सिजादर्पण वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना भाइरस ९कोभिड १९० को पीसीआर परीक्षण सोमबारदेखि सुरु भएको छ । क्वारेन्टाइनमा बसेका ७ स्वास्थ्यकर्मी र तातोपानी गाउँपालिकाका एक जनाको स्वाब नमुना संकलन गरी परीक्षण थालिएको हो । एक साताअघि अस्पतालमा पुगेको पीसीआर मेसिन जडान गरी सोमबार साँझदेखि सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ ।

