Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेशलाई पूर्वसांसद राजीवले दिए १ करोड बढीको स्वास्थ्य सामग्री


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ४, २०७७

कर्णाली प्रदेशलाई पूर्वसांसद राजीवले दिए १ करोड बढीको स्वास्थ्य सामग्री

सिजादर्पण ४ जेठ काठमाण्डौ। जाजरकोटका एक जना पूर्वसांसदले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । पूर्वसांसद  राजीव विक्रम शाह ले  कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लागेका हुन् ।

जाजरकोटका पूर्वसांसदसमेत रहेका शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई केन्द्रविन्दुमा राखेर सहयोग गर्न लागेको बताए । प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने उनले बताए                                                                               

‘जिल्लाका अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको हो,’ कुमारी ट्रष्टका अध्यक्षसमेत रहको शाहले भने, ‘जिल्ला अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु छन् । केही जिल्ला अस्पतालहरुले सुत्केरीको लागि बेडहरु माग गर्नु भएको छ भने केहीले अक्सिजन आवश्यक परेको भन्नु भएको छ ।’ आफूले दिने सामाग्रीहरु कोरोनाविरुद्ध लड्नका लागि मात्र नभइ दीर्घकालमा समेत उपयोगी हुने उनको विश्वास छ ।

यी सामग्रीहरुले कोरोनाविरुद्ध लड्न केही मात्रामा भए पनि सरकारलाई सहयोग पुग्ने अध्यक्ष शाहको विश्वास छ ।

उनले भने, ‘कर्णाली प्रदेशको वर्तमान अवस्था हेर्ने हो भने कोरोनाबाट केही असर परेको छैन तर आगामी दिनमा केही नहोला भन्न सकिँदैन । आफूलाई शक्तिशाली भन्ने राष्ट्रहरुलाई त कोरोनाबाट आच्छु–आच्छु परेको अवस्थामा यदि कर्णालीमा कोरोना भित्रियो भने सम्भावित क्षतिको अनुमान नै गर्न सकिँदैन । यही कुरालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको हो ।’

शाहका अनुसार ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दै छ । त्यहाँका सामग्रीहरु स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्नो बुवाको वर्ष दिनको पुण्य तिथिको अवसर पारेर कुमारी ट्रस्टसँग सहकार्य गरी लगेको अध्यक्ष शाहले जानकारी दिए ।

पूर्वसांसद शाह समाजसेवामा सक्रिय छन् । उनकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा निर्मित सो अस्पताल २५ शय्याको छ । सो सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं. ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क दिएका छन् । जाजरकोटमा झाडापखालाको प्रकोप फैलिएको बेला होस् वा बस दुर्घटनामा परेको बेला होस् उनले व्यक्तिगत पहलमा हेलिकोप्टरमार्फत् धेरैलाई उद्धार गरेका थिए ।

कर्णाली प्रदेशमा सुविधाका हिसावले हेर्ने हो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत छन् । प्रदेश अस्पताल सुर्खेतमा ५ वटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा ५ वटा र जिल्ला अस्पताल दैलेखममा एउटा गरी कर्णाली प्रदेशभर ११ वटा भेन्टिलेटर रहेको प्रदेश अस्पतालका बरिष्ठ डाक्टर रविन खड्काले बताए । उनका अनुसार कर्णाली प्रदेशभर १७ वटा आईसीयु बेड छन् ।

लकडाउन अवधिमा सीमा नाकाबाट करिब आठ हजार जना कर्णाली प्रदेशका विभिन्न जिल्लामा फर्किएको अनुमान छ । कोरोना संक्रमित छन् कि छैनन् भनेर पत्ता लगाउन हालसम्म ७ हजार ३ सय ७२ जनामा आरडीटी टेस्ट र २ हजार ६ सय ७१ जनामा पीसीआर टेस्ट गरिएको छ । तर कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn