सिजादर्पण १९ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।संक्रमित हुने जिल्लाहरु
दैलेखका४१ ,कपिलवस्तुका ४० ,सर्लाहीका ३८ ,जुम्लाका १९ ,रौटहतका १८ ,कैलालीका १४ ,सल्यानका १० ,दाङका ९ ,बाँकेका ७ ,धनुषाका ७ ,सुर्खेतका ५ ,सिरहाका५ ,नवलपरासीपूर्वका ३, झापाका २ ,महोत्तरीका २ ,मकवानपुरका १ ,उदयपुरका १ ,अछामका १ ,बैतडीका १ ,डोटीका १ ,कञ्चनपुरका १ ,
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।
मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।
