सिजादर्पण ७ जेठ काठमाण्डौ ।संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १५ हजार ७४२ जना संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ३ लाख २५ हजार ५०९ जनाको मृत्यु भइसकेको छ ।त्यसो त संक्रमितहरुमध्ये १९ लाख ७९ हजार २२३ जना निको पनि भइसकेका छन् ।बाँकी संक्रमितहरुमध्ये २६ लाख ६५ हजार ५३४ जनाको अवस्था मध्यमखालको छ भने ४५ हजार ४६७६ जनाको अवअवस्था चाहिँ गम्भीर र जटील छ ।
