Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तल सेती सुसाउँछ, माथि काकाभतिजको मन


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, बैशाख ८, २०७७

तल सेती सुसाउँछ, माथि काकाभतिजको मन

सिजादर्पण सम्वाददाता ७ वैशाख, पोखरा । गहिरो गल्छी छिचोलेर सेती सुसाउँदै बगिरहेको छ। सुसाउँदै बगिरहेको नदी हेर्दै नवीन र उनका काका श्री गुरुङको दिन बितिरहेको छ । नदी आफ्नो बेगमा दौडिरहेको छ । तर, उनीहरू त्यहीँ छन्, आफ्ना भोक दबाएर बसेका छन् ।
नदीमाथि एउटा पौवा छ । ओतमात्र लाग्न मिल्ने त्यो पौवामा काकाभतिज बस्न थालेको तीन दिन भयो । भोकले च्यापेपछि बेलाबेला गुरुङ, काकासामु आग्रह भाव प्रकट गर्छन्, ‘जाऔँ काका आफ्नै गाउँ हिँडेर, यहाँ भोकले मरिएलाजस्तो छ ।’

अधबैँशे काका श्री गुरुङलाई पनि झोंक त नचल्ने होइन । तर, अभिभावक हुनुको नाताले सम्हालिन्छन् । भतिजलाई सम्झाउँछन्, ‘यहाँभन्दा बाटामा धेरै भोक लाग्छ । के खाने त रु बरु यतै बसे लकडाउन खुल्यो भने कही उपाय निकालौँला ।’

दुवैको आँखामा आँसु छचल्किन्छ । तर, दुवैले एकले अर्कालाई नदेखाउने कोसिस गर्छन् । सेती पो बगेर सागर पुग्ला रु आँखाबाट झरेर आँसु कहाँ पुग्ला रु उनीहरू आफूलाई सम्हाल्छन् । लकडाउनको अवधि बढिरहेको छ । भोको पेट भर्ने उपाय छैन ।

ठिक १५ दिन भयो, गुरुङ काका भतिज पोखरा सेती किनारै(किनार बस्न थालेको । १५ दिनअघिसम्म उनीहरू वीरेन्द्रचोक स्थित एक केसी थरका घरबेटीको घरमा कोठा भाडामा लिएर बसेका थिए । तर, कोठा भाडा तिर्ने ‘पैसा’समेत आफूहरूसँग नभएपछि घरबेटीले कोठाबाटै गलहत्त्याएर निकालिदिए ।

त्यसपछि सडकमै छन्, कहिले पृथ्वीचोक, कहिले शान्तिघाट, कहिले रामघाट त कहिले बगर‘ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनकै बेला कोठाबाट निकालिएपछि न गाउँ फर्किन पाए, न खानसुत्न बन्दोबस्त भयो । दुई महिनाको कोठाभाडा तिर्न बाँकी रहेको र त्यही निहुँमा घरबेटीले आफूहरूलाई निकालिदिएको उनीहरू सुनाउँछन् ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका हो उनीहरूको घर । लकडाउन हुनु केही दिन अगाडिसम्म नवीन गुरुङ गाउँमै थिए । ‘काका यता कोठामै हुनुहुन्थ्यो । म गाउँमै थिएँ । लकडाउन हुँदैछ भन्ने थाहा थिएन । आएको अर्को दिन सबै बन्द भयो,’ नवीन बोल्छन्, ‘लकडाउन भएको केही दिन घरबेटी पैसा माग्न आइरह्यो । पैसा नभएपछि कहाँबाट ल्याएर दिनु रु अनि घरबाट निकालिदिए ।’

भतिजले यत्ति भनिनसक्दै अघिसम्म कठोर दिल बनाएर रोकिराखेको काका श्री गुरुङको आँखा रसाए । ‘काम गरेर खाने मान्छे हौँ । बन्दले खान लाउनै मुस्किल भा’छ, खुलेपछि दिउँला भनेका थियौँ । मानेनन्,’ उनको आवाजमा पीडा सुनिन्छ ।

‘जेब्रा ब्याग’मा केही कपडा थियो । खाना पकाउँदै आएको केही भाँडाकुँडा थियो । तर, अहिले उनीहरूसँग केही छैन । ‘हाम्रा कपडा, भाँडाहरू सबै घरबेटीलाई नै भाडामा मिलाउनु भनेर बुझाएर आयौँ,’ नवीन भन्छन्, ‘सबै भाँडा दिएपछि हामीसँग अहिले केही पनि बाँकी रहेन । फेर्ने लुगा पनि छैन ।’

केहीदिन भोकभोकै बसेपछि मनकारीले केही भाँडाकुँडा, चामल र केही रकम दिएका छन् । ‘त्यसैले खाना पकाएर खान पायौँ । नत्र भाकै बस्न पनि गाह्रो हुँदोरहेछ,’ तीन वटा मझौला आकारका ढुंगा जोडेर बनाएको चुल्हो देखाउँदै श्री गुरुङ सुनाउँछन् ।

‘पोखरा महानगरपालिकाले राहत बाँडेको थियो त पाउनुभएन रु’ हामीले सोध्यौँ । जवाफमा गुरुङले राहत लिन गएको तर, नागरिकता लगायतको कागजपत्र माग गरेपछि आफूहरू रित्तो हात फर्किएको बताए । ‘मजदुरी गर्न हिँडेको मान्छे कहाँबाट आफ्ना कागजपत्र बोकेर हिँड्ने रु उतै गाउँमा छ नागरिकता,’ नवीनले भने, ‘उनीहरूले कागज मागेपछि हामी रित्तै फर्कियौँ।’

उनीहरूले काम गर्ने ठाउँकै ठेकेदार पनि आफ्नै गाउँले मान्छे रहेछन् । तर, उनी पनि समस्यामै भएकाले ‘हेर्नसक्ने स्थितिमा’ नरहेको बताए । ‘बिचरा उहाँलाई पनि घरधनीले पैसा दिएका छैनन् । अहिले त उहाँ पनि मागेर खाने बेलामा पुग्नुभयो । कसरी पैसा माग्न जाने हामीले पनि रु’ श्रीले उल्टै प्रश्न राखे, ‘हिँडेरै घर जाम् भने पनि गोजीमा एक रुप्पे छैन । झन् बाटोमा भोकै मरियो भने के गर्ने रु’

स्थानीयवासीले महानगरपालिकामा खबर गरेपछि आइतबार केही खाद्यान्न पाएका छन् । तर, बासस्थानको जिम्मा लिन मानेन । राहत च्यापेर फेरि त्यही पौवामनमा फर्किएका काका भतिज भन्छन्, ‘खान त मागेर पनि जसोतसो पाइया छ । घरमालिकले घरबाट निकाल्दिए । यो मनको पीडा कसलाई सुनाउन जाने सर ‘रु’ यसो भन्दैगर्दा काका श्री गुरुङका आँखा फेरि रसाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn