Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रेमपथका वीर शहीद नवराज विक


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७

प्रेमपथका वीर शहीद नवराज विक

खगेन्द्र संग्रौला

व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइलाग्दा इतिहासमा गरिएको लगानी सम्झिँदो रहेछ । र ऊ लगानीको फल सुखद् भयो कि दुःखद् भनी हिसाब गर्दो रहेछ । जाजरकोटे भाइ नवराज विक जब मारिए, गीता रसाइलीले इतिहास सम्झेर हिसाब गरिन् । हिसाबको वीभत्स फल भाइको नृशंश हत्या हात लाग्यो, र क्षुव्ध गीता आत्मग्लानिले विव्हल भइन् ।

इतिहासमा दलितमुक्तिका गर्जन थुप्रो गरिए । जनआन्दोलन, जनयुद्ध वा आम चुनावमा दलितको उत्थानका बाचा अनेक गरिए । दलित–पीडकलाई दण्डित गर्ने कानुन पटकपटक बने । तर यी सबै गर्जन, बाचा र कानुन मानौँ कुकुरको पुच्छरमा अड्किए । पाजी पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हाल्यो, बाङ्गाको बाङ्गै १ नवराजको जघन्य हत्याले हामीलाई आखिर यसै त भनिरहेछ ।

इतिहासमा दलितमुक्तिका गर्जन थुप्रो गरिए । जनआन्दोलन, जनयुद्ध वा आम चुनावमा दलितको उत्थानका बाचा अनेक गरिए । दलित–पीडकलाई दण्डित गर्ने कानुन पटकपटक बने । तर यी सबै गर्जन, बाचा र कानुन मानौँ कुकुरको पुच्छरमा अड्किए । पाजी पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हाल्यो, बाङ्गाको बाङ्गै १ नवराजको जघन्य हत्याले हामीलाई आखिर यसै त भनिरहेछ ।

माओवादीले भनेको सुनेको कुरा हो, रुकुम रोल्पापछि माओवादी जनयुद्धको एक उद्गम हो । त्यो रुकुमले मलाई जनयुद्धको एक विशेष क्षणको याद दिलाउँछ । एक रोचक, रोमाञ्चक र स्मरणीय क्षणको । वास्तवमा मेरा लागि यो जनयुद्धभरिकै एक अर्थपूर्ण क्षण हो ।

युद्धरत माओवादी त्यो क्षणमा, उसकै शब्दमा, ‘सांस्कृतिक रुपान्तरण अभियान’मा थियो । र, रुकुम थियो त्यसको एउटा तीव्र घर्षण केन्द्र । यो रुपान्तरण प्रक्रियाको एक पाटो बडो हिंस्रक थियो । आङै जिरिङ्ग पार्ने गरी ज्यादतीयुक्त थियो यो । कान खोज्दै आउने समाचार भन्थ्यो— कतै मन्दिरभित्र गाईका टाउका फालिए । कतै पुरेतका टुप्पी काटिए । कतै सहभोजको नाममा बाहुन–क्षेत्रीका घरमा बलात् दलितहरु हुलिए ।

कतै प्रेम गरेको अपराध वापत कमरेड प्रेमीका लिङ्ग छेदन गरिए । तर यसको अर्को पाटो फरक थियो । मेरो दृष्टिमा सकारात्मक भन्न मिल्ने पाटो । तास खेल्ने कामचोरका मुखमा खेल्दाखेल्दैका तास कोच्याइन्थ्यो । रक्सी खाएर होहल्ला गर्ने र पत्नीलाई सताउनेलाई रुखका फेदमा टन्टनी बाँधिन्थ्यो । धुमपान निषेध थियो, दारुदबा वर्जित । अल्छे पुरुषले घरभित्रको काममा पत्नीलाई हात र साथ दिन अनिवार्य थियो । चाडपर्व र भोजभतेरमा फजुल खर्च मनाही थियो ।

उत्पादन र सिर्जन कर्ममा लागिपर्न लोकलाई प्रेरित र प्रोत्साहित गरियो । छूवाछूत र भेदभावको कुसंस्कार मास्ने मनसुवाले अन्तर्जातीय विवाहलाई बढाबा दिइयो । बालबालिका, अपाङ्ग र महिलालाई हेप्ने र होच्याउने क्रूरतालाई कुरिकुरी गरियो । माओवादी वृत्तबाट यी सब गतिविधिका अतिरञ्जित वृत्तान्त सुनिन्थे । त्यो अतिरञ्जनाको गाढा रङलाई भारी मात्रामा घटाएर हेर्दा पनि माओवादीको रुपान्तवरण प्रक्रियामा म आशाका किरणहरु देख्थेँ ।

र, मैले उक्त प्रक्रियाका ज्यादतीहरुको कठोर आलोचना गर्दै त्यसको सकारात्मक पाटोको दिल खोलेरै तारिफ गरेँ । तर सँसँगै मेरो प्रश्न पनि थियो— सांस्कृति र संस्कार मानव जीवनका नितान्त सूक्ष्म, कोमल, संवेदनशील र भावनात्मक पक्षहरु हुन् । तिनको परिवर्तन र रुपान्तरणका नाउँमा जथाभाबी बल प्रयोग गरिए नतिजा के हुन्छ रु समयले उत्तर दिइसकेको छ । नतिजा नितान्त नकारात्मक हुन्छ । क्रान्तिको ज्वार जब मन्द हुन्छ, प्रतिशोधको ज्वार उठ्छ । र, पश्चगमको खाँडो जाग्छ । रुकुम यस कुराको एक ज्वलन्त दृष्टान्त हो, जहाँ कथित उच्च जातका हातबाट दलित नवराज विक र उनका पाँच मित्रको हत्या भएको छ ।

जान्नेहरु भन्छन्– जनयुद्धको वेदीमा दलितको आत्मबलिदानमा रुकुम देशैभरि नम्बर एकमा पर्छ । आखिर केका लागि रु छूवाछूत, हेलाँहोलो र गरिबीबाट मुक्तिका लागि । मानवोजित जीवन जिउने हक र अवसरका लागि । आफ्नो भाग्यको निर्णय आफैँ गर्नका लागि । आफ्नो जीवनको स्वायत्ताका लागि । र, राजीखुशीले रोजेर जुनसुकै जातकासँग प्रेम र बिहा गर्ने हकका लागि । रुकुमको त्यो विराट् बलिदानको फल नवराज विकले के पाए रु उत्तर रुकुमका पहराका भित्ताका नवराजको रगतले लेखिएको छ । असफल इतिहासको यो विकृत र वीभत्स उत्तर सम्झँदा मलाई पनि गीता रसाइलीलाई झैँ ग्लानिबोध हुन्छ । र, लाग्छ— जातीय अहंकार, बडप्पन, छुवाछूत र अमानवीयताको भाइरस कोरोना भाइरसभन्दा कता हो कता निर्मम हुँदो रहेछ । नवराजको हत्याको दृष्टान्त आफैँ बोल्छ । कोरोना भाइरस त हामीमध्ये केहीलाई मारेर केही महिना वा वर्षमा विश्रामको बाटो लाग्ला । जातीय भेदभावको संस्कारजन्य जरुवा भाइरसबाट मुक्ति पाइने कहिले र कसरी हो रु

दलितमुक्तिसहितको जनयुद्धको ध्वजा जसले उठाएको थियो, विडम्बनावश आज दलितको हत्यामा उही पतीत कटिबद्ध छ । नवराज विकको हत्याको कमाण्ड कसका हातमा थियो रु उत्तर खुला आकाशभरि व्याप्त छ— डम्बरबहादुर मल्लका हातमा । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष श्रीमान् मल्लका हातमा । नग्न सत्य भन्छ— यी मल्ल सत्ताधारी नेकपा डबलका रैथाने माओवादी नाइके हुन् । ती नाइके, जसको हातमा नवराजको रगत लतपिएको छ । र,

जसको निधारमा दलित बधको कलङ्कको दाग लागेको छ । यो क्रूर कथाको व्याख्या गरिरहनु पर्दैन । प्रमाणहरु चौरजहारीको सोती गाउँभरि, भेरी नदीका भीरपाखाभरि र बगरभरि छ्यास्छ्यास्ती छरपस्ट छन् । यी त्यस्ता अमिट प्रमाण हन्, जसलाई सत्ता, शक्ति, धन, गन, जालझेल र कपट केहीले पनि मेट्न सक्दैन । तथापि, सूचना भन्छ, हठधर्मी शासक वृत्तमा प्रमाणलाई विकृत झूटले छोप्ने धूर्ततायुक्त चेष्टा हुँदो छ ।

नवराजकी आमा उर्मिलासँग उनी भन्थिन्— हाम्रो घरका सप्पै माओवादी हौँ । घरमा मेरो बिहालाई रोकटोक गर्ने कोही छैन । छनलाई किशोरी मल्लकी आमाको मन्जुरी थिएन । त्यसो त नवराजकी आमा पनि राजी थिइनन् । तर प्रेममा अन्धा भएका केटाकेटीलाई लाग्या हुँदा हो— आमाको मन त हो । ऐन मौकामा त्यो कसो नपग्लेला रु तर दुर्भाग्यवश त्यो पग्लिएन ।

नवराज विक र किशोरी मल्लको प्रेम रोमियो–जुलिएट र लैला–मजनूकोभन्दा कता हो कता गहिरो थियो । यो लुकिछिपी होइन, हाकाहाकी प्रेम थियो । यो प्रेम केटाकेटी दुबैका आमाबालाई थाहा थियो । ती दुबैका गाउँलाई थाहा थियो । किशोरी मल्लले नवराजको घरमा अनेक रात बिताएकी थिइन् । नवराजकी आमा उर्मिलासँग उनी भन्थिन्— हाम्रो घरका सप्पै माओवादी हौँ । घरमा मेरो बिहालाई रोकटोक गर्ने कोही छैन । छनलाई किशोरी मल्लकी आमाको मन्जुरी थिएन । त्यसो त नवराजकी आमा पनि राजी थिइनन् । तर प्रेममा अन्धा भएका केटाकेटीलाई लाग्या हुँदा हो— आमाको मन त हो । ऐन मौकामा त्यो कसो नपग्लेला रु तर दुर्भाग्यवश त्यो पग्लिएन । जब नवराज किशोरी मल्ललाई भगाउन साथीहरुको झुण्ड लिएर गए, सब चौपट भयो । यो चौपटकी जनजी किशोरी मल्लकी आमा थिइन् । तिनले वडाध्यक्ष मल्ललाई गुहारिन् । वडाध्यक्षले वडा सदस्य गोर्खे घर्तीलाई गाउँलेलाई खबर गर्न अह्राए । र आफूले प्रहरीलाई खबर गरे । सोती र कोइरी गाउँ उल्टियो । र, केटी लिन आएका अठाह्र जना युवक तिनको घेरामा परे । ढुङ्गा र मूढा, लाठा र भाँटा, हँसिया र खुर्पा— जसका हातमा जे थियो, युवाहरुमाथि त्यो बज्रियो । बाह्र जना उम्केर भागे, ६ जना थलैमा मारिए । नवराज विक किञ्चित् गुप्त भेषमा थिए । तर तिनको गुप्त भेषले उन्मादी आक्रमणकारीका आँखा छल्न सकेन । प्राणपियारी किशोली मल्ललाई लिएर हाँस्दै घर फर्किने सपना थियो, तिनको सपना रगत र आँसुको प्रवाहमा बग्दै भेरी नदीका छालहरुमा मिसिएर अलप भयो । नवराज आमाबाका एक्लो छोरा थिए । प्रहरीमा जागिर खाएर नवराजले नाम कमाउला र आफूलाई सुख–सुबिस्ता देला भन्ने आमाबाको कत्रो आश थियो । छोराको हत्यासँगै यी आमाबाको आशको पनि हत्या भयो ।

वडाध्यक्ष मल्लले प्रहरीलाई फोन गरेको सुन्ने कोही छ रु अवश्य । सुन्ने साछी वडा सदस्य शशिराम विक सप्राण इहलोकमै छन् । शशिराम भन्छन्— चाहेका भए ढुङ्गामूढा गर्ने युवकहरुलाई वडाध्यक्षले सजिलै रोक्न सक्थे । तर रोकेनन् । अध्यक्षले डाकेको प्रहरी जत्था केवल सिठ्ठी बजाउँदै मूक दर्शक बन्यो । कसको इसारामा रु मार्न खटाइएकाहरुले युवकहरुलाई मारिरहे, वडाध्यक्ष र प्रहरीहरुले मारेको हेरिरहे । प्रमाणहरुको रक्तरञ्जित चाङ ठूलो स्वरमा भन्छ— यो हत्याकाण्डका हर्ता, कर्ता, कमाण्डर, निर्देशक जे भने पनि श्री मल्ल हुन् । पतीत माओवादीको काइते पगरी गुथेका वडाध्यक्ष महामहिम डम्बरबहादुर मल्ल १

नदेखूँ भन्दा पनि नाङ्गा आँखाले देखिइहाल्ने वीभत्स यथार्थ यस्तो छ । तर, बरा रैथाने सरकारी पक्ष मनचिन्ते कथा–किस्सा रचेर यथार्थलाई उल्ट्याउने अनर्थ चेष्टामा लीन छ । ऊ भन्छ— नवराजहरु कुटरे होइन, भाग्दा भेरीमा डुबेर मरेका हुन् । तर जाजरकोट अस्पतालको पोस्टमर्टम रिपोर्ट ‘तेरा कुरा इस्’ भन्छ । रिपोर्टअनुसार डुबेर मरे भनिएका युवाहरुका पेटमा पानीको थोपै छैन । मानौँ कठोर डकडाउनकालमा ती सब मुख टम्म लकडाउन गरेर मरे १

नदेखूँ भन्दा पनि नाङ्गा आँखाले देखिइहाल्ने वीभत्स यथार्थ यस्तो छ । तर, बरा रैथाने सरकारी पक्ष मनचिन्ते कथा–किस्सा रचेर यथार्थलाई उल्ट्याउने अनर्थ चेष्टामा लीन छ । ऊ भन्छ— नवराजहरु कुटरे होइन, भाग्दा भेरीमा डुबेर मरेका हुन् । तर जाजरकोट अस्पतालको पोस्टमर्टम रिपोर्ट ‘तेरा कुरा इस्’ भन्छ । रिपोर्टअनुसार डुबेर मरे भनिएका युवाहरुका पेटमा पानीको थोपै छैन । मानौँ कठोर डकडाउनकालमा ती सब मुख टम्म लकडाउन गरेर मरे १

कल्पनाशील सरकारी पक्षका तर्क तालतालका छन् । लकडाउन उल्लङघन गर्दै आउने उपद्र्यालाई ढुङ्गामूढा नगरे के फूलमाला लाएर स्वागत गर्ने रु अर्काका छोरीचेली लुट्न आउनेलाई लाठा र भाँटाले नलखेटे के जदौ मालिक भनेर लुट्न दिने रु आफैँ काल खोज्दै नदीमा हाम्फाल्छन् त हामीले के गर्ने रु रहरले मर्ने उनीहरु, बित्थामा दोष हामीलाई रु हगेर गु पुछ्न नजान्ने कामी नाथेका मुखेन्जी हामी आजै लज्जावती झार भएर लत्याकलुतक लत्रिने रु ए रात्तै १

बस्–बस् पुग्यो १

सुन्छु— सोती र कोइरी गाउँ रुकुमभरिकै उच्च्च शिक्षित गाउँ हुन् । त्यस्ता गाउँका युवाहरुको सोचाइ, मनोवृत्ति र आचरण यस्तो १ तिनको शिक्षाले जातजन्य अहंकार, घृणा र दुर्भावका भाइरसलाई किञ्चित् निम्छरो तुल्याउन पनि सकेनछ । आश्चर्य लाग्छ, यी युवाहरुको थोरैमात्र पनि मानविकरण गर्न नसक्ने कस्तो शिक्षा होला यो रु त्यो पनि अन्त होइन, सत्ताधारी माओवादीको बिगबिगी भएका गाउँमा १

मार्ने दुष्टहरुले मारे, मर्ने अभागीहरु मरे । अब गर्ने के रु अब शायद सदाझैँ रागरटनाको उही अन्तहीन लाग्ने दुश्चक्र दोहोरिने छ । मार्ने पीडकलाई हदैसम्मको दण्ड–सजाय, मारिने पीडितलाई यथोचित न्याय–निसाप । मार्ने सरकारी पक्षले अब प्रमाण मेट्न र उम्किन साम, दाम, दण्ड, भेद यावत् जुक्ति प्रयोग गर्ला । मारिने पक्ष आर्तनाद गर्दै भनिरहला— खबरदार १ यो जङ्गली राजमा न्यायको किनबेच नहोस् । अमानवीय जातीय छुवाछूत मुर्दावाद १ दलितमुक्ति जिन्दावाद १ नवराज।विकलाई प्रेमपथका शहीद घोषणा गर १ हाम्रो आन्दोलन जारी छ १

