Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारतमा काम गर्न गयका नेपाली हरु एक सातामै कर्णाली प्रदेशमा १३ हजार भित्रिए व्यवस्थापन मा समस्या ।


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७

भारतमा काम गर्न गयका नेपाली हरु एक सातामै कर्णाली प्रदेशमा १३ हजार भित्रिए व्यवस्थापन मा समस्या ।

शुरबहादुर सिंह
सिजादर्पण १४जेठ सुकर्खेत ।यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं। ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ ।

भारतका विभिन्न सीमानाका देखि दैनिक हजारौंँ नागरिक नेपाल छिर्ने र त्यसमा अधिकांश मान्छे कर्णालीको बबई पुग्न थालेपछि कर्णाली प्रदेश सरकारलाई थेग्न हम्मे हम्मे भएको छ । बबई नाकामा ठूलो सङ्ख्यामा नागरिक पुग्दा स्वास्थ्यकर्मीलाई आरडिटी गर्न गाह्रो भएको छ । यो समस्या देखिएपछि अहिले प्रदेश सरकारले सम्बन्धित गाउँपालिकामै नागरिक जान दिइएको र उनीहरुलाई त्यही जाँच्ने गरी आरडिटी उपलब्ध गराइएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

‘हामीले २० देखि २३ हजार कर्णालीवासी नागरिक आउँछन् भन्ने अनुमान गरेका थियौँ’, उनले भने, ‘यद्यपि अनुमानित सङ्ख्याभन्दा बढी नागरिक भित्रिने देखियो ।’ एकैपटक चार हजारभन्दा बढी नागरिक गाडीको हुल बनाएर आउन थालेपछि केही बबई र केही सम्बन्धित स्थानीय तहमै आरडिटी जाँच गर्ने तवरबाट प्रदेश सरकार लागिरहेको मन्त्री रावलले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गतेयता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिक प्रवेश गरेको बताए । ‘एक साताभित्र कर्णाली छिर्ने नागरिकको सङ्ख्या १३ हजार ८६ छ’, उनले चने, ‘जेठ १०–१३ गतेभित्र मात्र ११ हजार ५६९ नागरिक कर्णाली आएका छन् । तीमध्ये १२ गतेमात्र चार हजार २९७ नागरिक कर्णाली प्रवेश गरेका छन् ।’

भारतबाट कर्णाली फर्कने सबैभन्दा बढी दैलेखका साढे ६ हजार नागरिक रहेको उनले बताए । दैलेख जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट दैलेख आउने नागरिकको सङ्ख्या ४२ हजार छ । सूचना अधिकारी रायमाझीका अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा भने भारतबाट आउने नागरिकको सङ्ख्या शून्य रहेको छ ।

भारतले रेल बुकिङ सेवा शुरु गरेयता यहाँ नागरिकको सङ्ख्या ह्वात्तै बढेको छ । दैनिक भारतबाट कर्णाली भित्रिने नागरिक बढेसँगै एक साताभित्र कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

ज्याला मजदुरीका लागि भारत गएकाहरुको स्वदेश फर्कने क्रम रोकिएको छैन । भारतबाट स्वदेश फर्कने नागरिक अधिकांश कर्णालीकै भएकाले यहाँ आउने नागरिकको सङ्ख्या अझ बढ्ने देखिन्छ । बाहिरबाट आउने नागरिकका कारण कर्णालीमा कोरोनाको जोखिम बढेको चिकित्सकले बताउँदै आएका छन् । भारतबाट भित्रिनेहरुको स्वाब सङ्कलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक टोली दैलेख पठाउने तयारी भइरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा।निरेश थापाले जानकारी दिए ।

विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड–१९० का कारण भएको लकडाउन र त्यसले खोसिएको रोजगारीले भारतमा अलपत्र परेका नेपाली मातृभूमि फर्किनुको विकल्प पनि छैन । यद्यपि करिब दुई महिनासम्म कोरोना सङ्क्रमण नदेखिएको कर्णालीमा जेठ १ गते भारतबाट फर्केका २३ जनामा कोरोना सङ्क्रमित भेटिएपछि यहाँका नागरिकमा त्रास बढ्दै गएको छ ।

भारतको गुजरातबाट आएका सुर्खेत चिङ्गाड गाउँपालिकाका एक युवाको मङ्गलबार राति नै कर्णाली प्रदेश अस्पतालमा ज्यान गइसकेको छ । यता प्रदेश अस्पतालका निर्देशक डा।डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भयावह बन्दै गएको र बोर्डरमा क्वारेन्टिनको जिम्मा नेपाली सेनालाई समयमै दिनका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमानाकामा नेपाली सेनालाई क्वारेन्टिन व्यवस्थापनको जिम्मा नदिए र आरडिटी जाँच गर्ने व्यवस्था मिलाउन नसकिए कर्णालीमा भयावह अवस्था आउने निर्देशक डा।खड्को भनाइ छ । प्रदेश सरकारले पनि यसअघि नै भारतबाट आउने नेपालीलाई सीमानाकामै परीक्षण गरी क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरिसकेको छ ।
भारतमा कर्णाली प्रदेशका ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn