Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जर्ज फ्लोयडको हत्याको भिडियो नखिचिएको भए के हुन्थ्यो ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २६, २०७७

जर्ज फ्लोयडको हत्याको भिडियो नखिचिएको भए के हुन्थ्यो ?

कल्पना गर्नुुस् कि मिलियापलिसको सडकछेउ भएको जर्ज फ्लोयडको हत्याको भिडियो कसैले खिचेन । त्यस्तोमा फ्लोयड प्रहरीले इन्काउन्टरका क्रममा मरे भन्ने एउटा वक्तव्य आउँथ्यो र घटना त्यसै सेलाउँथ्यो । धेरैले उनको नाम सुन्ने थिएनन् । 

तर, उनको हत्या भिडियोमा कैद भयो र बाहिर आयो । धेरैजना यसबाट आक्रोशित भएर सडकमा उत्रिएका छन् । भिडियोले उजागर गरेको नश्लवाद लिन्चिङजत्तिकै गहिरो छ । तर, अमेरिकाका अन्य कैयौँ रंगभेदी असमानताका कुनै भिडियो छैन, जसले गर्दा तीविरुद्ध मानिसले आवाज उठाइरहेका छैनन्- वासिंटन डिसी, मिजोरी, अलाबामा, लुजियाना, मिसिसिपीलगायत धेरै राज्यमा आजको दिनमा जन्मिने एक अश्वेत बालकको औसत जीवनकाल बंगलादेश वा भारतमा जन्मिने बालकको भन्दा छोटो हुने कुरा कुनै भिडियोले खिचेको छैन ।

अश्वेत बालबालिकाहरू प्रणालीगत रूपमा दोस्रो दर्जाका विद्यालयमा पढ्छन् भनेर देखाउन कुनै भिडियोहरू छैनन् । लगभग १५ प्रतिशत अश्वेत अथवा हिस्पानिक विद्यार्थी सेग्रेगेसन युगमा जस्तै श्वेत समुदायका विद्यार्थीको उपस्थिति लगभग शून्य हुने विद्यालयमा पढ्छन् ।

कोरोना भाइरसबाट श्वेत समुदायको मानिसको तुलनामा अश्वेत समुदायका सदस्य दोब्बर दरमा मरिरहेका छन्, आधाभन्दा थोरै अफ्रिकी–अमेरिकी वयस्क मात्रै अहिले रोजगार छन् । यी देखाउने कुनै भिडियो छैन ।

इतिहासभर अश्वेत अमेरिकीले रगत-पसिना गरी लडेर हासिल भएका उपलब्धि रंगभेदका कारण कार्यान्वयन हुन सकेका छैनन्, त्यसैले धेरै सामाजिक क्षेत्रमा अझै विभेद विद्यमान छ ।

‘मौन तर उत्तिकै प्राणघातक अर्को प्रकारको हिंसा पनि चलिरहेको छ । यी रातका गोली वा बमभन्दा विध्वंसात्मक छन्,’ रोबर्ट एफ केनेडीले उनको हत्याको केहीअघि १९६८ मा भनेका थिए, ‘उपेक्षा, अकर्मण्यता र सुस्त क्षय, यो राज्य तथा संस्थानले गर्ने हिंसा हो । यो हिंसाले गरिबलाई सताउँछ र यसले फरक रंगका मानिसबीचको सम्बन्धमा दरार उत्पन्न गराउँछ ।’

स्वास्थ्य तथ्यांकहरू यही हिंसाका साक्षी छन् । अमेरिकामा एक अश्वेत अभिभावकको शिशु बाल्यकालमै मर्ने सम्भावना श्वेत अभिभावकको शिशुभन्दा दुई गुणा बढी हुन्छ । र, अश्वेत महिला गर्भको समयमा मर्ने सम्भावना श्वेत महिलाभन्दा अढाई गुणा बढी छ । हारवार्ड स्कुल अफ पब्लिक हेल्थका डिन मिचेल ए विलियम्स रंगभेदको असर जनस्वास्थ संकटसरह रहेको बताउँछन् । ‘रंगभेदका कारण उत्पन्न प्रहरी ज्यादतीका कारण असमान रूपमा अश्वेतको ज्यान गइरहेको छ । रंगभेदको असर सामाजिक पक्षमा पनि झल्किन्छ । विगतमा अश्वेतहरूले भोग्नुपरेको दास प्रथा र सेग्रेगेसनको अवशेष स्वास्थ्य क्षेत्रमा देखिन्छ ।’

‘इतिहासभर अश्वेत अमेरिकीले लडेर, रगत बगाए र मरेर हासिल गरेको उपलब्धि उपभोग गर्नबाट रंगभेदले रोकिराखेको छ । यो विभिन्न रूपमा देखिन्छ । आजको दिनमा अश्वेत समुदायको बस्तीमा रहेका सार्वजनिक विद्यालयमा पर्याप्त लगानी हुँदैनन् । तिनको बस्तीका लागि योजना भएका स्वास्थ्य सेवा र सामाजिक कार्यक्रम अघि बढ्न सक्दैनन् । अर्कोतर्फ अश्वेतहरूलाई निश्चित सरकारी तथा निजी सेवाबाट वञ्चित गर्ने ‘रेडलाइनिङ’ प्रथा अझै चलिरहेको छ । अनि ठूलो संख्यामा अश्वेतहरूको कारावास, तीमाथि अत्यधिक प्रहरी ज्यादती र अन्य थप धेरै रंगभेदी व्यवहार जारी छ । यसले अश्वेतका स्वास्थ्यमा हानि पु¥याइरहेको कारणले अश्वेतहरू अल्पायुमै मर्न बाध्य छन् ।’

केही दिनअघि पेड्रियाट्रिक इन्फेक्टियस डिजिज सोसाइटीले एक वक्तव्य जारी गर्दै भन्यो-‘बालबालिकाको स्वास्थ्यका लागि संरचनात्मक रंगभेद कोभिड–१९ वा अन्य कुनै सरुवा रोगभन्दा बढी खतरनाक छ ।’ ओलान्डो प्याटरसनजस्ता समाजशास्त्रीले उल्लेख गरेअनुसार श्वेत समुदायमा नश्लबारे विचार बिस्तारै प्रगतिशील हुँदै गएको छ । तर, अर्कोतर्फ सो समुदाय अझै पनि अफ्रिकी–अमेरिकनलाई बेफाइदा हुने नीतिलाई समर्थन गर्छन् । उदाहरणका लागि, श्वेत समुदाय आफ्नो बस्तीमा धेरैजना बस्न मिल्ने घरबार निर्माणको विरोध गर्छन् । यसले सस्तो घरवासको सम्भावना कम गर्छ र अश्वेतको छुट्टै बस्तीकै नीतिलाई बढावा दिन्छ । तिनले रंगभेदी विद्यालय निर्माण गर्ने खण्डित बजेट प्रणाली समर्थन गर्न सक्छन् ।

‘अलग, न्यून लगानी भएको विद्यालयमा पढ्नुपर्दा विद्यालयको भविष्य नै प्रभावित हुन्छ,’ युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा सार्वजनिक नीतिका प्राध्यापक रुकर जोनसन भन्छन् । विद्यालयको जातीय समिश्रणबारे पुस्तक ‘चिल्डेन अफ द ड्रिम’ लेखेका जोनसनका अनुसार अमेरिकामा जातीय समिश्रणको सबैभन्दा उत्कृष्ट अवस्था सन् १९८८ मा थियो । त्यसयता जातीय पृथकीकरण बढ्दै गएको छ । संरचनात्मक रंगभेद प्रहरीको ज्यादतीका भिडियोजस्तो भाइरल हुदैनन् तर यो प्राणघातक हुन्छ ।

बिमा रेकर्डबारे एक पछिल्लो अध्ययनअनुसार कोभिड-१९ का लक्षणका कारण अस्पताल पुगेको अश्वेतलाई तिनको श्वेत समकक्षीको तुलनामा कोरोना भाइरस परीक्षण गर्ने सम्भावना कम छ । यो पढेपछि मैले दिमागमा अश्वेत बिरामीलाई परीक्षण नगर्ने चिकित्सक वा अश्वेतहरूको बस्तीका क्लिनिकमा परीक्षणको व्यवस्था नगर्ने अधिकारीहरूलाई सम्झिएँ । तीमध्ये धेरैमा गलत मनसाय थिएन होला र धेरैले विभेद गरिरहेको छु भन्ने सोच नभई ती कार्य गरिरहेका थिए होलान् । तर, अवचेतन रूपमा रंगभेदी पूर्वाग्रह यत्रतत्र देखिन्छ । यसबाट एडुवार्डो बोनिला-सिल्भाले भन्ने गरेजस्तो ‘रंगभेदीविनाको रंगभेद’ सिर्जना हुन्छ ।

अधिकाशं अनुसन्धानको परिणाम निराशाजनक छ, तर पनि तीन तथ्यले अझै आशा प्रदान गर्छ । धेरै सूचकहरू विगतको तुलनामा सुधार हुँदै गएको देखिएको छ । दोस्रो, समतामुखी नीतिले सुधार गरेको बलियो प्रमाण भेटिन थालेको छ । उदाहरणका लागि, अघिल्लो वर्ष नेसनल एकेडेमी अफ साइन्स, इन्जिनियरिङ एन्ड मेडिसिनले गरेको अध्ययनले बाल गरिबी आधाले घटाउन सकिने देखाएको छ । यसबाट उलेख्य मात्र रंगभेदी असमानता घट्छ । हामीसँग स्रोत–साधनभन्दा पनि राजनीतिक इच्छाशक्तिको अभाव छ । आशाको तेस्रो कारण माथि उल्लेख गरेका बास्केटबल रेफ्रीका पूर्वाग्रहसँग जोडिएको छ ।

रेफ्रीले फरक रंगका खेलाडीमाथि बढी फल दिने अनुसन्धान निष्कर्ष बाहिरिएपछि नेसनल बास्केटबल एसोसिएसन आक्रोशित भयो र त्यहाँभित्र विवाद सुरु भयो । लामो विवादपछि सुधारको मार्गचित्र प्रस्तुत गरियो । यी कदमपछि पूर्वाग्रह लगभग हराएको देखियो । मानिसबीचमा रंगभेदी पूर्वाग्रहबारे आक्रोशित बहस भएपछि त्यसमा सुधार हुने रहेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn