Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जातीय विभेदको मध्ययुगीन पाशविकता 


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७

जातीय विभेदको मध्ययुगीन पाशविकता 

चौरजहारी घटना सिंगो नेपाल, लोकतन्त्र र राष्ट्रिय मर्मविरुद्धको गम्भीर अपराध हो

अर्जुननरसिँह के सी

नेपाली समाज आज पनि मध्ययुगीन जातीय अहंकार, भेदभाव र दमनको आपराधिक, क्रूर तथा बर्बर पाशविकताबाट मुक्त हुन नसकेको परिसूचक घटनाले हामी सारालाई कलंकित र लज्जित बनाएको छ । यस्ता अक्षम्य अपराधको बारम्बार र व्याप्त निरन्तरताले हाम्रा ऐतिहासिक परिवर्तन, लोकतन्त्र, सुधार, प्रगति र आधुनिकतालाई व्यर्थ बनाएको छ । रुकुमको चौरजहारी नगरपालिका सोती गाउँमा १० जेठमा अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जना दलित युवालाई लखेटी–लखेटी मारेर नदीमा बगाइएको अपराध र सोही दिन रूपन्देहीको देवदहमा १३ वर्षीया दलित किशोरीलाई बलात्कारपछि जबरजस्ती विवाह र हत्या गरिएको घटना यस्तै जघन्य अपराधका पछिल्ला उदाहरण हुन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले यसलाई जातीय हिंसा र विभेदका रूपमा भत्र्सना गर्नुले अन्तर्राष्ट्रिय स्तरमै नेपालबारे नराम्रो सन्देश गएको छ ।

दशवर्षे हिंसात्मक द्वन्द्वकालमा माओवादीले ‘आधार इलाका’ बनाएको क्षेत्रमै तथाकथित प्रगतिशीलताको रामनामी ओढेकाहरूबाटै यस्तो कुकर्म हुनुले विगतका नारा र नियत झन् उदांगो भएको छ । जातीय विभेद, छुवाछूतजस्ता अनेकौँ कुप्रथाको अन्त्यका लागि समाज निर्माणको पहल र प्रयास गरेको भए पनि आधार इलाका दाबी गर्नुको औचित्य देखिन्थ्यो होला । सोही क्षेत्रमा शुद्ध पिउने पानीको चेतनाको अभावमा बारम्बार झाडापखालाबाट धेरै नागरिकको मृत्यु हुने गरेको र मृतकमध्ये अधिकांश दलित समुदायकै हुने गरेका छन् भने जातीय विभेद र छुवाछूतबाट सिर्जित यस्ता अक्षम्य अपराध भइरहने ठाउँमा माओवादी आन्दोलनले स्थानीय समाजलाई के देन दियो त भन्ने प्रश्न कम्तीमा वर्तमान ‘क्रान्तिकारी’ भनिएको कम्युनिस्ट सरकारतर्फ सोझिन्छ नै ।

मुक्ति र प्रगतिको बाटो खोज्दै जाँदा हाम्रा कतिपय दलित दाजुभाइ यस्तै ‘क्रान्तिकारी’को नक्कली जलप लगाइएको कोरा नारा र धोकापूर्ण हिंसात्मक द्वन्द्वमा बलिदान हुन पुगे । उनीहरूको अभ्यन्तरको चेतनाबाट पलाएको मुक्ति र प्रगतिको मनासिब तथा इमानदार आकांक्षाले उनीहरूलाई बत्तीमा पुतली होमिएझैँ बनायो । दलित युवा अग्रपंक्तिमा रहेर त्यो लडाइँ लडे । कैयौँले जीवन गुमाए । तर, आज आफ्नै समाजमा विद्यमान मध्ययुगीन जातीय विभेद, बर्बरता, अत्याचार र दमन देख्दा, दलित उत्थानको चर्को नारा दिने यस्ता पक्षबाट दलितको रगत र पसिनाले बनेको बलिदानलाई भजाउँदै सत्तामा पुग्ने धोकापूर्ण जोरजुलुमलाई राम्रोसँग भण्डाफोर गरिदिएको छ । राष्ट्रव्यापी रूपमा दलितले पाएको यही गम्भीर धोका र धक्काको परिणति रुकुम वा रूपन्देहीलगायतका पीडकलाई अपराधको हौसला मिलेको हो ।

विश्वको पहिलो धर्मशास्त्र, चारै वेदले कतै पनि जातीय विभेदको उल्लेख संकेतमा समेत गरेको छैन, तर धर्मशास्त्रको गलत व्याख्या र दुरुपयोग अनियन्त्रित हुँदै गएपछि जन्मजात माथिल्लो जात वा तल्लो जात हुने अत्यन्त निन्दनीय कुतर्कबाट समाजलाई हिँडाउने अभ्यास निरन्तर चल्दै आयो । सबैतिरबाट अपहेलित भएर बाँच्नुपर्दा पाइला–पाइलाका कठिनाइका कारण दलित समुदायमा पहिचान (जात) लुकाउने वा धर्म परिवर्तन गर्ने विवशता पनि आइलाग्यो । यसले गर्दा दलितको जनसंख्या यकिन हुन नसकेको अन्योल उत्पन्न भयो । आज दलितको जनसंख्या लगभग ४० लाख पुगिसकेको छ । लोकले चिनेको र समाजले औँल्याएको दलितको समस्या उनीहरूको मात्र समस्या होइन, सिंगो राष्ट्र र लोकतन्त्रकै साझा समस्या र समाधानको प्राथमिक एजेन्डा हो ।

कांग्रेस र दलित : रुकुम, रूपन्देहीलगायत जिल्लाका अपराधले हामीलाई एकचोटि आफ्नै लक्ष्य, संकल्प र दृढतालाई फर्केर हेर्न जिम्मेवारी र आवश्यकता बोध गराएको छ । कांगे्रसले आफ्नो साढे सात दशक लामो जीवनले परिपक्व बनाएको राजनीतिमा दमन तथा आर्थिक पक्षमा शोषणको पूर्ण अन्त गरी समावेशी तथा समतामूलक समाज निर्माण गर्ने संकल्प र लक्ष्यमा यस्ता घटना सबभन्दा गम्भीर बाधक अपराधको अर्थमा सावधानी अपनाउनुपर्छ । छुवाछूत तथा जातीय भेदभावविरुद्ध र दलितको न्यायका लागि कांग्रेसले आफ्नो जिम्मेवारी र भूमिका अझ घनीभूत र सशक्त बनाउनुपर्ने दायित्वबोध गराएको छ । दलितको सीप चल्ने तर पानी नचल्ने, दलितका छोरी–चेली बलात्कारमा पर्ने तर बिहाबारी नचलाउने, गाउँमा धारो–कुवा छुन नपाइने, सहरमा डेरा नपाइनेजस्ता क्रूरतापूर्ण अन्याय विद्यमान रहेसम्म हाम्रो लक्ष्य र दृढता यस्तो विभेदको अन्त्यतर्फ उत्तरोत्तर मजबुत हुँदै जानु जरुरी हुन्छ ।

चौरजहारी घटनाका पीडकले हदैसम्मको सजाय तथा पीडितले न्याय र परिपूरण पाउने कानुनी कारबाही मात्र होइन, भविष्यमा यस्ता अपराधको पुनरावृत्ति हुन नदिन प्रशासनिक तहको समिति होइन, सर्वदलीय संसदीय समिति गठन गरी छानबिन गर्नुपर्छ

कांग्रेस स्थापनाको तयारी बैठक नै दलितको घरमा भएको हो । ००३ साल माघमा कलकत्तामा धनमानसिंह परियारको घरको छतमा तयारी बैठक हुँदा धनमान (डिएम) परियार, देवव्रत (डिबी) परियार, आरबी गहतराज, लख्खीदेवी सुन्दास, फत्तेबहादुर नेपाली, ठाकुरकुमार पार्थिव, मास्टर रामस्वरूप आदि दलित व्यक्तित्व कांग्रेसका संस्थापक सदस्य हुनुहुन्थ्यो । समावेशी लोकतन्त्र र समतामूलक समाज चाहने हामी सबैका लागि यो ऐतिहासिक गौरवको विषय मात्र होइन, दलितप्रतिको विशेष जिम्मेवारी, उच्च समावेशिता र दायित्वको द्योतक पनि हो ।

००९ सालमा भएको पार्टीको पाँचौँ र स्वदेशभित्रको पहिलो (जनकपुरधाम) महाधिवेशनमा छुवाछूतविरुद्ध निर्णय पारित गरेर कांग्रेस दलितमुक्ति र छुवाछूत अन्त्यको दिशामा नेपालकै पहिलो पार्टी बन्न पुग्यो । सोही महाधिवेशनबाट पार्टीले दलित कुलबाट आउनुभएका धनमानसिं परियारलाई महामन्त्री बनाएको थियो ।
बाह्रौँ महाधिवेशनमा पनि पार्टीले ‘छुवाछूत र जातीय भेदभावको व्यवहार गर्ने व्यक्ति कांग्रेसको सदस्य हुन सक्दैन’ भन्ने निर्णय पारित गरेर आफ्ना संकल्प र लक्ष्यलाई अझ सुदृढ बनाएको छ । कायसलाई प्रभावकारी तरिकाले व्यवहारमा रूपान्तरणको अभियानमा केन्द्रित हुनु जरुरी छ ।

राष्ट्रलाई योगदान :  राज्य निर्माण र सञ्चालनमा सामान्य नागरिकको सल्लाह पनि कति दूरगामी तथा अकाट्य हुन्छ भन्ने उदाहरणमा पृथ्वीनारायण शाहका पालामा गोर्खाका दलित प्रौढ बिसे नगर्ची आजपर्यन्त उदाहरणीय र आदर्शका रूपमा प्रतिष्ठित हुनुहुन्छ । उहाँले पृथ्वीनारायण शाहलाई दिएको सल्लाहको प्रभाव कालजयी रूपमा जीवित छ ।

सेनाका लागि बन्दुक, खुँडा, खुकुरी, तरबारजस्ता हतियार बनाइदिने, सेनाको पोसाक, जुत्ता र बन्दोबस्तीका सामान बनाइदिने काम गरेर दलित जातिले राष्ट्रनिर्माणमा अद्वितीय भूमिका निर्वाह गरे । गन्धर्व जातिले गाउँगाउँ पुगेर एकीकरणका पक्षमा गीत, सवाई र श्लोक गाएर जनमानसमा उत्साहको वातावरण बनाइदिएका थिए भने सेनाको मनोबल बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

०६२–६३ को जनआन्दोलनमा सहिद हुनुभएका सेतु विक वा चन्द्र बयलकोटी राष्ट्रको आवश्यकताका समयमा दलित समुदायले जीवनकै बली चढाउने त्याग र हिम्मत गरेका उदाहरण हुन् । दलित समुदायबाट उठेका कैयौँ युवा सो जनआन्दोलनमा अंगभंग र घाइते भए । त्यसकारण यो देश दलित जातिको अतुलनीय योगदानले खडा भएको, समान अधिकार स्थापित गरेको राष्ट्र हो । तागाधारीको युक्ति मात्र होइन, जनजातिको शक्ति र दलितको सिर्जनशील भक्तिले नै यो राष्ट्र खडा भयो । त्यसैले दलित जातिको अपमान र भेदभाव सिंगो नेपाल, लोकतन्त्र र राष्ट्रिय मर्मविरुद्धकै अपराध हो ।

नेपाली समाजको इतिहासमा वीरता र पौरखका जति सुन्दर अध्यायहरू छन्, त्यति नै जातीय विभेद, सामाजिक उपेक्षा तथा तिरस्कार र सांस्कृतिक अन्यायका पक्ष पनि जकडिएर रहेका समस्याका रूपमा अझै जिउँदोजाग्दो अवस्थामै छन् भन्ने वास्तविकता यस्ता घटनाबाट बुझ्नु जरुरी छ । सामाजिक कलंकले बारम्बार यस्तै अपराधको रूप लिने गरेका कारण नै छुवाछूत प्रथा हाम्रो चौतर्फी विकासको मूल बाधक भएको हो । रुकुम र रूपन्देहीका घटना अपवादका अपराध मात्र होइन, निरन्तरताका पछिल्लो कडी हुन् । कञ्चनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको ०७५ साउनमा भएको बलात्कार र हत्याको अपराधको हालत आज जे जस्तो अवस्थामा छ, रुकुम र रूपन्देहीका त्यस्तै अपराधको परिणाम पनि निर्मला पन्तका अपराधीहरू शून्यमा विलिन भएजस्तो हुने खतरनाक सम्भावना नहोस् ।
यो अपराधमा पीडकले हदैसम्मको सजाय र पीडित परिवारले न्याय र परिपूरण पाउने कानुनी कारबाही मात्र होइन, भविष्यमा यस्ता अपराधको समाजमा पुनरावृत्ति हुन नदिन प्रशासनिक तहको छानबिन समिति होइन, सर्वदलीय संसदीय समिति गठन गरी दीर्घकालीन समाधानका लागि राजनीतिक, सामाजिक तथा सांस्कृतिक राष्ट्रिय अभियानको मार्गदर्शक नीतिका रूपमा स्थापित हुन सकोस् ।

सामाजिक र सांस्कृतिक आन्दोलन एक दिन वा दुई–चार सातामा सम्पन्न हुन सक्दैन । शदियौँदेखिका पुरातनवादी संस्कार, समस्या र विकृतिलाई रातारात समाप्त गर्न सकिँदैन । त्यसकारण सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रको साझेदारीमा यस्ता अभियान अनन्त प्रक्रियाका रूपमा चलाइरहनु जरुरी छ । छिपछिपे ज्ञान र छोपछापे वा टालटुले समाधानबाट अपेक्षित सफलता हासिल हुँदैन भन्ने यथार्थलाई सबैले कार्यरूपमा अपनाउनु नै दलितका लागि सबैभन्दा गहकिलो न्यायिक व्यवहार हुनेछ । रुकुम र रूपन्देहीमा हालै भएका यस्ता अनगिन्ती आपराधिक घटनाले कांग्रेसलाई झस्काएको छ । यस्ता अपराधमा कांग्रेस सदैव दलित समुदायका साथमा खडा छ र अब पनि रहनेछ । श्रोत नयाँ पत्रिका

(केसी कांग्रेस केन्द्रीय सदस्य हुन्)
arjunnkc@gmail.com 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn