Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चितवनकाअस्पतालमा बढे बिरामी, कोरोनाको जोखिम


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख २३, २०७७

चितवनकाअस्पतालमा बढे बिरामी, कोरोनाको जोखिम

सिजादर्पण २३ वैशाख, चितवन ।

कोरोना संक्रमणबाट जोगिन सरकारले लगाएको लकडाउन जारी रहेका बेला चितवनका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ ।जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको संख्या क्रमशः बढ्दै जान थालेको छ । लकडाउनका कारण ९२ प्रतिशतसम्म बिरामी घटेका यहाँका अस्पतालका बहिरंग सेवा ९ओपीडी० मा हिजोआज बिरामीको चाप छ ।भरतपुर अस्पतालमा दैनिक चार सयभन्दा बढी बिरामी आउने गरेको सूचना अधिकारी लिलाधर पौडेलले बताए । मंगलबार बहिरंगमा २ सय ६४ र आकस्मिक कक्षमा १६३ जना बिरामी उपचारका लागि आए । सोमबार बहिरंगमा १४८ र आकस्मिक कक्षमा १६९ बिरामी आएका थिए ।६ सय बेड रहेको अस्पतालमा भर्ना भएर बस्ने बिरामीको संख्या पनि बढ्न थालेको छ । सूचना अधिकारी पौडेलका अनुसार अधिकांश बढेका बिरामी बीमाका हुन् । उनीहरु अस्पतालमा नियमित आइरहने बिरामी हुन् ।गत बर्ष यो समयमा भरतपुर अस्पतालमा दैनिक १५ सयको हाराहारीमा बिरामी उपचार गराउन आइपुग्थे । लकडाउन खुकुलो हुँदै जान थालेपछि बिरामीको संख्या बढ्न थालेको हो । अस्पतालमा भीड बढेका कारण बिरामीबीच भौतिक दूरी कायम हुन सकेको छैन । जसले गर्दा अस्पतालबाटै कोरोना फैलिने जोखिम बढेको छ ।भरतपुर अस्पताल प्रसुति गराउने जिल्लाकै हव मानिन्छ । यहाँ बार्षिक झण्डै १५ हजार महिलाले सुत्केरी सेवा लिन्छन् । अस्पतालकै एक क्याविनमा कोरोना संक्रमित पूर्वी चितवनकी ६३ बर्षीया महिलाको पनि उपचार भइरहेको छ । उनको कोरोना परीक्षणको चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

क्यान्सर अस्पतालमा पनि खतरा

भरतपुरको क्यान्सर अस्पतालमा पनि देशका विभिन्न ठाउँबाट एम्बुलेन्समा विरामी आउने क्रम बढेको छ । कोरोना संक्रमित क्षेत्रबाट समेत बिरामी आउने हुनाले त्रास बढेको छ ।सामान्य अवस्थामा दैनिक ६ सय जना उपचारका लागि आउने गरेकामा हिजोआज दैनिक दुई सय जना आउने गरेका छन् । यो संख्या डेढ हप्ता अघिसम्म ६० जना थियो ।अस्पतालले बहिरंग सेवा सुरु भएसँगै बिरामी बढ्न थालेका अस्पतालका कार्यकारी निर्देशक डा। विजय आचार्यले जानकारी दिए । कोरोना संक्रमित जिल्लाबाट समेत बिरामी आउँदा अस्पतालमा जोखिम बढेको उनले बताए ।‘नेपालगञ्ज, रौतहट, वीरगञ्जलगायतका क्षेत्रबाट समेत बिरामी आउन थालेका छन्, उपचार नगराउने कुरा पनि भएन, जोखिम पनि अति उच्च भयो’ कार्यकारी निर्देशक डा। आचार्यले भने, ‘यस्ता रेडजोनबाट आएका बिरामी र तिनका आफन्तलाई आरडीटी टेस्ट गर्न पाए सहज हुने थियो ।’कोरोना संक्रमित क्षेत्रबाट आउने बिरामीलाई गेटमा नै आरडीटी परीक्षण गरेर मात्रै उपचार गर्ने व्यवस्था नगरे अस्पतालबाटै कोरोना फैलिने जोखिम रहेको उनको भनाइ छ ।चिकित्सकहरु सुरक्षा सामाग्री भरपर्दो नहुँदा अप्रेशन गराउन हिच्किचाउन थालेका छन् । भाइरल किटलगायतका सामग्रीको बजारमा अभाव छ ।पीपीईलगायतका अन्य सामग्री पनि अस्पतालले पर्याप्त दिन सकेको छैन । आकस्मिक अप्रेशन गराउनुपर्ने बिरामी अस्पतालमा सबैभन्दा बढी जोखिममा छन् ।

निजी अस्पतालमा पनि उस्तै

भरतपुरकै चितवन मेडिकल कलेजमा ओपीडी र आकस्मिक कक्षमा गरेर दैनिक करिब ५ सय जना आउने गरेका निर्देशक डा। दयाराम लम्सालले बताए ।सोमबार ४३० जना ओपीडी र ६० जना आकस्मिक कक्षमा आएका छन् । एक हप्ताअघिसम्म जम्मा १५० जना बिरामी आउने गरेकामा पछिल्लो चार दिनदेखि बिरामी बढ्न थालेको उनको भनाइ छ ।कलेजमा भर्ना हुने विरामीको संख्या पनि बढ्न थालेको छ । पुराना बिरामी, उच्च रक्तचाप, प्यारालाइसिस, डायलासिस गर्नुपर्ने, सर्जिकल केस भएका, स्त्रीरोग र प्रसुतिसम्बन्धी बिरामी बढेका डा। लम्सालले बताए ।लकडाउन कडा हुँदा दैनिक ६० जना आउने भरतपुरको पुरानो मेडिकल कलेजमा हिजोआज दैनिक चार सय विरामी आएका कलेजका निर्देशक डा। मनोहर प्रधानले जानकारी दिए ।सोमबार मात्रै कलेजको ओपीडीमा ३६० जना र आकस्मिक कक्षमा ३५ जना बिरामी आएका थिए । कलेजमा साधारण अवस्थामा ७५० जना बिरामीले ओपीडिबाट उपचार सेवा लिने गरेका थिए ।जिल्लाका २० भन्दा बढी सानाठूला अस्पतालमा पनि बिरामीको चाप बढेको छ । साधारण अवस्थामा यहाँका अस्पतालमा दैनिक दुई हजार बिरामीले ओपीडी र दैनिक दुई सयले आकस्मिक सेवा लिने गरेकोमा हाल ४ सय बिरामी ओपीडिमा आउन थालेका छन् ।

source:online khabar

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn