सिजादर्पण २२ बैशाख काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूको र्ना तथा पठनपाठन स्थगित रहेको हुँदा सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा या तहमा नयाँ भर्ना नगर्न, नगराउन निर्देशन दिएको हो ।
साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरूसमेत नगर्न मन्त्रालयले सचेत गरेको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले जारी गरेको विज्ञप्तिमा बैशाख १२ को मन्त्रीस्तरीय निर्णयको हवाला दिँदै भर्ना प्रक्रिया रोक्न भनिएको हो ।
साथै, मन्त्रालयले कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा ११ तथा १२ का परीक्षाहरू स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा संचालन सम्बन्धमा हालसम्म कुनै नयाँ निर्णय नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयले संस्थागत विद्यालयहरूलाई माध्यमिक तहसम्मको एक महीनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिनसमेत निर्देशन दिएको छ ।ननस्टव खवरवाट
