जानका लागि केवल अन्तरीक्ष मात्र बँचेको छ । भविष्यमा मानिसका लागि अन्तरीक्षको दोहन एकमात्र विकल्प भएको डाक्टर बेन्जामिन बताउँछन् ।

के यो हाम्रो जीवनकालमा सम्भव छ ?

पत्रकार सारा भन्छिन्, ‘प्रविधि विद्यमान छ र तिव्र रूपमा प्रगति पनि भैरहेको छ । किनकी कैयन् निजी कम्पनीहरू अहिले यसमा सामेल छन् । पहिले त केवल सरकारहरूले मात्र यसमा लगानी गर्दथे तर अहिले निजी कम्पनी तथा मानिसहरूको व्यक्तिगत रूपमा पनि अब धेरै पैसा तथा ठूलो महत्वकांक्षा यससँग जोडिएको छ ।’

उनका अनुसार भविष्यमा यस क्षेत्रमा धेरै प्रगति देख्न सकिन्छ । जस्तै चन्द्रमा तथा क्षुद्रग्रहमा उत्खनन, मंगल ग्रहमा मानिसको पदार्पण आदि । यो हाम्रै जिवनकालमा साकार हुनेवाला छ ।

प्राध्यापक बेन्जामिन भने पृथ्वीमा अहिले चालू उत्खननका कार्यमा समेत नयाँ प्रविधिको प्रयोग आवश्यक रहेको बताउँछन् ।

उनी भन्छन्, ‘चन्द्रमामा उत्खननको काम टाढाको कुरा हो । यो यथार्थमा परिणत गर्न गाह्रो छ । यसका लागि सुरुमा त हामीले विद्यमान उत्खनन कार्यलाई नै अझै विकशित गर्नु आवश्यक छ, जस्तै ग्यास तथा गहिरो भागको पानी । यसपछि मात्र हामी अर्को चरणमा प्रवेश गर्न सक्दछौँ ।’

उनका अनुसार चन्द्रमामा उत्खननका लागि अझैपनि कम्तीमा १० देखि १५ वर्ष लाग्नेछ । र, त्यो पनि यसमा कति पैसा र श्रोतसाधन खर्च हुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

स्रोतः बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn