प्रा. डा. विद्यानाथ कोइराला
घर र घरजस्तै विगतको चलन
पूर्खाले घरमैं पढे । घरमैं पढाए । शास्त्रीय शब्दावलीमा लैंगिक विज्ञता सिकाए । बाबुले छोरालाई पढाएर । आमाले छोरीलाई पढाएर । उनीहरुको रहर हो —आफ्नुपनाको निरन्तरता दिनु । अहिलेका केटा मात्रै पढने स्कूल तिनै हुन । केटी मात्रै पढने स्कूल तिनै हुन । लैंगिक समतावालाले यो कुरा पचाउन्नौं । त्यसमा लैगिक विभेद देख्छौं । मुस्लिमहरुले स्वागत गर्छाैं । यहीनेरको छनौट हो— संस्कारमा चल्ने कि कथाले मागेको कुरा गर्ने ? विवादको गेडो त्यति नैं हो ।
आचार्य, गुरु, खेन्पो, रिम्पोछे, लामा, मौलवी, मौलानाहरुले पठन पाठनका लागि बाहिरी संस्था बनाए । आचार्यकुल, गुरुकुल, आश्रम, गुम्वा÷गोन्पा, मख्तव, मदरसा संस्था हुन । तिनले घरमै पढने पढाउने कुरा बदले । त्यहां बाबु शिक्षक भएन । आमा शिक्षक भइनन । तर पनि उनीहरुले लैंगिक विज्ञताकै अनुशरण गरे । केटीहरुको आचार्यकुल । केटाहरुको गुरुकुल । केटीहरुको आश्रम । केटाहरुको आश्रम । आनी गुम्वा । लामा गुम्बा । आइसा मदरसा । केटा मदरसा । यी सबै प्रवन्धहरु लैंगिक विज्ञताकै निरन्तरता हुन । तीमद्धे केहीले बाकस बाहिर (आउसाइड द बक्स) हेरे । तिनले उमेरको पनि ख्याल राखे । साना कक्षामा सहशिक्षा । ठूला कक्षामा लैंगिक भिन्नता । यो पनि शास्त्रीय रिवाज हो । पिंढी शिक्षा हुंदा पनि हामीले त्यही नियति भोग्यौं । पश्चिमी शैलीका स्कूल भित्र्याउंदा पनि हामीले त्योे वुद्धि छोडेनौं । पद्मोदय स्कूल केटाको । पद्मकन्या स्कूल केटीको । सोच त्यही हो ।
घर छोडाउने अनिवार्य शिक्षा
पूंजीवादी देशहरुले अनिवार्य शिक्षाको अभ्यास गरे । साम्यवादी देशले त्यसको विस्तार गरे । अहिले अनिवार्य शिक्षा सबैको एजेण्डा बनेको छ । तर स्कूललाई नपत्याउने अमेरिकीहरुले अभिभावकले घरैमा पढाउने प्रवन्ध (होम स्कूलिंग) गरे । बेलायतीहरुले त्यसैलाई घरैमा शिक्षा (होम एजुकेशन) भन्ने नाम दिए । स्कूल भत्काउ अभियानवाला (डीस्कूलर्स) हरुले प्रविधि, प्रकृति, तथा समाजसंग सिक्ने बाटो खोले । अनौपचारिक शिक्षावालाले प्रविधिको सहारामा पढाउने चिन्तन ल्याए । खुला शिक्षालयवालाहरुले चाहिं घरैमा पढाउने शिक्षा (होम स्कूलिंग), बाकसमा शिक्षा (स्कूल इन ए बक्स), स्वाध्याय (अटोनोमस लर्निंग), तथा घरैमा पढाउनेहरुको सहकारी (होमस्कूल कोअपरेटिभस)को चिन्तन मिसाए । अर्थात बाकसमा शिक्षा दिंदा औपचारिक विद्यालयको संरचना छोडेनन । स्वाध्याय शिक्षाको कुरा गर्दा विद्यार्थीको रुचीगत शिक्षालाई पनि क्रडिट दिने प्रवन्ध गरे । पढाउनेहरुको सहकारीमार्फत विद्यालयको जस्तो जमघटमा सिक्ने प्रवन्धलाई निरन्तरता दिए । अर्थात खुला शिक्षावालाले गुरुकुलको चिन्तनलाई आत्मसात गरे । एक चौथाइ गुरुसंग सिक भनेर । दोश्रो चौथाइ साथीसंग सिक भनेर । तेश्रो चौथाइ कहलिएका विज्ञसंग सिक भनेर । चोथो चौथाइ आफ्नै अनुभवसंग सिक भनेर । श्रेय आफूले लिए । तरीका हाम्रै गुरुकुलका लगे ।
घरमै चलेका विपत्ति बेलाका शिक्षालयहरु
नेपालले अनेक विपत्तिहरु भोग्यो । बाढी पहिरोको । भूकम्पको । स्वाइनफ्लूको । अहिले कोरोनाको । भोलि अर्काे कुनै विपत्ति आउनसक्छ । त्यसको । हामीले मधेसको बाढीमा आधुनिक प्रविधि प्रयोग ग¥यौं । रेडियोबाट पढाएर । टेलिभिजनबाट पढाएर । अनलाइनबाट पढाएर । भूकम्पमा त्यसो गरेनौं । छिमेकी चीनले बुहानका तीन करोडलाई आधुनिक प्रविधिबाटै पढायो । बेलायतले चाहिं ६ कक्षासम्मका बालबालिकालाई घरमै स्कूल (स्कूल एट होम) पु¥याउने प्याकेज बनायो । त्यो प्याकेजको नाम राख्यो —एक प्याकेटमा अनेक विषय भएको थैली (अल इन वान होम स्कूलिंग प्याकेज)। यो थैलीमा विद्यार्थीको लागि दैनिक समय तालिका छ । स्कूलको पाठ छ । विद्यार्थीको रुचीको सिकाइ छ । अभिभावक नभएका, विपन्न तथा हिंसामा परेका वा पर्नसक्ने बालबालिकाहरुका लागि एकीकृत शिक्षा दिने शिक्षकको प्रवन्ध ग¥यो । कक्षा ६ भन्दा माथिका बालबालिकाहरुलाई माइक्रो सफ्ट किंग नामक सफटवेर बनायो । त्यसैबाट पढने पढाउंने प्रवन्ध ग¥यो । उच्च शिक्षाका विद्यार्थीहरुलाई अनुसन्धानमा लगायो । पाठ्यक्रम उनैसंग छ । पढने उनीहरुले नै हो । आवश्यक परे सम्पर्क राख्ने शिक्षक तथा प्राध्यापकहरुको टुंगो गरिदियो । स्काइप कक्षा । भर्चुयल कक्षा । भेटघाट कक्षा । फोन इन कक्षा । यसको अर्थ हो —विपत्तिले उनीहरुको क्यालेण्डर बिथोलिएन । विद्यार्थीलाई के गर्ने भन्ने समस्या रहेन । सबै ब्यस्त बनाइए । अभिभावक सिकाउंनमा । विद्यार्थी जहांबाट पनि सिक्नमा । दूर शिक्षणको तरीकाले परीक्षा लिए । अर्थात विद्यार्थीले आफैं बसेको ठाउंबाट जांच दिने प्रवन्ध मिलाए । अन लाइन जांच गरे । घरैमा लेख्ने (टेक होम) जांच गरे । माओको सोचमा पनि विद्यार्थीले महिनादिन अघि नै प्रश्न पाउंथ्यो । पाउंनु पथ्र्याे । त्यसैको आधारमा उसले आफूलाई तयार गथ्र्यो । अर्थात आधुनिक प्रविधि नपुगेको ठाउंमा पनि माओको वुद्धि काम गथ्र्यो ।
घरको पढाइ नबुझेका निर्णायकहरु
हाम्रा निर्णयकहरु पदीय विज्ञ हौं । परंपरावादी पनि छौं । कुरामा क्रान्तिकारी । काममा परंपराभन्दा पनि पछाडि । त्यसैले दर्शक हेरेर बोल्छौं । त्यही बोलीमा अल्झ्न्छिौं । माकुरा जस्ता । त्यसैमा मर्छौं । मारिन्छौं । शिक्षामंत्री , कर्मचारी, प्याब्सन तथा एन प्याब्सनका पदाधिकारीहरु, शिक्षक महासंघ, विश्वविद्यालयका पदाधिकारीहरु, प्राध्यापक संघ, अगैसस, मानव अधिकारवादी, वालअधिकारवादी सबै एउटै कोटिका देखियौं । त्यसैले हामीले बन्द भन्न जान्यौं । परीक्षा बन्द । पढाइ बन्द । बन्दको बेलामा के गर्ने के गराउंने भन्ने कुरामा चासै लिएनौं । चिन्तित बनेनौं । चिन्तनशील पनि देखिएनौैं । विद्यार्थी तथा अभिभावकका संघसंगठनहरु, देशको ठेक्का लिएका राजनीतिक दलका नेताहरु पनि त्यसभन्दा भिन्न रहेनौं । त्यसको एकल कारण हो —हामीहरु जिम्मेवार ब्यक्ति होइनौं । बनेनौं । बनाइएनौं । बरु पत्रकारहरु जिम्मेवार देखियौं । कमसेकम चासो त लियौं । हल्ला त मच्चायोैं ।
घरघरमै पढने पढाउने तर्किव
विपत्तिमा शिक्षा दिने अनेकन तर्किवहरु छन । चिनीया तर्किवले भन्छ —आधुनिक प्रविधिमार्फत विद्यार्थीलाई पढाऔं । बेलायती तर्किवले भन्छ —संरचनात्मक औपचारिक शिक्षा, अनौपचारिक शिक्षा तथा निजात्मक शिक्षाबीच समन्वय गरी वालविकास तथा आधारभूत तहका बालबालिकालाई हुने गरी कक्षागत अनेक विषय भएको थैली (अल इन वानको प्याकेज) बनाऔं । माध्यमिक तहका लागि सफ्टवेरमार्फत पढने पढाउने प्रवन्ध गरौं । त्यसका लागि मिदास, कुल्याब, तथा खुला विश्वविद्यालयको अनुभव लिनसक्छौं । वालविकासको प्याकेज बनाउन कार्टुनिष्टहरुको सहायता लिनसक्छौं । फेसबुकेहरुका तस्वीर तथा भिडियो बटुल्ने वेबसाइट बनाउन सक्छौं । सोलार सिनेमा बनाउने युवाहरुको सहायता लिनसक्छौं । डा. महाबीर पुनहरुले त्यसमा ज्यान भर्न सक्छौं । विद्यालय तथा विश्वविद्यालयका शिक्षक ÷प्राध्यापक, एवं विद्यार्थीहरु काम लाग्न सक्छौं । केवल तिनलाई ललकार्ने वुद्धि भएको नेतृत्व भए पुग्छ । घरघरैबाट यो काम हुनसक्छ ।
माथिका तर्किवहरुले ललकार खोज्छन । त्यसैले भन्छु —फेसबुक नचलाउने शिक्षक छैनौं । तिनलाई खोई ललकारेको ? प्राध्यापकहरुलाई खोई चुनौती गरेको ? कार्टुनिष्टहरुलाई खोई बोलाएको ? पदीय सर्बज्ञ मानिएका मन्त्रीहरुको कुरा पनि रिठ्ठो नबिराई प्रसारगर्ने संचारकर्मीहरुलाई खोई सर्जक बनाएको ? जस्ले जस्लाई र जहां फोन गरे पनि कोरोनाको सन्देश दिनसक्ने दूरसंचार कार्यालयलाई खोई लयमा ल्याएको ? जहांको एफ एम तथा टेलिभिजन खोले पनि आआफ्नै दलका गीत तथा भजन गाउने रेडियो एवं टेलिभिजनलाई खोई उपयोग गरेको ? अनलाइन तथा सामाजिक सŒजालहरुलाई खोई सिर्जनात्मक काम दिएको ? देश विकासको डिङ हाक्ने विश्वविद्यालयका विद्यार्थीहरुलाई खोई अनुसन्धानमुखी बनाएकोे ? उनकै घरको अन्तरपुस्तेनी ज्ञान (इन्टर जेनरेसनल नलेज) को अनुसन्धान गर्न । उनकै खेतबारीको बालीनालीको बदलिंदो जानकारी लिन । पुर्खाका ज्ञानमारा हाम्रा पुस्तालाई बाटो देखाउन पुख्र्याैली ज्ञान, आधुनिक ज्ञान तथा शास्त्रीय ज्ञानबीच के कस्तो सम्वन्ध छ भनी खोज्न खोजाउन । विश्वविद्यालयका प्राध्यापक तथा तिनका नेतृत्वहरुले यो काम किन नगरेको ? किन नगराएको ? आफ्नै शरीरको ध्यान गरेर पनि ज्ञान आर्जन गर्ने पुर्खाका सन्ततीमा खोई त्यो चेत पलाएको ? आफ्नै अनुभवले अनुसन्धाता बनेका दलित तथा जनजातीका विज्ञहरुबाट सिक्ने सिकाउने वुद्धि खोई बनाएको ?
घरमैं पढने पढाउने चेत
चेत खुले हामी घरघरमा पढने पढाउनेहरुको समूह बन्न सक्छौं । पहिले एकल रुपमा । क्रमशः सहकारीको रुपमा । यसमा घरबसुवाहरु कामयावी हुन्छौं । हामी अन्तर पुस्तेनी शिक्षा दिन्छौं । नयां पुस्तासंग शिक्षा लिन्छौं । सेवानिवृत्तहरु यो काम गर्न सक्छौं । वालविकासका शिक्षकहरु सामग्री बटुल्न सक्छौं । आआफ्ना संस्कारका । आआफ्ना समाजका । ती सामग्रीहरुको डोको बनाउन सक्छौं । घरायशी डोको । त्यही डोकोमा वालविकासका बालबालिकाहरुलाई खेलाउन सक्छौं । खेलखेलमैं सिकाउन सक्छौ । आधारभूत शिक्षाका शिक्षकहरु अनेक विषय भएको थैैली बनाउन सक्छौं । बाकसमा स्कूल (स्कूल इन ए बक्स) का लागि चाहिने सामग्री बनाउन सक्छौं । फेसबुकबाट विद्यार्थीलाई दिनको एउटा प्रश्न दिन सक्छौं । उत्तर खोज्न तथा खोजाउन सक्छौं । केहीलाई पिंढी शिक्षा दिनसक्छौं । माध्यमिक तहका शिक्षकहरु सफ्टवेरमार्फत पढने पढाउने प्रवन्ध गर्न सक्छौं । आवश्यकता अनुसार पिंढी शिक्षा दिन सक्छौं । विद्यार्थीलाई सिकाइमा लगाउन सक्छौं । प्राध्यापकहरु उच्च शिक्षाका विद्यार्थीहरुलाई अनुसन्धाता तथा सिद्धान्तकार बनाउन सक्छौं । संचारकर्मीहरु आआफ्ना संचारका साधनहरुमार्फत विद्यार्थी तथा शिक्षकमा पुग्ने सामान पठाउन सक्छौं । कस्ले के सिक्यो भनी अनुगमन गर्न सक्छौं । सबै तहका वैतनिक तथा भत्तावाल जनप्रतिनिधिहरु आवश्यक उपकरण तथा प्रवन्ध मिलाउन सक्छौं । सबै समूहका संघसंगठनहरु चाहिं आआफ्ना झण्डाका मानिसहरुलाई शिक्षा दिन सक्छौं । दीक्षा दिनसक्छौं ।
सघाउने तथा तर्साउनेहरुलाई रकम दिन सक्ने प्याब्सन तथा एन प्याब्सनका हस्थीहरु पैसा दिन सक्छौं । विकास बजेट खर्चिन नसक्ने सबै तहका जनप्रतिनिधिहरु थप लगानी गर्नसक्छौं । शिक्षक तालीम , समुदायमा विद्यालय ब्वस्थापन, नमूना विद्यालय, स्वायत्त क्याम्पस जस्ता खानैपर्ने तर पखाला लाग्ने ऋण तथा दान दिन जानेका विदेशीहरुले पनि चाहिने ठाउंमा लगानी गर्न सक्छौं । संस्कृतिगत सिकाइ नजानेका तर विदेशीका प्रक्रियागत सिकाइको रट लगाउने अगैससहरुले प्राविधिक तथा आर्थिक सहायता दिनसक्छौं । पढाउनुको सट्टा सिकाउनुपर्छ भन्नेहरु स्वाध्याय सामग्री बनाउन सक्छौं । निर्देशित सामग्री (गाइडेड म्याटेरियल) बनाउन सक्छौं । पुलेसा सामग्री (ब्रीज म्योटेरियल) बनाउन सक्छौं ।
घरमैं पढने पढाउने पुख्र्याैली मन्त्र÷स्तोत्र
जाग्रत पुर्खाले भनिदिए — मन्त्र नहुने अक्षर छैन । औषधी नहुने विरुवा छैन । अयोग्य व्यक्ति छैन । योजक मात्रै हाम्रो खांचो हो । योजकको भूमिकामा रहेकाहरुमा यो चेत आउला त ? किनकि अहिलेको विपत्तिले त्यस्तै योजक खोजेको छ । शिक्षा मन्त्रालयमा योजक । विश्वविद्यालयमा योजक । संघसंगठनहरुमा योजक । संचारकर्मीमा योजक । आधुनिक प्रविधि प्रयोगकर्ताहरुमा योजक । विभिन्न विद्हरुमा योजक । ती ससाना योजकहरुको पनि योजक । अर्थात महायोजक । तलको संस्कृत मन्त्र÷स्तोत्रले त्यही कुरा खोजेको छ ।
अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः॥
द्दद्धद्दघ ९ःबजब(कगदजबकजष्तब(कबmनचबजब०
संस्कृतको अर्काे मन्त्र÷स्तोत्रले भन्छ ः
आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया ।
सब्रह्मचारिभ्यः पादं पादं कालक्रमेण च ॥
सबै तहका हाम्रा विद्यार्थी तथा शिक्षक÷प्राध्यापकहरुमा यो मन्त्र÷स्तोत्र लागुगर्ने अभियान चलाऔं । विपत्ति साम्य भएपछि पहिलो चौथाइको काम गरौंला । बांकी तीन चौथाइ काम (नजीकका साथीसंग संवाद गर्ने, पैताले विज्ञ (बेयरफूट एकसपर्ट) संग कुरागर्ने तथा आफ्नै अनुभवबाट सिक्ने) घरघरमै संभव छ । आधुनिक प्रविधि मार्फत । दूरी कायम राख्ने संवाद मार्फत । नभए संभव बनाउन सकिन्छ । प्रश्न हो — विपत्तिकै गीत जप्ने कि विपत्तिमा पनि शैक्षिक क्यालेण्डर नबिगारी काम गर्ने तर्किव खोज्ने ? योजक तथा महायोजकहरुको मर्जीमा छोडें ।
