Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विपत्तिमा घरघरमै पढने पढाउने कि ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७

विपत्तिमा घरघरमै पढने पढाउने कि ?

प्रा. डा. विद्यानाथ कोइराला
घर र घरजस्तै विगतको चलन
पूर्खाले घरमैं पढे । घरमैं पढाए । शास्त्रीय शब्दावलीमा लैंगिक विज्ञता सिकाए । बाबुले छोरालाई पढाएर । आमाले छोरीलाई पढाएर । उनीहरुको रहर हो —आफ्नुपनाको निरन्तरता दिनु । अहिलेका केटा मात्रै पढने स्कूल तिनै हुन । केटी मात्रै पढने स्कूल तिनै हुन । लैंगिक समतावालाले यो कुरा पचाउन्नौं । त्यसमा लैगिक विभेद देख्छौं । मुस्लिमहरुले स्वागत गर्छाैं । यहीनेरको छनौट हो— संस्कारमा चल्ने कि कथाले मागेको कुरा गर्ने ? विवादको गेडो त्यति नैं हो ।
आचार्य, गुरु, खेन्पो, रिम्पोछे, लामा, मौलवी, मौलानाहरुले पठन पाठनका लागि बाहिरी संस्था बनाए । आचार्यकुल, गुरुकुल, आश्रम, गुम्वा÷गोन्पा, मख्तव, मदरसा संस्था हुन । तिनले घरमै पढने पढाउने कुरा बदले । त्यहां बाबु शिक्षक भएन । आमा शिक्षक भइनन । तर पनि उनीहरुले लैंगिक विज्ञताकै अनुशरण गरे । केटीहरुको आचार्यकुल । केटाहरुको गुरुकुल । केटीहरुको आश्रम । केटाहरुको आश्रम । आनी गुम्वा । लामा गुम्बा । आइसा मदरसा । केटा मदरसा । यी सबै प्रवन्धहरु लैंगिक विज्ञताकै निरन्तरता हुन । तीमद्धे केहीले बाकस बाहिर (आउसाइड द बक्स) हेरे । तिनले उमेरको पनि ख्याल राखे । साना कक्षामा सहशिक्षा । ठूला कक्षामा लैंगिक भिन्नता । यो पनि शास्त्रीय रिवाज हो । पिंढी शिक्षा हुंदा पनि हामीले त्यही नियति भोग्यौं । पश्चिमी शैलीका स्कूल भित्र्याउंदा पनि हामीले त्योे वुद्धि छोडेनौं । पद्मोदय स्कूल केटाको । पद्मकन्या स्कूल केटीको । सोच त्यही हो ।
घर छोडाउने अनिवार्य शिक्षा
पूंजीवादी देशहरुले अनिवार्य शिक्षाको अभ्यास गरे । साम्यवादी देशले त्यसको विस्तार गरे । अहिले अनिवार्य शिक्षा सबैको एजेण्डा बनेको छ । तर स्कूललाई नपत्याउने अमेरिकीहरुले अभिभावकले घरैमा पढाउने प्रवन्ध (होम स्कूलिंग) गरे । बेलायतीहरुले त्यसैलाई घरैमा शिक्षा (होम एजुकेशन) भन्ने नाम दिए । स्कूल भत्काउ अभियानवाला (डीस्कूलर्स) हरुले प्रविधि, प्रकृति, तथा समाजसंग सिक्ने बाटो खोले । अनौपचारिक शिक्षावालाले प्रविधिको सहारामा पढाउने चिन्तन ल्याए । खुला शिक्षालयवालाहरुले चाहिं घरैमा पढाउने शिक्षा (होम स्कूलिंग), बाकसमा शिक्षा (स्कूल इन ए बक्स), स्वाध्याय (अटोनोमस लर्निंग), तथा घरैमा पढाउनेहरुको सहकारी (होमस्कूल कोअपरेटिभस)को चिन्तन मिसाए । अर्थात बाकसमा शिक्षा दिंदा औपचारिक विद्यालयको संरचना छोडेनन । स्वाध्याय शिक्षाको कुरा गर्दा विद्यार्थीको रुचीगत शिक्षालाई पनि क्रडिट दिने प्रवन्ध गरे । पढाउनेहरुको सहकारीमार्फत विद्यालयको जस्तो जमघटमा सिक्ने प्रवन्धलाई निरन्तरता दिए । अर्थात खुला शिक्षावालाले गुरुकुलको चिन्तनलाई आत्मसात गरे । एक चौथाइ गुरुसंग सिक भनेर । दोश्रो चौथाइ साथीसंग सिक भनेर । तेश्रो चौथाइ कहलिएका विज्ञसंग सिक भनेर । चोथो चौथाइ आफ्नै अनुभवसंग सिक भनेर । श्रेय आफूले लिए । तरीका हाम्रै गुरुकुलका लगे ।
घरमै चलेका विपत्ति बेलाका शिक्षालयहरु
नेपालले अनेक विपत्तिहरु भोग्यो । बाढी पहिरोको । भूकम्पको । स्वाइनफ्लूको । अहिले कोरोनाको । भोलि अर्काे कुनै विपत्ति आउनसक्छ । त्यसको । हामीले मधेसको बाढीमा आधुनिक प्रविधि प्रयोग ग¥यौं । रेडियोबाट पढाएर । टेलिभिजनबाट पढाएर । अनलाइनबाट पढाएर । भूकम्पमा त्यसो गरेनौं । छिमेकी चीनले बुहानका तीन करोडलाई आधुनिक प्रविधिबाटै पढायो । बेलायतले चाहिं ६ कक्षासम्मका बालबालिकालाई घरमै स्कूल (स्कूल एट होम) पु¥याउने प्याकेज बनायो । त्यो प्याकेजको नाम राख्यो —एक प्याकेटमा अनेक विषय भएको थैली (अल इन वान होम स्कूलिंग प्याकेज)। यो थैलीमा विद्यार्थीको लागि दैनिक समय तालिका छ । स्कूलको पाठ छ । विद्यार्थीको रुचीको सिकाइ छ । अभिभावक नभएका, विपन्न तथा हिंसामा परेका वा पर्नसक्ने बालबालिकाहरुका लागि एकीकृत शिक्षा दिने शिक्षकको प्रवन्ध ग¥यो । कक्षा ६ भन्दा माथिका बालबालिकाहरुलाई माइक्रो सफ्ट किंग नामक सफटवेर बनायो । त्यसैबाट पढने पढाउंने प्रवन्ध ग¥यो । उच्च शिक्षाका विद्यार्थीहरुलाई अनुसन्धानमा लगायो । पाठ्यक्रम उनैसंग छ । पढने उनीहरुले नै हो । आवश्यक परे सम्पर्क राख्ने शिक्षक तथा प्राध्यापकहरुको टुंगो गरिदियो । स्काइप कक्षा । भर्चुयल कक्षा । भेटघाट कक्षा । फोन इन कक्षा । यसको अर्थ हो —विपत्तिले उनीहरुको क्यालेण्डर बिथोलिएन । विद्यार्थीलाई के गर्ने भन्ने समस्या रहेन । सबै ब्यस्त बनाइए । अभिभावक सिकाउंनमा । विद्यार्थी जहांबाट पनि सिक्नमा । दूर शिक्षणको तरीकाले परीक्षा लिए । अर्थात विद्यार्थीले आफैं बसेको ठाउंबाट जांच दिने प्रवन्ध मिलाए । अन लाइन जांच गरे । घरैमा लेख्ने (टेक होम) जांच गरे । माओको सोचमा पनि विद्यार्थीले महिनादिन अघि नै प्रश्न पाउंथ्यो । पाउंनु पथ्र्याे । त्यसैको आधारमा उसले आफूलाई तयार गथ्र्यो । अर्थात आधुनिक प्रविधि नपुगेको ठाउंमा पनि माओको वुद्धि काम गथ्र्यो ।
घरको पढाइ नबुझेका निर्णायकहरु
हाम्रा निर्णयकहरु पदीय विज्ञ हौं । परंपरावादी पनि छौं । कुरामा क्रान्तिकारी । काममा परंपराभन्दा पनि पछाडि । त्यसैले दर्शक हेरेर बोल्छौं । त्यही बोलीमा अल्झ्न्छिौं । माकुरा जस्ता । त्यसैमा मर्छौं । मारिन्छौं । शिक्षामंत्री , कर्मचारी, प्याब्सन तथा एन प्याब्सनका पदाधिकारीहरु, शिक्षक महासंघ, विश्वविद्यालयका पदाधिकारीहरु, प्राध्यापक संघ, अगैसस, मानव अधिकारवादी, वालअधिकारवादी सबै एउटै कोटिका देखियौं । त्यसैले हामीले बन्द भन्न जान्यौं । परीक्षा बन्द । पढाइ बन्द । बन्दको बेलामा के गर्ने के गराउंने भन्ने कुरामा चासै लिएनौं । चिन्तित बनेनौं । चिन्तनशील पनि देखिएनौैं । विद्यार्थी तथा अभिभावकका संघसंगठनहरु, देशको ठेक्का लिएका राजनीतिक दलका नेताहरु पनि त्यसभन्दा भिन्न रहेनौं । त्यसको एकल कारण हो —हामीहरु जिम्मेवार ब्यक्ति होइनौं । बनेनौं । बनाइएनौं । बरु पत्रकारहरु जिम्मेवार देखियौं । कमसेकम चासो त लियौं । हल्ला त मच्चायोैं ।
घरघरमै पढने पढाउने तर्किव
विपत्तिमा शिक्षा दिने अनेकन तर्किवहरु छन । चिनीया तर्किवले भन्छ —आधुनिक प्रविधिमार्फत विद्यार्थीलाई पढाऔं । बेलायती तर्किवले भन्छ —संरचनात्मक औपचारिक शिक्षा, अनौपचारिक शिक्षा तथा निजात्मक शिक्षाबीच समन्वय गरी वालविकास तथा आधारभूत तहका बालबालिकालाई हुने गरी कक्षागत अनेक विषय भएको थैली (अल इन वानको प्याकेज) बनाऔं । माध्यमिक तहका लागि सफ्टवेरमार्फत पढने पढाउने प्रवन्ध गरौं । त्यसका लागि मिदास, कुल्याब, तथा खुला विश्वविद्यालयको अनुभव लिनसक्छौं । वालविकासको प्याकेज बनाउन कार्टुनिष्टहरुको सहायता लिनसक्छौं । फेसबुकेहरुका तस्वीर तथा भिडियो बटुल्ने वेबसाइट बनाउन सक्छौं । सोलार सिनेमा बनाउने युवाहरुको सहायता लिनसक्छौं । डा. महाबीर पुनहरुले त्यसमा ज्यान भर्न सक्छौं । विद्यालय तथा विश्वविद्यालयका शिक्षक ÷प्राध्यापक, एवं विद्यार्थीहरु काम लाग्न सक्छौं । केवल तिनलाई ललकार्ने वुद्धि भएको नेतृत्व भए पुग्छ । घरघरैबाट यो काम हुनसक्छ ।
माथिका तर्किवहरुले ललकार खोज्छन । त्यसैले भन्छु —फेसबुक नचलाउने शिक्षक छैनौं । तिनलाई खोई ललकारेको ? प्राध्यापकहरुलाई खोई चुनौती गरेको ? कार्टुनिष्टहरुलाई खोई बोलाएको ? पदीय सर्बज्ञ मानिएका मन्त्रीहरुको कुरा पनि रिठ्ठो नबिराई प्रसारगर्ने संचारकर्मीहरुलाई खोई सर्जक बनाएको ? जस्ले जस्लाई र जहां फोन गरे पनि कोरोनाको सन्देश दिनसक्ने दूरसंचार कार्यालयलाई खोई लयमा ल्याएको ? जहांको एफ एम तथा टेलिभिजन खोले पनि आआफ्नै दलका गीत तथा भजन गाउने रेडियो एवं टेलिभिजनलाई खोई उपयोग गरेको ? अनलाइन तथा सामाजिक सŒजालहरुलाई खोई सिर्जनात्मक काम दिएको ? देश विकासको डिङ हाक्ने विश्वविद्यालयका विद्यार्थीहरुलाई खोई अनुसन्धानमुखी बनाएकोे ? उनकै घरको अन्तरपुस्तेनी ज्ञान (इन्टर जेनरेसनल नलेज) को अनुसन्धान गर्न । उनकै खेतबारीको बालीनालीको बदलिंदो जानकारी लिन । पुर्खाका ज्ञानमारा हाम्रा पुस्तालाई बाटो देखाउन पुख्र्याैली ज्ञान, आधुनिक ज्ञान तथा शास्त्रीय ज्ञानबीच के कस्तो सम्वन्ध छ भनी खोज्न खोजाउन । विश्वविद्यालयका प्राध्यापक तथा तिनका नेतृत्वहरुले यो काम किन नगरेको ? किन नगराएको ? आफ्नै शरीरको ध्यान गरेर पनि ज्ञान आर्जन गर्ने पुर्खाका सन्ततीमा खोई त्यो चेत पलाएको ? आफ्नै अनुभवले अनुसन्धाता बनेका दलित तथा जनजातीका विज्ञहरुबाट सिक्ने सिकाउने वुद्धि खोई बनाएको ?
घरमैं पढने पढाउने चेत
चेत खुले हामी घरघरमा पढने पढाउनेहरुको समूह बन्न सक्छौं । पहिले एकल रुपमा । क्रमशः सहकारीको रुपमा । यसमा घरबसुवाहरु कामयावी हुन्छौं । हामी अन्तर पुस्तेनी शिक्षा दिन्छौं । नयां पुस्तासंग शिक्षा लिन्छौं । सेवानिवृत्तहरु यो काम गर्न सक्छौं । वालविकासका शिक्षकहरु सामग्री बटुल्न सक्छौं । आआफ्ना संस्कारका । आआफ्ना समाजका । ती सामग्रीहरुको डोको बनाउन सक्छौं । घरायशी डोको । त्यही डोकोमा वालविकासका बालबालिकाहरुलाई खेलाउन सक्छौं । खेलखेलमैं सिकाउन सक्छौ । आधारभूत शिक्षाका शिक्षकहरु अनेक विषय भएको थैैली बनाउन सक्छौं । बाकसमा स्कूल (स्कूल इन ए बक्स) का लागि चाहिने सामग्री बनाउन सक्छौं । फेसबुकबाट विद्यार्थीलाई दिनको एउटा प्रश्न दिन सक्छौं । उत्तर खोज्न तथा खोजाउन सक्छौं । केहीलाई पिंढी शिक्षा दिनसक्छौं । माध्यमिक तहका शिक्षकहरु सफ्टवेरमार्फत पढने पढाउने प्रवन्ध गर्न सक्छौं । आवश्यकता अनुसार पिंढी शिक्षा दिन सक्छौं । विद्यार्थीलाई सिकाइमा लगाउन सक्छौं । प्राध्यापकहरु उच्च शिक्षाका विद्यार्थीहरुलाई अनुसन्धाता तथा सिद्धान्तकार बनाउन सक्छौं । संचारकर्मीहरु आआफ्ना संचारका साधनहरुमार्फत विद्यार्थी तथा शिक्षकमा पुग्ने सामान पठाउन सक्छौं । कस्ले के सिक्यो भनी अनुगमन गर्न सक्छौं । सबै तहका वैतनिक तथा भत्तावाल जनप्रतिनिधिहरु आवश्यक उपकरण तथा प्रवन्ध मिलाउन सक्छौं । सबै समूहका संघसंगठनहरु चाहिं आआफ्ना झण्डाका मानिसहरुलाई शिक्षा दिन सक्छौं । दीक्षा दिनसक्छौं ।
सघाउने तथा तर्साउनेहरुलाई रकम दिन सक्ने प्याब्सन तथा एन प्याब्सनका हस्थीहरु पैसा दिन सक्छौं । विकास बजेट खर्चिन नसक्ने सबै तहका जनप्रतिनिधिहरु थप लगानी गर्नसक्छौं । शिक्षक तालीम , समुदायमा विद्यालय ब्वस्थापन, नमूना विद्यालय, स्वायत्त क्याम्पस जस्ता खानैपर्ने तर पखाला लाग्ने ऋण तथा दान दिन जानेका विदेशीहरुले पनि चाहिने ठाउंमा लगानी गर्न सक्छौं । संस्कृतिगत सिकाइ नजानेका तर विदेशीका प्रक्रियागत सिकाइको रट लगाउने अगैससहरुले प्राविधिक तथा आर्थिक सहायता दिनसक्छौं । पढाउनुको सट्टा सिकाउनुपर्छ भन्नेहरु स्वाध्याय सामग्री बनाउन सक्छौं । निर्देशित सामग्री (गाइडेड म्याटेरियल) बनाउन सक्छौं । पुलेसा सामग्री (ब्रीज म्योटेरियल) बनाउन सक्छौं ।
घरमैं पढने पढाउने पुख्र्याैली मन्त्र÷स्तोत्र
जाग्रत पुर्खाले भनिदिए — मन्त्र नहुने अक्षर छैन । औषधी नहुने विरुवा छैन । अयोग्य व्यक्ति छैन । योजक मात्रै हाम्रो खांचो हो । योजकको भूमिकामा रहेकाहरुमा यो चेत आउला त ? किनकि अहिलेको विपत्तिले त्यस्तै योजक खोजेको छ । शिक्षा मन्त्रालयमा योजक । विश्वविद्यालयमा योजक । संघसंगठनहरुमा योजक । संचारकर्मीमा योजक । आधुनिक प्रविधि प्रयोगकर्ताहरुमा योजक । विभिन्न विद्हरुमा योजक । ती ससाना योजकहरुको पनि योजक । अर्थात महायोजक । तलको संस्कृत मन्त्र÷स्तोत्रले त्यही कुरा खोजेको छ ।
अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्‌ ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः॥
द्दद्धद्दघ ९ःबजब(कगदजबकजष्तब(कबmनचबजब०

संस्कृतको अर्काे मन्त्र÷स्तोत्रले भन्छ ः
आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया ।
सब्रह्मचारिभ्यः पादं पादं कालक्रमेण च ॥
सबै तहका हाम्रा विद्यार्थी तथा शिक्षक÷प्राध्यापकहरुमा यो मन्त्र÷स्तोत्र लागुगर्ने अभियान चलाऔं । विपत्ति साम्य भएपछि पहिलो चौथाइको काम गरौंला । बांकी तीन चौथाइ काम (नजीकका साथीसंग संवाद गर्ने, पैताले विज्ञ (बेयरफूट एकसपर्ट) संग कुरागर्ने तथा आफ्नै अनुभवबाट सिक्ने) घरघरमै संभव छ । आधुनिक प्रविधि मार्फत । दूरी कायम राख्ने संवाद मार्फत । नभए संभव बनाउन सकिन्छ । प्रश्न हो — विपत्तिकै गीत जप्ने कि विपत्तिमा पनि शैक्षिक क्यालेण्डर नबिगारी काम गर्ने तर्किव खोज्ने ? योजक तथा महायोजकहरुको मर्जीमा छोडें ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn