

सिजार्दण बैशाख १० काठमाण्डौँ ।। नेपाल सरकारले न डा। शेर बहादुर पुनलाई प्रोत्साहित गरेको छ न सामाजिक अभियन्ता डा महाविर पुनलाई । यिदुवै जना नेपाली नागरिकको मनमा बसेका रियल हिरो हुन् ।काठमाडौं–इमान्दार भएर समुदायको सेवामा खटिनेहरू नै जनताका वास्तविक नायक हुन् । नेपालमा पनि कोरोना महामारी विरुद्ध स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी अहोरात्र खटिएका छन् । हामी सबैले उनीहरूलाई सलाम गर्नु पर्छ । उनीहरूको मनोबल बढाउने काम गर्नु पर्छ ।कोभिड–१९ फैलनु अगाडिदेखि नै नेपाल आमाका दुईजना सुपुत्रहरू डा। शेरबहादुर पुन र महाविर पुनले हामी जनताको हृदयमा डेरा जमाइसकेका थिए । आज कोरोना रोकथाममा उनीहरूको सक्रियता देखेर हामी सर्बसाधारणले उनीहरूलाई ‘जन नायक’का रुपमा स्वीकार गरिसकेका छौं ।अब कुरा गरौं डा। शेरबहादुर पुनको । उनी काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालका विशेषज्ञ हुन् । विगत १८ वर्षदेखि उनी सरुवा रोगीको उपचारमा खटिँदै आएका छन् । त्यति मात्र होइन, उनी कोभिड–१९ सहित सरुवा रोग विरुद्ध निरन्तर जनचेतना जगाउने काम गर्दै आएका छन् ।
त्यस्तै सामाजिक अभियन्ता महाविर पुन यतिवेला कोरोनाविरुद्ध चिकित्सकलाई चाहिने सुरक्षित पोशाक पिपिई निर्माण, भेन्टिलेटर मर्मत, सुरक्षा बुथ निर्माण लगायतका कार्यमा सक्रिय छन् । राज्यले गर्नु पर्ने काम उनको राष्ट्रिय आबिष्कार केन्द्रले गर्दै आएको छ । त्यसैले डा। शेरबहादुर झैं उनलाई पनि जनताले हाइहाइ गरेका हुन् ।
डा। शेरबहादुर निःस्वार्थ रुपमा नेपालीको सेवा गर्छन् । उनले जापानबाट सरुवा रोगमा पिएचडी गरेर फर्केदेखि टेकु अस्पतालमा उपचार र अनुसन्धानका काम गर्दै आएका छन् । त्यसैगरी विभिन्न पत्रपत्रिका, रेडियो, टिभी र अनलाईनहरूमा जन चेतना जगाउने अभिव्यक्ति दिइरहन्छन् ।
उनले धेरै विषयमा अनुसन्धान गरेका छन् । ‘हाइटीमा भएको हैजा र नेपाली सेनामाथि लगाइएको आरोप’बाट मुक्त गराउने श्रेय पनि उनैलाई जान्छ । यस विषयको उनको अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएसँगै नेपाली सेनामाथि लगाइएको आरोपबाट सफाई मिलेको थियो ।
बागलुङको पाण्डवखानीमा जन्मिएका डा। पुनले एमबिबिएस पछि जापान सरकारको छात्रवृत्तिमा सरूवा रोग विषयमा पिएचडी गरेका हुन् । यतिवेला उनी टेकु अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक छन् ।
अभियन्ता महाविरले त एशियाको नोबेल पुरस्कार मानिने रामोन म्याग्सेसे पुरस्कार पाइसकेका छन् । आफ्नो पुख्र्यौली थलो नांगी र राम्चे क्षेत्रमा उनको नेतृत्वमा वायरलेस इन्टरनेट संचालन गरियो । त्यसका लागि उनले म्यागसेसे पुरस्कार पाएका हुन् ।
वायरलेस इन्टरनेट मात्र होइन नागीडाँडामा रहेको हिमाञ्चल माविको पढाई सुधार्न उनको अगुवाईमा धेरै काम गरियो । नेब्रास्का विश्वविद्यालयबाट बिज्ञानमा स्नातकोत्तर गरेका उनले पनि विदेशमा धेरै अबसर पाएका थिए । तिनलाई छाडेर उनी नेपालीमै केही गर्न स्वदेश फर्केका हुन् ।
सूचना तथा प्रबिधी मार्फत खोज तथा आविष्कार गर्ने उद्देश्यले उनले सन् २०१२ मा आविष्कार केन्द्र खोले । यसलाई सञ्चालनमा ल्याउन निकै पापड बेल्नु पर्यो । सरकारले उनको संस्थालाई उल्लेख्य सहयोग गरेको छैन ।
बरु स्वदेश तथा विदेशमा बस्ने नेपाली नागरिकले उनको अभियानलाई तन, मन र धनबाट सहयोग पुर्याउँदै आएका छन् ।
कीर्तिपुरमा खोलिएको आबिष्कार केन्द्रमा नेपाली बैज्ञानिकहरू विभिन्न किसिमका सृजना गरिरहेका छन् । नयाँनयाँ सृजना गर्ने प्रतिभाशाली युवालाई उनले सहयोग पुर्याउँदै आएका छन् ।
डा। पुन टेकु अस्पताललाई दक्षिण एसियाकै अनुसन्धान हव बनाउन चाहन्छन् । जापानसहित विभिन्न देशमा लाखौं रुपैयाँ जागिरको अबसर छाडेर मातृभूमिको सेवामा खटिएका हुन् उनी ।
यस्ता कतब्यनिष्ट डाक्टरको मनोबल बढाउनु पर्नेमा नेपाल सरकारले उनलाई तर्साएको छ । कामबाट जनस्तरमा लोकप्रिय बनेका उनको प्रभावबाट उनका केही सहकर्मी र सरकार आत्तिएका थिए ।
त्यसैले ‘जभाथावी बोलेको’ आरोपमा उनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोध्न पत्र काट्यो । तर, मिडिया र सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित सरकारको चर्को आलोचना भएपछि सरकार हच्कियो ।
उता सामाजिक अभियन्ता महाविरलाई पनि सरकारले कहिल्यै हौस्याएको छैन । त्यसैले त उनले आफूले पाएका म्यागसेसे सहितका पदकहरू लिलामीमा राखेका छन् । बलियो आत्मबल र नागरिकको साथले उनी आफ्नो यात्रामा सफल बन्दै गएका हुन् ।
दुवै नेपालका गौरब हुन् । दुवैले जीवनमा ठूलो संघर्ष गरेका छन् । उनीहरू सादा जीवन उच्च विचारका उदाहरण हुन् । डा। पुन केही समय अघिसम्म सार्बजनिक यातायातमा यात्रा गर्थे । उनको दुःख र धपेडी देखेर बेलायती सेनाका लाहुरे पिताले उनलाई गाडी किनिदिए । अचेल त्यसमै यात्रा गर्छन् ।
महाविर त अझै सामान्य चप्पल लगाएर काठमाडौंका सडकमा हिँडिरहेका भेटिन्छन् । जनता कोरोनाको महामारीमा परेका बेला स्वास्थ्य सामाग्री किन्दा समेत भ्रष्टाचार गर्ने सरकार भएको देश हो हाम्रो ।
यही देशमा छन् आफ्नो जिउ ज्यान बाजीमा राखेर जनताको सेवामा समर्पित डा। पुनहरू पनि । ‘सतिले सरापेको देशमा आशाको ज्योति जगाउने यस्तै अगुवा हुन् । सत्कर्म गर्ने अगुवालाई सरकारले साथ नदिए पनि हामी नागरिकले सधैं साथ दिनु पर्छ ।
हामी सधैं न्याय ९सत्य०को पक्षमा उभिनु पर्छ । न्याय बाँच्यो भने मात्र समाज बाँच्नेछ । हामी बाँच्ने छौं ।
सलाम डा। शेरबहादुर पुन र महाविर पुन १