मेरै जीवनकालमा कत्राकत्रा आन्दोलन भए, कत्राकता बलिदान भए १ तर, जातीय छुवाछूतको दलितमारा भाइरस मासिएन । अनुभव भन्छ— पुस्तौँदेखि मानिसको रगतका कणकणमा टाँसिएर आएको यो भाइरसलाई मास्न केवल बोक्रे, मौसमी र सतही राजनीतिक हुङ्कारले नपुग्ने रहेछ । क्षणभरको आवेग, उत्तेजना र आक्रोशको वृक्षमा मानव विवेकलाई ब्युँझाउने दिगो फल नलाग्ने रहेछ । माओवादी क्षणिक अभियानको क्षणभङ्गुर र खोक्रो नतिजा देखियो त १ यो मान्छेमारा भाइरससँग जुध्न दीर्घकालीन र अटुट सांस्कृतिक अभियानको खाँचो छ ।

मेरै जीवनकालमा कत्राकत्रा आन्दोलन भए, कत्राकता बलिदान भए १ तर, जातीय छुवाछूतको दलितमारा भाइरस मासिएन । अनुभव भन्छ— पुस्तौँदेखि मानिसको रगतका कणकणमा टाँसिएर आएको यो भाइरसलाई मास्न केवल बोक्रे, मौसमी र सतही राजनीतिक हुङ्कारले नपुग्ने रहेछ । क्षणभरको आवेग, उत्तेजना र आक्रोशको वृक्षमा मानव विवेकलाई ब्युँझाउने दिगो फल नलाग्ने रहेछ । माओवादी क्षणिक अभियानको क्षणभङ्गुर र खोक्रो नतिजा देखियो त १ यो मान्छेमारा भाइरससँग जुध्न दीर्घकालीन र अटुट सांस्कृतिक अभियानको खाँचो छ । सुकुलगण्डे गफमा होइन, बस्तीबस्तीमा । माध्यम मूलतः गीत, नाटक, फिल्म, व्यङ्ग्य, परिहास र चित्ताकर्षक एवं उद्वेलनकारी वचन–प्रवाह हुनसक्छ । खिया लागेको आत्मामा जातीय दुर्वाभका विषाणहरुको धोक्रो बोकेर हिँडेका दुराग्रही, संकीर्णमति र कुपमण्डुक दुःखीहरुलाई पूर्वाग्रह र अन्धविश्वासको लम्पट निन्द्राबाट ब्युँझाउन किमार्थ सजिलो छैन । तर, नम्र निवेदन, प्रेमपूर्ण सम्झाइ–बुझाइ, सद्बुद्धिदायी ज्ञानगुनको प्रसार, इख्याउने कुरिकुरी र अर्थयुक्त मनोरञ्जनका माध्यमहरुको अविच्छिन्न प्रयोगले रुढ एवं जड मानव–आत्मालाई ब्युँझाउन कसो नसकिएला रु नूतन, विवेकशील र साझा जनपथको जागरणकारी अभियानमा नडट्ने भए ‘नयाँ शक्ति’, ‘विवेकशील’ र ‘’साझा’ भनिन रुचाउनेहरुको आखिर के काम रु केवल आत्ममुग्धताकारी गफले स्वतः नयाँ, विवेकशील र साझा भइने होइन केरे १ अँ, आहुति नेतृत्वको ‘समाजवादी–वैज्ञानिक’ले आफ्नो दृष्टि, मति र सामर्थ्य तौल्न इतिहासको परीक्षामा बस्न बाँकी नै छ । जातिवादका अनेकओली मानवद्वेषी भाइरसविरुद्वको खाली मैदानमा यो ‘समाजवादी–वैज्ञानिक’ लोकलाई के भन्न र के गर्न कहाँनेर उँभिएला भनी हेर्न शायद धेरैको उत्सुकता होला ।श्रोत रातो पाटी

प्रेमपथका वीर शहीद नवराज विक र सहयोगीजन जिन्दावाद ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn