Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भगवान कहाँ छन् ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, बैशाख २२, २०७७

भगवान कहाँ छन् ?

मिमबहादुर परियार

भगवान कहाँ छन्? भन्ने प्रश्न हामीले गर्‍यौं भने भगवानप्रति आस्था राख्ने धेरै मानिसले उत्तर दिनेछन्, ‘भगवान मन्दिर, मस्जिद, चर्च गुम्बामा छन्।’ अझ धेरै विश्वास तथा श्रद्धा गर्नेले ‘भगवान हाम्रै वरिपरि छन्’ भन्लान्। भगवानको खोल ओडेका धर्म गुरुले ‘भगवान यहीँ प्रकृतिमा मानव रक्षाको लागि प्रत्येक मानिसको मन मस्तिष्कमा हुनुहुन्छ’ भन्लान्।

अझ थप्दै ‘भगवान माथिबाट हामी सबैलाई हेर्दै हुनुहुन्छ, हाम्रो सबै राम्रो नराम्रो कार्यको हिसाबकिताब उहाँसँग छ’ भन्ने उत्तर देलान्। वास्तवमा भगवान आम धर्मावलम्बीले भने जस्तै हाम्रै वरिपरि छन् त? भगवानको काम मानव उत्थान, समस्या पीडा हल गर्ने हो त?

त्यसो हो भने खै मानव उत्थान गरेको? किन मानिसको दु:ख,पीडा, बेदना, समस्या हल नभएको? किन संकटको घडीमा भगवान मौन बसेको?  युद्धमा मानव नरसंहारको रमिता किन हेरेको? भोकाको पेट किन नभरिदिएको? महाव्याधी, महामारीमा किन चुपचाप बसेको? जस्ता अनेक प्रश्न भगवानलाई उसको विश्वास गर्ने सकिन्छ।

तितो यथार्थ के हो भने भगवान छैनन्। भगवान, इशु,अल्लाह, भनौ या अन्य देवी–देवता सबै अमूर्त छन्। जसको न स्वरुप कसैले देखेका छन् न कसैले आभास गरेका छन्। जर्मन दार्शनिक फ्रेड्रिक नित्सेले अठारौं शताब्दीताका त्यहाँका रुढिवादी धार्मिक समुदायलाई सच्याउन दिउँसो मैन बत्ती बालेर भगवान खोजेका थिए।

‘खै त तिम्रो भगवान मैले दिउँसै बत्ती बालेर खोज्दा पनि भेटिन’ भनेर प्रतिप्रश्न गरेका थिए। वास्तवमा धार्मिक मानिसले भनेजस्तो भगवान कहीँ कतै छैनन्। नत धार्मिक आस्थाको धरोहर पशुपतिनाथभित्र लुकेर बसेका छन्,न मक्का मदिनामा।

मानिसले आ–आफ्नो धर्म अनुसार भगवान छन् भन्ने तर्क राखेपनि त्यस्तो केही कतै देखिँदैन। जतिसुकै मन्दिरमा पूजाआजा, हवन, यज्ञ गरे पनि भगवान देखिएको तथ्य कसैसँग छैन। गिर्जाघरभित्र जतिसुकै चर्को आवजमा प्रार्थना गरेपनि जिजस् भेटिएका चर्च कहिँकतै भेटिएका छैनन्। भलै धर्मावलम्बीले आ–आफ्नो धार्मिक धरोहरमा विश्वास आस्था राखेर पूजा गरे पनि विभिन्न दानभेटि चडाए पनि भगवानले उक्त व्यक्तिहरुको समस्या हल गर्दैनन्।

पूजापाठ, प्राथना विशुद्ध धर्मप्रतिको आस्था हो, लगाव हो। मानिसले के बुझ्न आवश्यक छ भने भगवान कुनै अड्डा अदालत होइनन्। अस्पताल,  प्रयोगशाला होइनन्। जहाँबाट समस्याको हल प्राप्त गर्न सकिन्छ। अन्यथा आज विश्वले कोरोनाको कहरको पीडा भोग्नुपर्ने थिएन। अस्पतालको सट्टा मन्दिर, गुम्बा, चर्च र मस्जिद भरिने थिए। डक्टरको ठाउँमा देवी–देवता हुने थिए।

भगवान र मानिसको सम्बन्ध नक्कली देखिन्छ। बाहिरी आवरण हेर्दा सबै ठिक देखिन्छ, नक्कली सामानमा जस्तै तर जब सत्यता खोजिन्छ, त्यसपछि सबै छताछुल्ल देखिन्छ। नक्कली खाली देखावटीको लागि ठिक हुन्छ। समस्याको हल नक्कली चिजले नक्कली पनले गर्दैन। बिरामी ठिक पार्न सक्कली औषधि नै चाहिन्छ। नक्कलीको काम उही झारोटार्ने मात्र हो। क्षणिक भ्रम पैदा गरेर अलमलमा राख्ने हो

भगवानको सम्बन्धमा पनि त्यही विश्वास र आस्था राखे अनुसार फल प्राप्त हुँदैन । तर मानिस  भगवानबाट केही प्राप्त वा हल हुँदैन भन्ने देखिँदा देखिँदै त्यतिकै  भगवानसँग लिप्त छ। यसको विविध कारणमध्ये  संस्कार र अन्धविश्वासलाई लिन सकिन्छ। मानिसको भगवानसँग आस्था विश्वास  कोभिड–१९ को माहाव्याधीमा पनि देखिएको छ। धेरै धार्मिक ढोङ्गीको चटक देखिएको छ।

विश्वका करिब सबै राष्ट्र कोरोना भाइसको चपेटामा परेका छन्। करिब २७ लाख मानिसमा कोभिड–१९ को संक्रमण देखिएको छ भने अढाई लाख मानिसको मृत्यु भएको छ। यस संकटको घडीमा सारा विश्व माहाव्याधीबाट आक्रान्त छ। सबै जनसमुदाय यो विषम परिस्थितिबाट मुक्त हुुन चहान्छन्। त्यसको लागि विश्व जगतका वैज्ञानिक कोभिड–१९ पराजित गर्नको निम्ति प्रयोगशालामा दिनरात नभनी अहोरात्र खटिएका छन्।

यता अर्कोतिर ठ्याक्कै विपरीत केही धार्मिक झुन्ड भने  कोरोना भाइरस भाग्छ भन्दै भगवान, परमेश्वर, अल्लाह, जिजसको नाममा घिनलाग्दो चटक देखाउँदै छन्। जस्तैः कोहि यसुको नाममा कोरोना मरिजा भन्दैछन्। केही कोरोना निर्मुलको लागि गौ मुत्र पार्टीको आयोजना गर्दैछन् त कोहि यज्ञ हवन। कोहि राज्यले लगाएको बन्दाबन्दीको अवज्ञा गर्दै अल्लाह पुकार्दै छन्। स्मरणरहोस्, भगवान अदृश्य छन् तर कोरोना देखिन्छ र संक्रमण फैलाउन कुनै कसरत बाँकी राख्दैन। परिणाम हाम्रै अगाडी छ।

धर्म अनुसार भगवानका विभिन्न रुप छन्, नाम छन्, धार्मिक दर्शन र चिन्तन छन्। कसैलाई मन्दिरमा पूजाआजा गरिन्छ त कसैलाई चर्च, मस्जिद, गुम्बा इत्यादीमा। केही भगवान धातु–ढुङ्गा तथा काष्ठकलाका मुर्तिमा चित्रित छन् त केही अदृश्य जसको कुनै चित्र छैन। प्रत्येक धर्मावलम्बीका आ–आफ्नै पूजापाठ गर्ने तरिका छ।

कोहि उभिएर पूजाअर्चना गर्छन् त कोहि बसेर, घुँडा टेकेर। जसले जसरी पूजापाठ गरे पनि सारा उद्धेश्य भनेको केही पाउनु हो, केही माग्नु हो र धेरै अपेक्षा राख्नु हो। नत्र मानिस सयौं हजारौंका फूलमाला, पशुवलि, मैनबत्ति, च्यादर, दानभेटि किन चडाउँथे ?

भगवानप्रति यति साधना र धन अर्पण गर्नुको पछाडि लोभ छ, आसय छ ताकि दुख, कष्ट, अभावमा भगवानबाट केही सहयोग प्राप्त होला भनेर हो। कोरोनाको कहरमा पनि धेरै मानिसले देवी–देवता सम्झेँ, पुकारे तर तीनका भगवानले सुनेनन्, प्रवाह गरेनन्।

ती तमाम धर्मावलम्बीले सोचे जस्तै, मागे जस्तै तीनका भगवानले मानिसलाई सहयोग गरेनन्। सहयोग गरुन् पनि कसरी?भगवान अमुर्त छन्। अमुर्त वस्तुले न सुन्छ नत देख्छ। यदि ती अमुर्त वस्तुले मानिसको भावना बुझ्ने भए संसार अर्कै हुन्थ्यो।

मानिसको दु:ख वेदना, आपत्त–विपत्त भगवानले  बुझ्ने भए यी अस्पताल, कानुनका अड्डा अदालत, ज्ञान विज्ञानका प्रयोगशाला, ज्ञानको केन्द्र विश्वविद्यालय कसैको आवश्यकता पर्दैन थियो। पृथ्वीमा आइलाग्ने हरेक युद्ध, दु:ख पीडामा भगवान प्रकट हुन्थे। इराक सिरियाको नरसंहार समाप्त पारिदिन्थे। कष्टमा मानिसले खाली भगवान पुकारे पुग्थ्यो। सबै उसैले हल गरिदिन्थ्यो।

त्यस्तो सम्झनु वा सोच्नु दिवा सपना देख्नु सरह हो। यस्तो उहीँ मिथकमा हुने हो, धार्मिक चलचित्रमा देखिने हो। वास्तविकता अलि तितो र भिन्न छ। मानिसको दु:खसुखमा भगवान होइन घरपरिवारको आवश्यकता हुन्छ। पैसा, सम्बन्धको खाँचो हुन्छ नकी मन्दिरभित्रको अमुर्त मुर्तिको।

धर्मको कुरा सुन्दा पढ्दा मानिसलाई एकप्रकारको आन्नद प्राप्त हुन्छ। त्यसभित्रको गाथामा त्यस्तै माहानतम् देखाउने कथा हुन्छन्। जसकारण धर्मप्राप्तिको लागि आम मानिसले हजारौं खर्च गरेर तिर्थ यात्रा रोज्छन्। पशुपतिनाथ, अमरनाथ (धार्मिक यात्रा, मक्का मदिना, हज यात्रा, त्यस्तै जेरुसेलम, लुम्बिनी इत्यादि) यात्रामा पनि वर्षेनि लाखौंलाख मानिस जान्छन्।

मानिसको सबैभन्दा ठूलो आस्था विश्वास भगवान इश्वर, अल्लाह, परमेश्वर तथा अन्य आ–आफ्ना सम्प्रदायका देवी देवताप्रति हुन्छ। देवी–देवताभन्दा मानिसले अन्य कसैलाई त्यति आस्था विश्वास गर्दैनन्। चाहे त्यो दु:ख होस् या सुख पहिलो शब्द, हे अल्लाह, भगवान, इशु नै आउँछ।

अझ सुखमा भन्दा दु:खमा धार्मिक देवी–देवताको नाम मानिसले धेरै पुकार्छन्। तर प्रतिफल के त? उही आशामात्र हुने हो।अन्य प्राप्तिको लागि मिहिनेत,लगाव, श्रम र समयको लगानी अपरिहार्य हुन्छ। सफलता, विफलतासँग धर्म, भगवानको भूमिका कदापि छैन। मानिस स्वयम् आफ्नै मानसिकतामा भगवानमाथि आशा भ्रम उत्पन्न गराउँछ र पर्खाइमा बस्छ। अहिलेसम्म देखिएको चलेको चलन धर्मप्रति यही देखिन्छ।

आजको मितिसम्म भगवानलाई देखेको, सुनेको, भलाकुसारी गरेको मानिस यो धर्तीमा भेटिएको छैन। केही धार्मिक ढोङ्गीले अफवाह फैलाउने कूकार्य गरेका छन्। भगवान देखे, भेटे भनेर। जुन विशुद्ध भ्रम हो। झुटको खेती हो र मानसिक समस्या हो।

धर्मको नाममा कालो कर्तुत गरेका आशाराम बाप्पु, रामरहिम बाबा जस्ता धेरै धार्मिक ढोङ्गीहरुको पर्दाफास भएर जेल जीवन बिताउँदै गरेको हामी सबैलाई अवगत भएको तथ्य हो।

वास्तवमा धर्म भ्रम होइन, धर्म कर्तव्य हो र कर्म हो। भगवानप्रति आस्था राख्नु जायज छ। मानिसले धर्मप्रति आस्था राख्न पाउनु आफ्नो व्यक्तिगत स्वतन्त्रताभित्रको अधिकार पनि हो। तर भ्रम फैलाउनु सरासर अपराध हो। धर्मलाई अनुशासनको कडिको रुपमा अभ्यास गर्न सकिन्छ तर कुसंस्कारलाई धर्मको नाममा पालना गर्नु अन्याय हुन्छ, अपराध मानिन्छ। त्यस्ता ढोङ्गीको कालो कर्तुत अफवाहको जति निन्दा गरे पनि कम हुन्छ।

वर्तमान परिप्रेक्षलाई मनन गर्दै तितो यथार्थलाई आत्मसम्मान गर्दै मानिसले भगवानमाथि लगानी गर्नुभन्दा आफ्नो सुखद भविष्यमाथि लगानी तथा बचत गर्नुपर्ने हुन्छ। विभिन्न देवी–देवता, परमेश्वर अल्लाहको नाम पशुवली, फूल प्रसाद तथा अन्य वस्तु चडाउनु या अर्पण गर्नुभन्दा आफ्नो परिवार, समाज तथा राष्ट्रको लागि लगानी गर्दा उत्तम हुन्छ। भविष्यमा आपतविपत पर्दा, संकट आउँदा भगवान आएर हल गर्दैनन्। रोग भोकको समस्या संकटलाई भगवान हल गर्दैनन्।

त्यसको लागि मानिस आफैले आफ्नो घरपरिवारको रेखदेख गर्नुपर्छ। आफ्नो सुरक्षाको लागि आफै सजगता अपनाउनु पर्ने हुन्छ। जसलाई धन र पैसाको आवश्यकता पर्छ, घरपरिवार साथीभाईको साथ चाहिन्छ, स्वास्थ विमा, जीवन विमा, बैंक बचत लगायतका अन्य आर्थिक बचतले भविष्यमा आउने सम्भावित संकटमा सहयोग गर्छ। नकि भगवानले।

एउटा तथ्य के हो भने भगवानको नाममा खर्च गरेको हजारौं लाखौं रुपैयाँ विशुद्ध भावनामा बग्छ। नत उक्त खर्च गरेको रकमबाट मुनाफा आउँछ नत कुनै नतिजा।

धार्मिक खर्च फगत मुनाफाबिहिन र घाटादाही छ। प्रतिफल शून्य हुन्छ। धर्ममा लगानी गर्नु र बालुवामा पानी हाल्नु उस्तै हो। बालुवामा जति पानी हालेपनि आकार दिँदैन। अब मानिसले आफूलाई आफ्नो धर्मप्रतिको चलनचल्तीलाई  सुधार्नु पर्छ।

विभिन्न भाकलमा हजारौं हजारका बोका, राँगा, हाँस, कुखुरा लगायतका अन्य वस्तु चडाउँने चलन परित्याग गर्नुपर्छ। मठ मन्दिर जान, धार्मिक आस्था राख्न पैसाको आवश्यकता पर्दैन। भगवानले आजसम्म कसैलाई मलाई यो चिज चडा भनेका छैनन्। म कालो बोकोको रगत खान्छु, भन्दैनन्। भगवानप्रतिको भ्रम त्यागौं सकारात्मक सोचको विकास गरौं। धर्मको नाममा फजुल खर्च नगरौं। संकटमा बचतको ठूलो भुमिका हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn