Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ ः विप्लव


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७

कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ ः विप्लव

कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व–अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि खोलिदिएको छ । यसलाई मनन गर्न आवश्यक छ । पहिलो कुरा पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । रूपगत सम्पन्नताभित्र कैयौँ अव्यवस्था, अपूर्णता र सङ्कट बाँचिरहेका हुन्छन् भन्ने खुलस्त भएको छ । बाहिर देखिने भव्यता भित्रभित्रै मक्किँदै गएको हुनसक्छ ।

कैयौँ विश्लेषक र बुद्धिजीवीहरूले खुब मच्चिएर दाबी गरिरहेका थिए– पुँजीवाद र पुँजीवादी समृद्धि, सम्पन्नता नै आजको यथार्थ हो । यसको विकास र निरन्तरता अझै परसम्म सहजै जानेछ । नेपालजस्तो देशमा त पुँजीवादलाई बाटो छोडिदिनुपर्छ । चैतन्य मिश्रको भाषामा ‘जिउँदोजाग्दो पुँजीवाद’ लाई स्वीकार गर्नुपर्छ । परन्तु कोरोनाले खोलिदियो बाहिर समृद्ध देखिए पनि त्यो खोक्रो र मक्किसकेको हुनसक्छ । त्यो समृद्धिले समाज र नागरिकहरूको संरक्षण र सुरक्षा दिने त कल्पनै नगरौँ आफ्नै अस्तित्वलाई समेत थेग्न नसक्ने गरी सडिसकेको हुन्छ ।

आज बाह्य दृष्टिले युरोप, अमेरिकालगायत संसारका पुँजीवाद समृद्धिका केन्द्र मानिन्छन् तर कोरोनाले देखायो– ती देशहरूमा नै नागरिकहरूले सबैभन्दा डरलाग्दो क्षति र समस्याहरू भोग्नु परिरहेको छ । नागरिकहरूले उपचार पाउन सकेका छैनन् । औषधिको अभाव छ । अस्पतालहरू अपर्याप्त भएका छन् । करोडौँको रोजगारी समाप्त भएको छ । उल्टो सापेक्षित रूपले कमजोर देखिए पनि अर्थराजनीतिक दृष्टिले फरक रहेका समाजवादी देशहरू र लोककल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखियो । नोम चोम्स्कीको विश्लेषणमा क्युबा त स्वास्थ्य महाशक्तिकै रूपमा अगाडि आयो । यसरी हेर्दा पुँजीवादी विश्वमा देखिने समृद्धि प्लास्टिकको फूल हो जो हेर्दा वास्तविक फूलभन्दा सुन्दर देखिन्छ तर फूलमा पाइने मूल तत्व नै त्यसमा हुँदैन ।

दोस्रो, पैसा नै सबै थोक हो । पैसा भए पुग्छ भन्ने पुँजीवादी सोचाइ एवम् मान्यता धुलोपिठो भएको छ । सामान्य अवस्थामा पैसा भएका देशहरू सबै क्षेत्रमा बलियो र सक्षम भएको विश्वास थियो । जोसँग उनीहरूसँग जति पैसा छैन उनीहरूलाई पछि परेको रूपमा हेरिन्थ्यो तर कोरोनाले त्यो भ्रम मात्र हो भन्ने साबित गरिदियो । बरु के साबित भयो भने पैसा महत्वपूर्ण भए पनि त्योभन्दा महत्वपूर्ण पक्ष राज्यको आर्थिक, सामाजिक, राजनीतिक चेतना तथा मान्यताहरू महत्वपूर्ण हुन्छन् । धनाढ्य भनिएका देशहरूमा भन्दा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, वैज्ञानिक चेतना, अनुशासन, सद्भाव माथि भएका देशहरूमा कोरोनाको प्रभाव कमजोर देखियो ।

तेस्रो, प्राविधिक एवम् सैन्य सबलता नै समग्र सफलताको आधारस्तम्भ हुन सक्दैन भन्ने साबित भयो । पुँजीवादी देशहरूले आफ्नो सबलताको अभिव्यक्ति प्राविधिक एवम् सैन्य तागतद्वारा गरिरहेका छन् । उनीहरूले अन्य मुख्यतः साम्यवादी अर्थराजनीतिक विचार र सिद्धान्तहरूलाई बलका आधारमा गलत साबित गर्न प्रयत्न गरिरहेका छन् तर कोरोनाले स्पष्ट ग¥यो– मुख्य कुरा राज्यभित्र सामाजिक, स्वास्थ्य, शिक्षा, नागरिक आवश्यकताहरूको सबलीकरण मुख्य हो जुन कुरा प्राविधिक एवम् सैन्य क्षेत्रमा मध्यम स्तरमा भएर पनि अमेरिका र युरोपको भन्दा राम्रो गरे ।

चौथो, पुँजीवादी सम्पन्नताले मानव जातिलाई प्राकृतिक प्रकोपहरूबाट सुरक्षा दिन सक्दैन, बरु भयावह सङ्कट एवम् चुनौतीहरू थोपर्न सक्छ भन्ने वास्तविकता खुलस्त पारिदियो । पुँजीवादले केवल मुनाफा, धन आर्जन र बजार नियन्त्रणका लागि अनेकौँ अप्राकृतिक, दूषित, हानिकारक गतिविधिहरू अनियन्त्रित रूपले सञ्चालन गरिरहेको छ । त्यस्ता गतिविधिहरूले पृथ्वी र ब्रह्माण्डकै पर्यावरण, जल, जमिन, हावा, आकाश सारामा एकदमै नकारात्मक प्रभाव पारिरहेको छ । त्यसबाट अनेकौँ नयाँ र खतरनाक जीवाणुहरूको विकास हुने र सारा जीवसहित मानव जातिलाई विनाश गर्ने समस्या ल्याउने देखिन्छ । यसलाई वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । हकिङ्सले त नयाँ पृथ्वी खोज्नुपर्नेसम्मको सुझाव राखे । तर ट्रम्प भन्दैछन्– पर्यावरण बिग्रिन्छ भन्ने सोचाइ नै गलत छ । यो समाजवादीहरूले फैलाएको हल्ला मात्र हो ।

पाँचौँ, पुँजीवादभित्र मानवीय समवेदना र उत्तरदायित्व निकै कमजोर छ भन्ने खुलासा भयो । कोरोना प्रकोप सुरु भएपछि स्पेनका वृद्धाश्रमहरूमा बिरामीहरूलाई त्यत्तिकै छोडेर हिँडेको समाचार आए । ब्रिटेनमा शववाहनभित्रै लासहरू सडाएर राखेको, अमेरिकामा एउटै खाल्डोमा कयौँ लासहरू दफनाएका विषयहरू छताछुल्ल भए । सरकारले जाँचबुझ समिति नै बनाउनुपर्यो । सारा सामाजिक सुरक्षाको सुनिश्चितता भएको प्रचार गर्ने पुँजीवादी मुलुकहरूभित्र यतिबिधि असंस्कार, अमानवीयता एवम् जनउपेक्षा प्रकट हुनु भनेको पुँजीवादी संस्कारको प्रतिबिम्ब हो । त्यहाँ पैसा र स्थिति सहज छ भने सामाजिक सुरक्षा र सहुलियतको माहौल छ तर ती छैनन् भने केही छैनन् ।

छैटौँ, पुँजीवादी राज्यहरूले जसरी निजी स्वतन्त्रता र सम्पन्नताको हवाला दिन्छन्, अन्तर्यमा ती सहज समयमा मुनाफा कुम्ल्याउनका लागि मात्र उपयोगी हुन्छन् । समाजले नै सङ्कट झेल्नुपर्दा वा मालिकहरूले समाजका लागि विशेष योेगदान गर्नुपर्ने अवस्थामा निजी समृद्धिको क्षेत्र समाज र नागरिकहरूप्रति पूरै अनुत्तरदायी एवम् गैरजिम्मेवार बन्न पुग्छ । उल्टो राज्यले उसको संरक्षण गर्नुपर्ने हुन जान्छ ।

सामाजिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका मुख्य हुन्छ र हुनुपर्छ भन्ने तर्क छाँट्ने मान्छेहरू यतिबेला लाचार देखिएका छन् । उनीहरूको निजीप्रधान सोचाइ मुनाफा कुम्ल्याउने धूत्र्याइँमा परिणत भएको छ । स्थिति कस्तो डरलाग्दो देखियो भने निजी क्षेत्रले करोडौँ नागरिकहरूलाई रातारात बेरोजगार बनाएर अभाव, गरिबी, भोकमरी र आत्महत्याको अनिश्चित कालो सुरुङतिर हुल्दैछ । नाफाका लागि भर्ती गरिएका श्रमिकहरूलाई आफ्नो नाफा कम हुने देखिँदासाथ एकरत्ति सुरक्षाभाव नराखेर सडकमा पुर्याइदियो ।

मालिकहरू उल्टै राज्यबाट अर्बौंअर्बको क्षतिपूर्ति र सहुलियतको माग गरिरहेका छन् । युरोप, अमेरिकालगायत देशमा राज्यले मालिकहरूको क्षतिपूर्ति गर्न खर्बौं डलरको बाढी बगाउनु परेको छ । सङ्कटमा राज्यको पुँजी लिएर बाँच्नुपर्ने हो भने नवउदारवादी अर्थप्रणालीको महिमागान किन गर्नुपर्ने हो र यसलाई विश्वको नमुना अर्थसम्बन्ध कसरी मान्न सकिन्छ १ अझ हाम्रोजस्तो पैसा बेचेर पैसा कमाउने पूरा परनिर्भर दलाल पुँजीवादी अर्थसम्बन्धलाई किन प्रश्रय दिने १ स्पष्ट छ– सामाजिक उन्नति एवम् नागरिक समृद्धिका लागि मात्र होइन, निजी सम्पन्नताका लगि पनि राज्य–पुँजी मुख्य हुन्छ ।

समग्रमा भन्दा कोरोनाले सारा मानव जातिलाई सताउँदा संयोगले मानवसभ्यताको टाउकोमा विराजमान बन्न पुगेको पुँजीवाद र निजी स्वतन्त्रता एवम् स्वामित्वमा आधारित पुँजीवादी अर्थसम्बन्धको असफलता, अक्षमता र सङ्कटलाई ह्वाङ्ग खोलिदिएको छ । उसका सारा रूपरङ, बनावट, अवस्थालाई छ्याङ्छ्याङ्ती देखाइदिएको छ । कम्युनिस्ट मात्र होइन, बुद्धिजीवीहरू पनि पुँजीवादको औचित्यहीनता एवम् असफलताबारे एकमत देखिएका छन् । यो खुसीको कुरा हो । अपशोच १ पुँजीवादी नेताहरूले भने आफ्नो असफलता र सङ्कट टाल्न यतिबेला दुईवटा गलत विषय अगाडि सारेका छन् ।

पहिलो स् विश्वभर तनाव–अस्थिरता उत्पन्न गर्ने, आतङ्क मच्चाउने र हिंसा–युद्ध भड्काउने खेल खेल्दैछन् । जतिबेला कोरोनाले चीनलाई बढी क्षति गरिरहेको थियो, त्यसबेला पुँजीवादी नेता र लेखकहरूले लेखे– चीनमा क्षति हुनुको मुख्य कारण रोगभन्दा पनि चीनको कम्युनिस्ट शासन, केन्द्रीकृत सत्ता, सर्वसत्तावादी शैली, अप्रजातान्त्रिक शासन, अनुत्तरदायी नेतृत्व जिम्मेवार रहेको छ । एकजनाले त अमेरिकामा जस्तो लोकतन्त्र भएमा केही समस्या नहुने भन्दै चीनमा सत्ता बदल्नुपर्ने समय आएको चर्चा गरे । तर जब कोरोनाले चीनलाईभन्दा धेरै बढी क्षति अमेरिका र युरोपमा गर्यो तब तिनै मान्छेहरूको तर्क छ– चीनले समयमै ठीक तरिकाले सूचना नदिएको र रोक्ने उपाय नबताएकाले अमेरिकालगायत देशहरूले बढी क्षति भोग्नुपर्यो । चीनले क्षतिपूर्ति तिर्नुपर्ने, क्युबाले अन्तर्राष्ट्रिय आतङ्कवादसँगको लडाइँमा साथ नदिएको जस्ता आरोप लगाउँदै नकाबन्दीको धम्की दिएका छन् । कताबाट हुन्छ कोरानाको क्षतिलाई युद्धआतङ्कद्वारा पूर्ति गर्ने र आफ्नो असफलतालाई छोप्ने ध्याउन्नमा छन् ।

दोस्रो स् नाफा कमाउनु र पैसा जोगाउनु मुख्य हो, रोग र मृत्यु सामान्य हो भन्ने लुटवादी, अमानवीय एवम् असामाजिक चरित्र प्रदर्शन गर्दैछन् । सुरुमा विकास र समृद्धिको अहङ्कारमा डुबेका पुँजीवादीहरूले कोरोना पस्नै सक्दैनजस्तो रबैया प्रदर्शन गरे । जब कोरोना रोक्नमा पूरै असफलजस्तो बन्न पुगे, पुँजीवादी अव्यवस्थाका कारण लाखौँ नागरिकहरूले ज्यान गुमाउनुपर्यो र खर्बौं डलर बगाउँदा पनि नपुग्ने भयो तब पुँजीवादी नाइकेहरूले अति विचित्र, असभ्य र अमानवीय तर्क गर्न पुगेका छन्– मानवीय क्षतिभन्दा ठूलो चुनौती आर्थिक क्षति हो ।

त्यसबाट बच्नका लागि बजार खुला गर्न, व्यापार चलाउन र व्यवसायहरू सञ्चालन गर्न आवश्यक छ । यो कुरा ट्रम्पले मात्र होइन, जोनसोन, सुनारो, म्याक्रो सबैले एउटै स्वरमा भन्न पुगेका छन् । यस्ता तर्कको स्पष्ट सन्देश कोरोनाको सङ्कट केवल स्वास्थ्यमा मात्र सीमित नभएर राज्यव्यवस्थाको सङ्कटमा परिणत हुन सक्छ र जुनकुनै बेला पनि अर्को अक्टोबर क्रान्ति विस्फोट हुन सक्छ भन्ने देखिन्छ । पुँजीवादीहरूको अर्थराजनीतिक गणितमा नागरिक र समाजको जीवनभन्दा पुँजी र मुनाफाप्रधान हो, मान्छे मरेर फरक पर्दैन, ती फेरि जन्माउन सकिन्छ तर पैसा गुम्यो भने सत्ता नै गुम्न सक्छ भन्ने निष्कर्ष निक्लेको छ ।

मानवसमाजको विकासले असफल सिद्ध गरेका तर बलजफ्ती अस्तित्व रक्षामा उत्रिने अर्थराजनीतिक व्यवस्थाका कारण मानव जातिले इतिहासदेखि अपूरणीय मूल्य चुकाउनुपरेको छ । पोप, मुल्लाह, पुजारीहरूको शासनलाई झूट साबित गर्न बु्रनोहरूले ज्यान गुमाउनु पर्यो । कोपर्निकस, ग्यालिलियोहरूले सास्ती बेहोर्नुपर्यो । आज प्रो। हरारेले भनेजस्तै विज्ञानमा विश्वास गर्ने क्रम बढेकाले कोरोनामा चर्च, मस्जिद, गुम्बा, मन्दिर बन्द हुन बाध्य भएका छन् । अर्को शब्दमा आज मानव जातिले विज्ञानको अभूतपूर्व रसास्वादन गर्न पाएको छ ।

परन्तु पुँजीवादबाट समाजले त्यही पीडादायी तर बहन गर्नैपर्ने व्यवहार भोग्नु परिरहेको छ । व्यवहारतः पुँजीवाद बेकम्मा र औचित्यहीन बनिसकेको छ तर उसको मूर्खतापूर्ण अडानले अनेकौँ झमेलाहरू सामना गर्नु परिरहेको छ । हुनसक्छ कैयौँ विज्ञान र परिवर्तनका अभियन्ताहरूले यसको मूल्य चुकाउनु पर्नेछ । यद्यपि यो निश्चित छ– विश्व पुँजीवादले विश्वमा र दलाल पुँजीवादले नेपालमा त्यसरी नै वैज्ञानिक समाजवाद–साम्यवादका लागि ठाउँ छोड्नु पर्नेछ जसरी पोप र सम्राट्को शासनले पुँजीपतिका लागि राज्य सञ्चालनको मञ्च त्याग्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn