Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सोती नरसंहार जातीय भेदभावको प्राकाष्टा


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २७, २०७७

सोती नरसंहार जातीय भेदभावको प्राकाष्टा

हस्तबहादुर केसी

सिजादर्पण २७ जेठ काठमाण्डौ । यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला , चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै कारण जाजरकोट जिल्ला ,भेरी नगर पालिका वडा नम्बर ४ , राणा गाउँका नवराज बि। क। सहित ६ जना दलित युवाहरुको ज्यान जाने गरी मानव नरसंहारकारी एक जघन्य हत्याकाण्ड घटाइयो ।
२१ आौ शताब्दीको आजको नयाँ युगमा ठूलो जाति कहलिएका , मध्युगिन सामन्तवादी संस्कार एवं जातीय अहंकारले उन्मत्त भएर १८ जना युवाहरुका बिरुद्ध सारा गाउँलेहरुले घेरा हालेर दलित भएकै कारणले अत्यन्तै क्रुरुर , पाशविक , निरसंश र पशुतुल्य तरिकाले जुन ती ६ जना युवाहरुको नरसंहार गरियो , यो हत्याकाण्ड विश्व मानव जातिमाथिको कलंक हो , विश् मानव सभ्यतामाथिकै कलंक हो, यसको जतिसुकै निन्दा र विरोध गरेर पुग्दैन ।
सोती नरसंहारको जघन्य हत्याकाण्डले आजको २१ आौ शताब्दीको सभ्य , सुसंस्कृत र समानतामूलक मानव समुदायको शिर निहुर्याएको छ । यस निरसंस हत्याकाण्डको जतिसुकै निन्दा र भ्रत्साहना गरेर पुग्ने वाल छैन । यो हत्याकाण्डले मानवअधिकारका चर्का चर्का नारा लगाउने , समावेशी , समानतामूलक नयाँ समाज निर्माणको चर्को वकालत गर्ने ,जातीय विभेदको अन्त्य गरिएको संविधान लेख्ने , कानुनी राज्यको वकालत गर्ने संसदवादी राजनीतिक पार्टी ९ दल० हरुको , तिनीहरूले अंगिकार गर्दै आएको मख्खिएको संसदीय व्यवस्थाको ध्वज्जि उडाएको छ । र, तिनीहरूले भन्दै आएको समाजवाद उन्मुख संविधानलाई धुजा धुजा पारेर , च्यातचुत पारेर भेरी नदीमा फ्याँकी दिएको छ ।
कर्णाली प्रदेश , जाजरकोट जिल्ला , भेरी नगर पालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज बिक र कर्णाली प्रदेश पश्चिम रुकुम जिल्ला , चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँ की १७ वर्षीया सुषमा मल्लबिचको गहिरो प्रेम सम्बन्धका कारण नवराज बिक सहित छ जना दलित युवाहरुको नरसंहार हुनु विश्व मानव जातिकै पहिलो कलंकित घटना हो । यस पशुतुल्य नरसंहारले आजको २१ आौ शताब्दीको सभ्य मानव समुदायलाई एकपटक नराम्ररी झकझक्याएको छ ।रुकुम र जाजरकोट जिल्लाहरु सैयौ वर्षसम्म २२ से २४ से मध्यययुगिन शाह सामन्तहरुले क्रुरुर शासन सत्ताहरु चलाइएका जिल्लाहरु हुन ।
१९ सौ शताब्दीको मध्यतिर तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण नारायण शाहीले नेपाल एकीकरण गर्नेक्रममा ती २२ से २४ से सामन्ती शाह बंसीय राजा रजौटाहरुको क्रुरुर हुकुमी शासन सत्ताको अन्त्य भएको भए तापनि त्यसको संस्कार , संस्कृति र प्रभाव लामो अबधिसम्म कायमै रहनु स्वाभाविकै हो ।गौडा राज्यव्यवस्था चलेको बेला हालका जाजरकोट र रुकुम जिल्लाहरु जाजरकोट गौडा अड्डाद्वारा हाकिमी हुकुमत चलाइएको कालो इतिहास छ ।
१०४ वर्षीय अधिनायकवादी राणा शासनको अन्त्य भएर २००७ को परिवर्तन पछि ३० वर्षसम्म निरंकुश राजतन्त्रको निर्दलीय , निरंकुश , तानाशाही , हुकुमी शासन सञ्चालन भइरहेको बेला पनि जाजरकोट र रुकुम जिल्लाहरुमा उनै २२ से , २४ से राजा( रजौटाका खानदान र दरसन्तानहरु अन्तर्गतका राजा बावुसायबहरु राज्य सत्ताको माथिल्लो स्तर र निकायमा पुगेर यहाँका जनताहरुमाथि उही पुरानै ज्यू हजुरीको संस्कार र संस्कृतिमा शासन गर्दै आएका थिए । यहाँका जनताहरुलाई उनीहरूले मान्छेको व्यवहार नगरेर पशुको जस्तै व्यवहार गरेको इतिहास छ ।
त्यति मात्र होइन , २०४६ सालको परिवर्तन पछि स्थापना भएको प्रजातान्त्रिक बहुदलिय व्यवस्था भनिएको भए तपनि त्यस अबधिमा जाजरकोट र रुकुम जिल्लाहरुबाट उनै २२ से , २४ से खलकका राजा बावुसायबहरुले नै चुनाव जितेर शासन सत्ताको माथिल्लो निकाय ९ साँसद, माननीय , मन्त्री पदमा पुगेर ० पुगेर यहाँका जनतामाथि उही पुरानै शैली र संस्कृतिमा शासन गर्ने र यहाँका जनतालाई भोटबैंकका रुपमा प्रयोग गर्दै आएका थिए ।जाजरकोट र रुकुम ठूलो जाति, सानो जाति , माथिल्लो जाति, तल्लो जाति, भनेर जातीय रुपमा ज्यादै विभेद गर्ने गरेका जिल्लाहरु हुन ।
सैयौ वर्ष पहिलेदेखि ठूलो र उच्च जातिका रुपमा शाह सामन्त , बाहुन , क्षेत्री , मगर , दलित बनाइएका दमाई , कामी , सार्की , सुनार , मिजार , चुनारा , टमटा , वादी आदिका बिचमा जातीय रुपमा ज्यादै बिभेदपूर्ण र छुवाछूतको निचतापूर्ण व्यावहार गर्ने जिल्ला भित्र पार्दै आएका जिल्लाहरु हुन ।
२००७ सालको राजनीतिक परविर्तन , २०३५र२०३६ सालको विद्यार्थी आन्दोलन , २०४६ सालको राजनीतिक परिवर्तन र २०६२र२०६३ सालको राजनीतिक परिवर्तनले लामो समयसम्म शासन गर्दै आएको शाह सामन्तीहरुको अन्त्य गरियो । राजनीतिक बदलियो । राजनीति गर्ने व्यक्तिहरु फेरिए । नयाँ भनिएका व्यवस्थाहरु कायम गरियो तर सत्तामा गएका व्यक्तिहरु , राजनीतिक नेतृत्व गर्ने व्यक्तिहरु र तिनीहरूले नेतृत्व गर्ने राजनीतिक दल ९ पार्टी ० हरुको आचरण , व्यवहार र संस्कार( संस्कृति फेरिएन ।
शासन सत्ता फेरिए , शासन गर्ने व्यक्तिहरु फेरिए तर संस्कार , संस्कृति र आचरण फेरिएन र पुराना राजा( महाराजा , शाह ( सामन्त शासकहरुले लिएको ठाउँ नयाँ रुप रंगले सजाइएका नयाँ राजा ( महनरजा , सामन्ती संस्कार , संस्कृति बोकेका नव सामन्तहरु सत्तामा पुग्ने र उही पुरानै ढाँचाले साशन सत्ता चलाउदै आउने गरेका कारण नेपाली समाज परिवर्तन र रुपान्तरण हुन सकेन ।
२०५२ सालदेखि २०६२ सालसम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९ माओवादी ० नेतृत्वमा सञ्चालन गरिएको महान् जनयुद्धको प्रक्रिया ती पुराना सारा कुरिती, कुसंस्कार , कुसंस्कृति , जाति, पाति , ठूलो जाति ,सानो जाति, छुत जाति , अछुत जाति , उच, निच , यो ठूलो जात, यो सानो जात , यो बाहुन , यो क्षेत्री , यो शाह( ठकुरी बावुसाब , यो मगर मत्ताल‍ो, यो दलित ( दमाई , कामी , सार्की , वादी , टमटा, सुनार , मिजार चुनारा आदि जातीय बिभेद गरिने निच व्यवहार र छुवाछूत जस्ता गलत प्रथाहरुलाई जनयुद्धका आधार इलाका निर्माण गरिएका रोल्पा , रुकुम , जाजरकोट जस्ता जिल्लाहरु अग्रपंक्तिमा रहेका यी जिल्लामा लगभग अन्त्य भैसकेका थिए । त्यहाँ नयाँ समाज , नयाँ संस्कार , नयाँ संस्कृति निर्माण भैसकेको सबैलाई वास्तव मै व्यवहारमा अनुभूति हुने गर्दथिय‍ो । यहाँ नयाँ जनसत्ता जनअदालत, नयाँ जनसरकार , जनकम्युनहरु निर्माण गरेर समाजलाई नयाँ ढंगले सञ्चालन गरिएको थियो ।
त्यतिबेला अन्तर्जातीय विबाह गर्ने प्रचलन रोल्पा , रुकुम , जाजरकोट , सल्यन, आदि आधार इलाकाहरु निर्माण गरेर सञ्चालन गरिएका जिल्लाहरुमा अन्तर्जातीय विबाहहरु सामान्य र सहज भैसकेका थिए । वास्तवमा यहाँ नौलो संसार निर्माण भए जस्तै भइसकेको थियो ।
तर जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्वमा भीषण वैचारिक विचलन पैदा भएर राजनीतिक ( वैचारिक रुपमा पतन भएर पहिले नै प्रतिक्रियावादी बनिरहेको नेपाल एमालेमा विलय भइसके पछि मुलुकभरमा भीषण प्रतिक्रान्ति भए पछि नेपाली समाज पनि पुरानै अवस्थामा फर्केर पुनः नेपाली समाज कुरुप संस्कृति फर्कियो यसकै उपज सोतीमा घटेको नरसंहारकारी बर्बरतापूर्ण हत्याकाण्ड हो ।
दलित भएकै कारण ठकुरी जातिकी युवतिसित प्रेम गरेकै आधारमा कथित माथिल्लो जाति भनिएकाहरुबाट यसरी निर्ममतापूर्वक, निरसंस , पाशविक ढंगले छ छ जना दलित युवाहरुलाइ घटनास्थलमै हत्या गरेर भेरी नदीमा फाँकिदिनु भनेको माथिल्लो जातीय अहंकारको प्राकाष्टा हो ।
यस प्रकारको जघन्य हत्याकाण्ड र अपराधलाई ढाकछोप गर्न र परिस्थितिलाई अनेत्रै मोडेर अपराधीहरुलाई उन्मुक्ति दिलाउने उद्देश्यले वर्तमान ओली नेतृत्वको दलाल र सत्ताधारी वर्ग विविध प्रकारका षड्यन्त्र र प्रपञ्च गरिरहेका छन् ।
दलाल सरकारले सोती हत्याकाण्डको सत्य थत्य पत्ता लगाउने भनेर सरकारीी छानबिन आयोग गठन गरेको नाटक गरेको छ ।
तथाकथित सरकारीी छानबिन आयोगले यस हत्याकाण्डको सही र तथ्यपूर्ण छानबिन गरेर हत्याकाण्डमा संलग्न अपराधीहरुलाई कानुनको कठघरामा ल्याउने र हलैसम्मको सजाय दिलाउन सहयोग गर्ने भन्ने नभएर घटनालाई अनेत्रै मोड्ने । हत्याकाण्डलाई ढाकछोप गर्ने कानुनी कुतर्क गर्ने गलत आधार तयार पार्ने ,र सत्ताधारी वर्गलाई बचाउने र हत्याकाण्डमा संलग्न अपराधीहरुलाई उन्मुक्ति दिलाउनका लागि गठन गरिएको हो भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ ।
किनभने ५ दिन भित्रै घटनास्थलमा पुगेर सरकारलाई राय सुझाव दिन सकिने कामलाई १ महिनाको म्याद दिइएको छ । समय ढिलाढाला गरेर घटनालाई मत्थर पार्ने योजना र षड्यन्त्रका साथ यो कथित सरकारीी छानबिन आयोग गठन गरिएको हो भन्ने कुरा छर्लङ्गैै छ ।
यो कथित सरकारीी छानबिन आयोग निर्मला हत्याकाण्डलाई ढाकछोप गर्न र त्यस जघन्य हत्याकाण्डमा संलग्न रहेका अपराधीहरुलाई बचाउन र उन्मुक्ति दिन जुन भूमिका खेल्यो , त्यस्तै सोती हत्याकाण्डका हत्यारा अपराधीहरुलाई उन्मुक्ति दिलाउने कार्य बाहेक सही कार्य गर्ने गरी यो कथित सरकारीी छानबिन आयोग गठन गरिएको नाटक गरिएको हो भन्ने कुरामा सम्पूर्ण बौद्धिक समुदाय र आम न्यायप्रेमी जनसमुदाय प्रष्ट हुन जरुरी छ ।
र , यसरी जातीय विभेदका आधारमा सुनियोजित नरसंहारीी हत्याकाण्डको घोर विरोध भ्रत्साहाना गर्ने र आन्दोलनलाई चर्काएर जनअदालतमा पुर्याएर अपराधीहरुलाई सजाय दिलाउने अभियानलाई चर्काएर सामनतामूलक नयाँ समाज निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प छैन ।

घदटनाको पुर्णपाठ सहित विज्ञप्ती तल छ :

विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको प्रतिनिधिमूलक संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं, नेपाल_- International Writers And Journalists Centre Kathmandu , Nepal  ले  जातीय विभेद र पुरानो ब्राह्मणवादी सोंच र चिन्तनद्वारा निर्देशित  प ले जातीय विभेद र पुरानो ब्राह्मणवादी सोंच र चिन्तनद्वारा निर्देशित तथा हिन्दु उच्च जातीय अहंकारवादमा आधारित सामन्ति ब्राह्मणवादी राज्यसत्ताले वर्गीय, जातीय , लिंगीय र सामन्ती साँस्कृतिक शोषण, उत्पीडन तथा अत्याचार नेपाली समाजमा कायम रहदै आएका कारण यही २०७७ साल जेठ १० गते साँझ ६ बजेतिर पश्चिम रुकुम, चौरजहारी नगरपालिका वडा नम्बर ८, सोती गाउँमा जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नम्बर ४ राणा गाउँका नवराज बिक र गणेश बुढामगर, सन्दीप बिक, लोकेन्द्र सुनार, टीकाराम सुनार, गोविन्द शाही गरी छ जना युवाहरुको मध्ययुगीन हत्याकाण्डहरु र नरसंहारहरुलाई सम्झाउने गरी दलित भएकै कारण कथित उच्च जाति भनिएका ठकुरी जातिसहितको ठूलो समूहले नरसंहार गरेको ठहर गरेको छ ।

किनकि जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नम्बर ४ राणा गाउँका २१ वर्षीय नवराज बिक र पश्चिम रुकुम जिल्ला, चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँकी १७ वर्षीया सुष्मा मल्लबीच लामो प्रेम सम्बन्ध कायम रहदै आएको र अन्तिममा दुबैबीच विवाह सम्बन्धमा बाँधिनका लागि नवराज बिकसहित १८ जना युवाहरुको टोली सुष्मा मल्लको घर सोतीमा पुगे लगत्तै दलित भएकै कारणले उनीहरूमाथि उक्त नरसंहार मच्चाइएको पुष्टि भएको छ । बिक जातका युवा र कथित माथिल्लो जाति भनिएको ठकुरी जातकी सुष्माबीच प्रेम बिवाहको विषयलाई आधार बनाएर जातीय विभेदका कारण उक्त निसंस, पाशकिक, जघन्य तथा नरसंहारकारी हत्याकाण्डलाई हाम्रो संगठनले आजको २१ शताब्दीको समानतामूलक र सभ्य विश्व मानव सभ्यतामाथिकै कलंकका रुपमा परिभाषित गर्दछ । र, जबसम्म विश्व मानव समाजमा यस्ता खाले वर्गीय, जातीय, लिंगीय शोषण, उत्पीडन र अत्याचारको अन्तत्य गरेर वैज्ञानिक समाजवादी विश्व समाज व्यवस्था स्थापनापछि मात्र हजारौं वर्षदेखि समाजमा विद्यमान जातीय विभेद र छुवाछूतको पूर्णरूपमा अन्त्य हुने कुरामा हाम्रो संगठन प्रतिबद्धता व्यक्त गर्न चाहन्छ ।

 

क्रान्तिकारी अभिवादन सहित

हस्तबहादुर केसी)

अध्यक्ष

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र   काठमाडौं, नेपाल

(International Writers And Journalists  Centre  Kathmandu , Nepal

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn