सिजादर्पण २६ काठमाण्डा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले दुईवटा रेल खरिद कार्य सम्पन्न भई रेल निर्माण कार्यसमेत सकिएको जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आउँदो आर्थिक वर्ष ०७७र७८ भित्र ती रेल नेपालमा गुड्नेसमेत बताए ।बम
नेम्वाङले भने, ‘नेपालको झण्डा फहराएर त्यो रेल जनकपुर जयनगरमा सञ्चालन गर्ने व्यहोराको जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरिएको जानकारी दिन चाहन्छु ।’
आर्थिक वर्ष ०७६र७७ को बजेटभन्दा ०७७र७८ मा भौतिक मन्त्रालयमा प्रस्तावित रकम २२ अर्ब कम भए पनि प्रादेशिक सन्तुलनलाई ख्याल गरिएको उनले बताए ।सकेसम्म बजेटलाई समानुपातिक ढंगले वितरण गर्ने काम भएको उनको भनाइ थियो ।
८० वटा राष्ट्रिय राजमार्गलाई ध्यान दिँदै पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बढाउने काम भइरहेको उनले सदनलाई जानकारी गराए ।मन्त्रालयले सडक सुरक्षा परिषद् ऐन संसदमा प्रस्ताव गर्न ड्राफ्ट पनि गरिसकेको पनि उनले बताए ।
