Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कथा: रहिम चाचा


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७

कथा: रहिम चाचा

नेपालगंज सबैभन्दा रंगिन र जीवित सहर लाग्थ्यो । बाक्लो बजार, जता हेर्याे त्यतै झिलिमिली, जलेबी र विरयानीको मगमग सुगन्धले मनै लोभ्याउने । रिक्साको ताँती, तृङ तृङ आवाज, टाँगाको टक टक र छन्छन् गर्ने घोडाका पाइलाले मनमा बेग्लै ऊर्जा दिन्थ्यो । त्यसमाथि आजान र आरतीको मधुर आवजले स्वर्गकै आभास दिन्थ्यो । नेपालगंज मन्दिर र मस्जिदको संगम स्थल , एउटा कुनामा मन्दिर र अर्को कुनामा मस्जिद । अल्लाह र देवताको खुब जोडी जमेको थियोे । तालको बीचमा जुँगे महादेव, बीच बजारमा अल्लाह तालाको दरबारले एकअर्कालाई वर्षाैदेखि इसारा गर्दै बसेका थिए । महादेव बिहानको चार बजे जाग्थे भने अल्लाह बेलुकी चारमा । सहरको गल्ली गल्लीमा राम राम र असलम वालेकुम आदानप्रदान हुन्थ्यो ।

त्रिभुवन चोकदेखि पूर्व , भेरी अञ्चल अस्पताल नपुग्दै लामो निलो रङ्गको घर थियो । कुनामा अलि अध्याँरो जिन्स रेडिमेड पसल अगाडि सुकिला कुर्ता पाइजामा ती व्यक्ति खुट्टे मेसिन चलाउँथे । गुट्खाको लाल रङले सेता दाँतसँग प्रीत गाँसेजस्तो देखिन्थ्यो । मेसिनको आवजसँगै मोहम्मद रफी र किसोर कुमारका गीतमा ती मान्छे रमाइरहेका हुन्थे । केटाकेटीले सधैं उनको मेसिन घेरेका हुन्थे । कोही पाइन्ट चुज बनाउने आउँथे त कोही छोटो । उनको मुहारको चमकबाट उनी आफ्नो काममा सन्तुष्ट छन् जस्तो देखिन्थ्यो । सबैसँग हाँसीहाँसी बोल्ने सायद उनी विरलै रिसाउँथे होला ! उनको हाउभाउ पनि त्यस्तै थियोे ।

त्यहाँ आउने जो कोहीको मुखमा रहिम चाचा सुनिन्थो । मेसिन चलाउने ती हँसमुख व्यक्तिको नाम रहिम हो भन्ने थाहा भयो । रहिम चाचा पनि मन्द मुस्कानमा हाँ बेटा भन ! के सेवा गराँैं भन्थे । म बस्ने कोठाको झ्यालबाट उनको मेसिन, ग्राहकको भीड स्पष्ट देखिन्थ्यो । सधैं उही स्वभाव, मिजासिलो बोली र रफीका रसिला गाना ! कहिल्यै रुखो आवाज सुनिएन ।

निलो जिन्सको पाइन्ट लामो थियोे । त्यसलाई छोटो पार्न चाचाको मेसिन अगाडि गएँ । चाचाले मन्द मुस्कान दिँदै बोल बेटा के सेवा गरौँ भनेर स्वागत गरे । उनको हाउभाउले पटक्कै उनको र मेरो पहिलो भेट भन्दैनथ्यो । मैले पनि चाचालाई पाइन्ट चार इन्च सानो बनाइदिन आग्रह गरेँ । सेतो चकले निलो पाइन्टमा रेखा कोरेर झोलामा राखे ! चाचा म कति बेला आऊँ ? भने ! चाचाले साँझ आउन अनुरोध गरे ।

दिनभन्दा साँझमा नेपालगञ्ज गर्जिन्छ । दिउँसोको तातो हावामा लखतरान नेपालगञ्जलाई बेलुकाको चिसो हावाले ऊर्जा दिन्थ्यो । सहरका गल्ली गल्लीमा मानिसको घुइँचो हुन्थ्यो । सागसब्जी किन्ने बेच्नेबीच घम्साघम्सी रहरलाग्दो हुन्थ्यो ।

रिक्साका ताँती ! तृङतृङ आवाज, टकटक र हाहाहा… होहोहो … चलचल चलचल, नेपालगञ्जलाई सामान्य लाग्थ्यो । ‘बजारमा हजार हुन्छन्’ को खास अर्थ नेपालगञ्जले दिन्थ्यो ।

दिनभरको दौडधुपले थकित थिएँ । त्रिभुवन चोक पुगेपछि चाचाको याद आयो । फेरि पाइन्ट पनि लिनु थियोे । परैबाट चाचाको हँसिलो मुहारले स्वागतको आभास गराउँथ्यो । मलाई देख्नेबित्तिकै चाचाले बोलो बेटा के सेवा गरौँ भने । मैले भनेँ, चाचा पाइन्ट छोटो गर्न दिएको थिएँ । अच्छा ! कुन रङ्गको छ भनेर चाचाले सोधे, मैले निलो रङ्गको जिन्स भनेँ । बोराबाट निकाल्दै यो हो बेटा भने । मैले हो भनेँ !
त्यस दिन चाचा अलि फुर्सदमा थिए । मानिसको चाप पनि कम थियोे । मेसिन पनि शान्त थियोे । छेउको रेडियो भने ब्यस्त थियो । ‘मेरी सपनाें कि रानी तुम कब आओगी’ हिन्दी गीत बज्दै थियोे । मैले जिस्कँदै सोधे चाचा लभ पर्याे कि के हो ?

चाचाले हाँस्दै भने, कहाँ पर्नु बेटा यो बुढेसकालमा । चिया पिउँछौ भनेर चाचाले सोधे ? मैले हुन्छ भनेँ । यसै बहानामा गफ गर्ने मौका मिल्यो । चाचा कता बस्नुहुन्छ ? मैले प्रश्न गरेँ । चाचाले माइलो औँलाले ऊ त्यो परको भनेर टिनको छानो भएको घर देखाए । आलिसान, ठूलाठूला महलबिच चाचाको झुपडी थियो । धेरै केही बोलिन, मानिसको घुँइचो लाग्न सुरु भयो । म कोठातिर लागेँ ।

कुरैकुरामा चाचालाई पैसा दिन बिर्सेछु । कोठा नपुग्दै फर्किएँ, मेसिन चल्दै थियो । चाचा अघि गफैगफमा पैसा दिनै भुलेछु, कति हो मैले सोधे । चाचाले हाँस्दै २० रुपैयाँ हो बेटा, कहिलेकाहीँ भुलचुक हुन्छ नि भने । अलि मन शान्त भयो तर कताकता मलाई नरमाइलो लागेको थियोे । केही नबोली फर्किएँ !

मनमा कुरा खेलाउँदा खेलाउँदै त्रिभुवन चोक पुगेको पत्तो पाइनछु । टाङावालाको हाहा आवाजले म झस्किएँ । टाङा मेरो हातलाई घचेट्दै गएछ । हल्का दुख्यो, घोडाको काठीले हात कोतरेको रहेछ । केही भनिन ! मेरो अगाडि राजा त्रिभुवन माइलो आँैलो ठड्याएर बीच सडकमा उभिएर बसेका थिए ।

सडक किनारको चिया पसलमा चिया मगाएँ । चियाको पिउँदै राजा त्रिभुवनको सालिक हेरेँ । अलि पर मेसिन चलाउँदै गरेका रहिम चाचालाई हेरेँ । सँगैको पानवालाई हेरेँ । सबै आफ्नो काममा व्यस्त थिए । म र राजा त्रिभुवन फुर्सदमा थियौँ । मेरो पनि केही काम थिएन, राजा त्रिभुवनको पनि केही काम थिएन । दुवै स्ट्याचु !

सयौंको भिडमा राजा त्रिभुवनको सालिक एक्लै बीच सडकमा उभिएको थियो । सेता दौरासुरुवाल धुलोले मैलो भइसकेको थियो । गल्लीका कुकुरहरू बेलाबेला खुट्टो तेस्र्याएर मुत्र विसर्जन गर्थे । कुकुरलाई के राजा के पर्जा ! राजाको त्यो हविगत देख्दा अचम्म लाग्थ्यो । जिउँदो छँदा बन्दुकको नाल अगाडिपछाडि, बीचमा चिल्लो कार, सडक सुनसान हुन्थ्यो । मरिसकेपछि आफ्नाले पनि बिरलै सम्झेर सायदै सफा गरे होलान् !

अलि पर चाचाको सेतो टोपी टल्किरहेको थियो । राजाको मुकुटभन्दा त्यस सफेद टोपीमा चमक थियो । भलै हीरा, मोती, पन्ना थिएनन् चाचाको शिरमा तर चमक भने हीरालाई ढाक्ने थियो । चाचा सधैंभरि युवायुवतीले घेरिएका हुन्थे । मानौं चाचा राजा र ती वरिपरिका रैती । जसरी एउटा राजासँग रैती नतमस्तक हुन्छन् त्यस्तै नतमस्तक ती ठिटाठिटी देखिन्थे । भनेको सबैले मान्थे ! हुदैन, हुन्न सुनिदैन थियो ।

राजाको जस्तो चाचाको हुकुम चल्थ्यो । उनका अगाडि मै हुँ भन्ने अल्लारे पनि हजुर चाचा भन्थे । भोलि डाके पनि हजुर भन्थे, बेलुका आउनु भन्दा पनि हुन्छ भन्थे । यति पैसा दिनुभन्दा नाइँनास्ति कहिल्यै सुनिँदैन थियो । चाचा आफ्नो संसारका राजा थिए । उनको राज सबैलाई प्रिय थियो । उनका अगाडि हिन्दु, मुसलमान, इसाई, बौद्ध सबै बराबर थिए ।

चाचाको राजलाई मनन गर्दै डेरातिर गएँ । राजा त्रिभुवन र रहिम चाचाको बसाइँ नजिक थियो । त्यस्तै सय मिटर दुरी थियो । मेरो कोठाको झ्यालबाट चाचा, उनको मसिन र गीत गुन्जने रेडियो स्पष्ट देखिन्थ्यो भने कौसीबाट त्रिभुवनको सालिक । खै किन हो किन बिहानैदेखि राजा त्रिभुवन र चाचा मेरो मानसपटलमा नाचिरहेका थिए ।

खाना पकाउँदै थिएँ, ढकढक आवाज आयो । ढोका खोल्दा घरबेटी काकी थिइन् । बाबु आज भाडा बुझाउने दिन हो, बिर्सनुभएको हो कि भनेर सम्झाउन आएकी भनिन् । एकछिन झसङ्ग भएँ ! ए हो त, एटीएमबाट पैसा झिक्न भुलेछु भोली दिन्छु है आन्टी भनेँ । हुन त नहुने हो तर भोलि नबिर्सनु भन्दै माथिल्लो तला गइन् । मन चिसो भयो !

सधैं झैँ माथिल्लो तलामा साहुसाहुनीको रडाको सुरु भयो । त्यो दिन अलि चर्को थियो । कोसँग पल्केकी छस् ए राँड ? आँखा धेरै नचाउँदै हिँड्छेस्, मैले बुभ्mदिन भन्ने सोचेकी छस् ? भन्दै साहुले साहुनीलाई कुट्न सुरु गर्याे । माथिबाट मार्याे राँडाका छोराले, बचाउ बचाउ भन्दै साहुनी चिच्याइन् । मनले मानेन छुट्टयाउन गएँ । साहु उल्टै झपार्न आयो । लोग्नेस्वास्नीको झगडा हो भन्दै बीचमा नआउन चेतावनी दियो । म त्यसै फर्कें । एकछिनपछि शान्त भयो । मिलेछन् क्यार ! जोसमा होस गुमाएर गएको भए आपत आइलाग्ने रहेछ ।

सधैं अजान र आरती सुनिने नेपालगञ्ज मौन थियो त्यो बिहान ! मेरो अलार्म तिनै पवित्र धुन थिए । अजान र आरतीको धुनमा सधैं म बिउँझेको हुन्थँे । त्यस बिहान अलि ढिलो उठेको थिएँ । मन झसङ्ग भयो, किन यस्तो भो भनेर कौसीमा गएँ । आकास पूरै कालो मुस्लोले ढाकेको थियोे । ठाउँठाउँमा टायर बलेका थिए । चोक चोकमा युवाहरू लाठी र भाला लिएर गस्तीमा थिए । एम्बुलेन्स, दमकल सहरका गल्ली गल्लीमा कुद्दै थिए । हेलिकप्टर फन्को मारेको मार्यै थियोे । पुरै सहर सुनसान थियो , नेपालगञ्जको यस्तो रूप कहिल्यै देखेको थिइन । मन चिसो भयो, अकस्मात आँखा रसाए ।

हतारहतार रेडियो अन गरेँ, स्वाँस्वाँ आवाज मात्र बज्यो । झन् आत्तिए । टेलिभिजन अन गरेँ टुँटँु टुँटँु बाहेक केही देखिएन । कोठाको झ्याल खोले चाचा पनि थिएनन् । माथि घरबेटी पनि थिएनन् । एक्कासि डरको मात्रा झन् बढ्यो । कोठामा ताल्चा लगाएर सडकतिर हिँडे । त्रिभुवन चोक नपुग्दै कालो रुमालले मुख छोपेको युवक मेरो अगाडि आयो , हिन्दु हो कि मुस्लिम भनेर सोध्यो । मैले किन भनेँ, बस् हिन्दु या मुस्लिम ? त्यसले सोध्यो ! पछाडिबाट एक हुल मानिस लाठी बोकेर चोकतिर दौडिदै थिएँ । म अक्क न बक्क भए । त्यो हुल देख्नेबित्तिकै मास्कधारी युवा भाग्यो । म पनि गल्ली गल्ली टाप कसेँ !

दायाँबायाँ कतै नहेरी कुद्दै थिएँ । ठ्याक्कै चाचाको घरअगाडि पुगेको पत्तै पाइन ! केही सोचविचार नगरी चाचाको घरभित्र पसें  । चाचा नमाज पढ्दै थिए । केही बोलिन, छेवैको मुडा तानेर बसें । नमाज पढेपछि चाचालाई सोधेँ, चाचा बर्वाद भयो, सहर त बस्न नसकिने भयो ।
हो बेटा , हिजोराति देखि यस्तै छ , भारतले दस गजा मिचेको थियो । हाम्रो केटाहरूले उताका मान्छेलाई पिटेछन् । रातारात रुपडियाबाट सयौंको संख्यामा भारतीय भिजलान्तेले हुलदङ्गा मच्चाए हिन्दु मुस्लिमको नाममा ! बेटा बिसकोरिएन टोलमा राति मारामार थियो ।

नाकारण, छोटु हलवाई र फिरोजबीच मारपिट भयो, दुवै अस्पताल छन् । त्यसपछि सहरका गल्ली गल्लीमा टायर बले, घर जले, पूरा बर्बाद भयो । यो सब पडोसीको चाल हो बेटा ! फुट अनि लुट । चाल बहुत खतरा छ पापीहरूको !

चाचाका कुराले झन् हतास भएँ । चाचा अब के गर्ने ? मैले प्रश्न गरेँ । चाचा गम्भीर मुद्रामा थिए । यो बुढेसकालमा के नै गर्न सक्थे र ! अचानक दमाहाको आवाज सुनियो । विशाल आवाज निस्केको थियो । पूरा सहर गुञ्जायमान भएको थियो । चाचाले दराजबाट कुरान निकाले । बाहिर धेरै मानिस भेला भएका थिए । चाचा हातमा कुरान बोकेर त्यस दमाहा बादकको पछि लागे । म पनि उनकै पछाडि हिँडेँ । गल्ली गल्लीबाट मानिस निस्किए । सबैको अनुहारमा आक्रोस देखिन्थ्यो । दमाहको आवाजले विशाल रूप लिँदै थियोे । मानिसको हुल झनै विशाल भइसकेको थियोे ।

परको गल्लीबाट मास्कधारी समूह भाग्दै भाग्दै त्रिभुवन चोकमा पुग्नै आँटेको थियोे । पछिल्तिर युवाको समूहले लखेट्दै लखेट्दै घेरा हाल्यो । सहरका कुनाकाप्चाबाट नेपाली युवाले लेखेटेका रहेछन् ! दमाहको राग रोकियो, चाचा अगाडि बडे । एकछिन सबै शान्त भए । राजा त्रिभुवनको सालिक अगाडि चाचाले कौन हो तुम लोग ? भने । पछाडिबाट एक युवा आवाज आयो– मारो साला हरामजादालाई, यिनै डाँकाले हुलदंगा मच्चाएका हुन्, अर्को आवाज हो हो सुनियो । छेवैमा बसेका गुरुप्रसादले यिनै फटाहाले मस्जिदको ढोका फुटाएका हुन् भने । चाचाले सोधे–बताओ क्यँु किया ऐसा ? कसैले केही बोलेनन् ।

बैसाखी टेक्दै छोटु हलवाई र फिरोज चाचाका छेवैमा बसे । थकित देखिन्थे, ई लोग है हमारा समाज में तबाही मचाने वाले ! तुम लोग इन गद्दारो के बातमे लडे ! दुवैले शिर निहुराए ।

भाइ भाइ लडाते हो ! तुम लोगको जरुर सजा मिलेगा, चाचाले भने । म मौन थिएँ । चाचालाई एकहोरो हेरेँ । त्यत्रो सहरमा एकसेएक धनी थिए, नेता थिए तर चाचाको अगाडि सबै फिक्का थिए । राजनीतिक दलको भेलामा दुई हात उफ्रेर भाषण गर्ने गेरु यादव चुपचाप दर्शक भएको थियो । सायद नेतालाई डर थियो । छिमेकी रिसाउँछन् कि भनेर ! त्यसैले चुप लागेका होलान् !

शान्त माहोल क्षणभरमै आक्रोसित भयो, चाचा हराए । यताउता खोज्छु चाचालाई कतै देखिन । हुलदंगा मच्चियो । भिजलान्तेलाई पिट्न थालियो । अचानक शान्त भन्ने आवाज सुनियो, दुस्मनलाई दुस्मनकै घरमा सजाय दिनुपर्छ चाचाले भने । भीडले केही आवाज निकालेन । भिजलान्तेलाई युवाहरूले घेरा हाले, देवीप्रसादले जुत्ताको माला लगाइदिए । अस्लमले मुहारभरि कालो मोसो पोतिदिए । अघिल्तिर चाचा पछिपछि जनता बीचमा भिजिलान्ते । सबैजना सीमानातिर लागे । सबैको एक उद्देश्य थियो छिमेकीलाई सुनाउन ‘हामी फुटेका छैनौं बरु जुटेका छौँ ।

प्रशासनले बीच बाटोमै रोक्ने चेष्टा गर्ये । जनमानसले स्वीकार गरेन । एकछिन झडप होलाजस्तो भयो । दमाहा बज्यो, त्यसको धुनले तनावग्रस्त माहोल मथ्थर पा¥यो । प्रहरी पनि अलमल्ल परे, दमाह बज्न रोकियो । चाचा, दमाहा बादक र एस.एस.पी वार्ताका लागि प्रहरी कक्षतिर गए, बाहिर जनसागर भित्रको उत्तरको पर्खाइमा थियो । एकछिनको भलाकुसारीपछि तीनैजना बाहिर आए । चाचाले चलौँ भने, प्रहरी पनि चाचाकै पछाडि लागे । म अचम्म परेँ, एकछिनअघिसम्म अगाडि जान मिल्दैन भन्दै गर्जने प्रहरी चाचाको पछाडि हिँड्यो ।

च्यात्तिएका, फाटेका लुगामात्र होइन फाटिएको मन पनि सिलाए । उध्रेको जनमानसलाई सिलाएर एक बनाए । सबैले मुखामुख गरे, चाचा अघिल्तिर लागे । छिमेकी खबरदार …. छिमेकी खबरदार नारा लाग्न सुरु भयो । भिजिलान्तेहरु बीचमा थिए । कालोमोसोले भरिएको अनुहार झन् कालो भएको थियो ।

हुलकै बीचबाट जब भाइहरु एक हुन्छन् नि शत्रुको हालत यस्तै हुन्छ भन्ने आवाज गुञ्जियो । राष्ट्रिय एकता जिन्दावाद भन्दै नारा लगाए, जनसागरले उनलाई पछ्यायो, जिन्दावाद…..जिन्दावाद । दशगजामा जनसागर रोकियो ! भिजिलान्तेलाई उसकै भूमिमा घँुडा टेक्न लगाइयो । एकाएक नेपाल आमाको जय जय … भन्ने नारा लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn