Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अतिक्रमित नेपाली भूमि फिर्ता गर्न चेतावनी दिदै विप्लवले मोदीलाई पठाए पत्र, सी जिनपिङलाई गरे यस्तो आग्रह


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०७७

अतिक्रमित नेपाली भूमि फिर्ता गर्न चेतावनी दिदै विप्लवले मोदीलाई पठाए पत्र, सी जिनपिङलाई गरे यस्तो आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै साम्राज्यवादी हमला बन्द गरी अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रबाट तत्काल फिर्ता जान आग्रह गरेका छन् ।

मोदीलाई भारतीय राजदूतावासमार्फत पत्र पठाउदै उनले पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारत सरकारद्वारा सडक निर्माण गर्ने कार्यले आम नेपाली जनतालाई क्रुद्ध बनाएको बताएका छन् । साथै भारत सरकारको यस्तो कार्यले १८१६ को सुगौली सन्धि, १८५० को शान्ति तथा मैत्री सन्धिको उल्लङ्घन हुनुका साथै नेपाल–भारतबीचको सम्बन्ध बिगार्न प्रोत्साहन समेत भएको बताएका छन्।

महासचिव विप्लवले भनेका छन्, ‘नेपालको भूभाग पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारत सरकारद्वारा सडक निर्माण गर्ने कार्यले आम नेपाली जनतालाई क्रुद्ध बनाएको छ । यसका साथै लिम्पियाधुरा, कालापानी क्षेत्र भारतको हो भनेर दाबी गरेका कारण नेपाली र भारतीय जनता आश्चर्यमा परेका छन् । भारत सरकारको यस्तो कार्यले १८१६ को सुगौली सन्धि, १८५० को शान्ति तथा मैत्री सन्धिको उल्लङ्घनका साथै नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने प्रोत्साहन बाहेक केही गर्दैन ।’

विप्लवले आम नेपालीहरुको दृष्टिकोणमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत सयौँ स्थानमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु भनेको नेपालमाथि साम्राज्यवादी आक्रमण र हमलाको रुपमा बुझेको समेत प्रष्ट पारेका छन्। भारत सरकारले नेपाल–भारत सीमामा अतिक्रमित सबै भूभाग तत्काल छोडोर नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गर्न मोदीलाई चेतावनी दिएका छन् ।

‘हाम्रो दृष्टिकोणमा लिम्पियाधुरा, कालापानीलगायत सयौँ स्थानमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु भनेको नेपालमाथि साम्राज्यवादी आक्रमण र हमला हो । हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ– भारत सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाल–भारत सीमामा अतिक्रमित सबै भूभाग तत्काल छोडोस् र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गरियोस् । पुनश्चः हामी आग्रह गर्दछौँ– भारत सरकारले यस्ता गतिविधि तत्काल रोकेर नेपालको सार्वभौमिकतालाई सम्मान गरोस् ।’ पत्रमा भनिएको छ ।

महासचिव विप्लवले चीनका राष्ट्रपति सी जिनपिङलाई पनि पत्र पठाउँदै भारतद्वारा अतिक्रमित भूमि नेपाललाई फिर्ता गराउँन पहल गर्न र नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन् । भारतीय अतिक्रमणले आम नेपाली जनता क्रुद्ध बनेको उनले उल्लेख गरेका छन् ।

सीलाई पठाएको ज्ञापनपत्रमा भनिएको छ, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभागमा भारतद्वारा भएको अतिक्रमणले आम नेपाली जनता क्रुद्ध भएका छन् । हामीलाई विश्वास छ– भारतको धार्चुलादेखि नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोडिने सडक भारतले भर्खरै उद्घाटन गरेको कुरा चीन सरकारलाई अवगत नै होला । यो कुरा नेपालको पहिचानविपरीत हुनुका साथै नेपाली जनतालाई पूर्ण रूपमा अस्वीकार्य छ ।’

लिम्पियाधुरा, कालापानी र लिपुलेकलक्षेत्रमा भारतको उपस्थितिको सुरुवात सन् १९६२ को युद्धमा भएको हारपछि मात्र भएको उनले स्मरण गराएका छन् । नेपालको भूभाग काली नदीको मुहान लिम्पियाधुरासम्म रहेको भन्दै उनले भारतले कालापानीमा सैन्य ब्यारेक स्थापना गरेकाले नेपाली जनताहरू भारतीय अतिक्रमणका विरुद्ध आन्दोलित बनेको समेत जानकारी गराएका छन् ।

‘चीनलाई यो कुरा राम्रोसँग थाहा हुनुपर्छ– यो भूभाग कहिल्यै पनि भारतको मातहत रहेन र यो नेपालको भूभाग हो । यस क्षेत्रमा भारतको उपस्थितिको सुरुआत सन् १९६२ को युद्धमा भएको हारपछि मात्र भएको हो । नेपालको भूभाग काली नदीको मुहान लिम्पियाधुरासम्म रहेको छ । भारतले लिम्पियाधुरा कालापानी क्षेत्रको कालापानीमा सैन्य ब्यारेक स्थापना गरेकाले नेपाली जनताहरू भारतीय अतिक्रमणका विरुद्ध आन्दोलित छन् । भारत र चीनबीच लिपुलेकलाई त्रिपक्षीय सीमा मानेको कुरा समयसमयमा नेपाली तथा भारतीय सञ्चार माध्यमहरूमा आइरहँदा नेपाली जनताहरू आश्चर्यमा पर्ने गर्दछन् ।’पत्रमा भनिएको छ ।

लिपुलेक नेपाल–चीनको सिमाना समेत भएको उल्लेख गर्दौ उनले यसलाई भारत र चीन सिमाना मानेर दुई देश जोड्ने सडक निर्माण गर्ने सन् २०१५ को सम्झौतामा चीन सरकार सहमत हुनुले नेपाली जनता अत्यधिक आश्चर्यमा परेको बताएका छन्।

पत्रमा भनिएको छ- ‘यस सन्दर्भमा जब कि लिपुलेक नेपाल–चीनको सिमाना हो । लिपुलेकलाई भारत र चीन सिमाना मानेर लिपुलेक हुँदै दुई देश जोड्ने सडक निर्माण गर्ने सन् २०१५ को सम्झौतामा चीन सरकार सहमत हुनुले नेपाली जनता अत्यधिक आश्चर्यमा परेका छन् । चीनलाई राम्रोसँग थाहा छ– त्रिदेशीय सिमाना र काली नदीको मुहान लिम्पियाधुरा हो जुन भारत–चीन युद्धका बेलादेखि भारतले कब्जा गरेको छ । यस क्षेत्रमा भारतले आफ्नो सेनाका ब्यारेकहरू राखेको छ र यो नेपालको सार्वभौम क्षेत्रलाई पूर्ण रूपमा खाली गर्न भारत सरकारसँग नेपाली जनताले बारम्बार माग गर्दै आएका छन् ।’

उनले आफ्ना छिमेकी देशहरूको सार्वभौमिकताको पहिचान गर्ने जिम्मेवारीका लागि चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीलाई नेपाल कम्युनिष्ट पार्टीले स्मरण गराउन चाहेको पत्रमा उल्लेख गरेका छन् । नेपालको भूमि लिपुलेकको प्रयोग गर्ने चीन–भारतबीचको सम्झौता पुनरावलोकन गरेर नेपालको सार्वभौमिकताको सम्मान गर्न नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताले चीन सरकारसँग आग्रह गरेको प्रष्ट पारेका छन् ।

‘हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ–भारत सरकारले अतिक्रमित सबै भूभाग तत्काल छोडोस् र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गरोस् । आफ्ना छिमेकी देशहरूको सार्वभौमिकताको पहिचान गर्ने जिम्मेवारीका लागि हामी जोडदार रूपमा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीलाई स्मरण गराउन चाहन्छौँ । तसर्थ हामी हाम्रो पार्टी र नेपाली जनताका तर्फबाट चीन सरकारसँग आग्रह गर्दछौँ– नेपालको भूमि लिपुलेकको प्रयोग गर्ने चीन–भारतबीचको सम्झौता पुनरावलोकन गरियोस् र नेपालको सार्वभौमिकताको सम्मान गरियोस् ।’ पत्रमा महासचिव विप्लवले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn