Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बाराका संक्रमित पत्रकार भन्छन्– कोरोना जितेरै घर फर्किन्छु


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०७७

बाराका संक्रमित पत्रकार भन्छन्– कोरोना जितेरै घर फर्किन्छु

६ जेठ, वीरगञ्ज । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेहरु नै बढी जोखिममा हुन्छन् । नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता जनकपुर र उदयपुर र बारामा पनि पत्रकारमा कोरोना संक्रमण भएको छ । बाराका संक्रमित पत्रकार हाल कलैया अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनले आफूलाई खानामा अरुची हुने बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

बाराका संक्रमित पत्रकारसँग अनलाइनखबरकर्मी सुरेश विडारीले गरेको टेलिफोन कुराकानीको सम्पादित अंश:

एक साता अघिदेखि मलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । घाँटी बसेको थियो, खानामा रुचि हुँदैनथ्यो । करैयामाई स्वास्थ्य चौकीमा जाँच पनि गराएँ । स्वास्थ्यकर्मीले आत्तिनुपर्दैन औषधि खाएपछि निको हुन्छ भन्दै औषधि थमाए । औषधि नियमित खाएँ । घरमा मनतातो नुनपानी नियमित पिउन थालेँ । त्यसपछि केही सञ्चो महसुस भयो । तर कोरोना संक्रमण भएको हो कि भनेर डर पनि लाग्यो ।

वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता जनकपुर, उदयपुर र बारामा पनि पत्रकारमा कोरोना संक्रमण भएको छ । बाराका संक्रमित पत्रकार हाल कलैया अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनले आफूलाई खानामा अरुचि हुनेबाहेक स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्

त्यही समयमा बाराका क्रियाशील सबै पत्रकारको कोरोना परीक्षण गराउने कुरा आयो । मैले पनि जेठ २ गते कोरोना परीक्षण गर्न स्वाब दिएँ ।

त्यसपछि घरमै आराम गर्न थालें । परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनीहरुसँग पनि सकभर भौतिक दूरी कायम गरेरै बस्न थालें । स्वासप्रश्वासमा समस्या रही नै रह्यो । यो बीचमा पनि खाना पटक्कै रुचेन । तर पनि जबरजस्ती खान्थें ।

नमुना परीक्षण गराएको ४ दिनपछि जेठ ५ गते बिहान साढे आठ बजेतिर प्रमुख जिल्ला अधिकारीले फोन गर्नुभएको रहेछ । उहाँले तपाईंको रिपोर्ट पोजेटिभ आएको छ भन्नुभयो । एक पटक मन सिरिङ्ग भयो । तर आफूलाई सम्हालें । वार्तालापबाटै श्रीमतीले मलाई कोरोना पोजेटिभ भएको थाहा पाइन् । त्यसपछि उनी रुन थालिन् ।

केही समयपछि सुरक्षाकर्मी मलाई लिन आइपुगे । उहाँहरुले पनि मेरो परिवारलाई सम्झाइदिनुभयो । ‘उहाँ ठीक भएर आउनु हुन्छ, त्यसैले चिन्ता लिनुपर्दैन’ भनिदिनुभयो । मेरो घर वरपरको क्षेत्र केही समयका लागि सिल गरियो ।

अहिले म कलैया अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छु । अस्पतालमा एक जना प्रहरी जवान र ममात्रै उपचाररत छौं । बेड नजिकै तीन प्रकारका औषधि छन् । मलाई अहिले पनि स्वासप्रश्वासमा समस्या छ । खाना रुचिरहेको छैन । अन्य लक्षणहरु भने केही छैन ।

म संक्रमित भएको थाहा पाएपछि आफन्त र धेरै शुभचिन्तकहरुले फोनमार्फत स्वास्थ्य लाभको कामना गरिरहनुभएको छ । उहाँहरुले ‘चिन्ता लिनु पर्दैन, हामी तपाईंको साथमा छौं । मनोवल उच्च बनाउनुस् । ठीक हुन्छ । तपाईंले कोरोनालाई जित्नुहुन्छ, ढुक्क हुनुस्’ भन्नुभएको छ ।

बाराका सांसदले पनि फोन गरेर मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सबैको माया, स्नेह र हौसलाले मेरो मनोबल उच्च बनेको छ । म कोरोनालाई जित्छु । कोरोनालाई जितेरै घर फर्कन्छु ।

प्रहरी कार्यालय आउँदा सरेको आशंका

म एउटा कामले गर्दा ३/४ दिन जति लगातार जिल्ला प्रहरी कार्यालय गएको थिएँ । त्यहाँ सेवाग्राहीको ठूलै भिड थियो । विभिन्न ठाउँका सेवाग्राही आएका थिए । भिड कम भएपछिसतर्कता अपनाएर आफ्नो कामका लागि गएँ । दुरी कायम गरेरै बसेको थिएँ । तर आफू संक्रमित भएपछि भाइरसको स्रोत यहीँबाट भएको हो कि भन्ने मलाई लाग्छ । कसरी भयो म आफैं आश्चर्यमा परेको छु । म अन्त कतै गएको पनि छैन ।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एक प्रहरी जवानमा पनि जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बारामा संक्रमित प्रहरी जवान हाल मसँगै उपचाररत छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn