सिजादर्पण २८ जेठ, जुम्ला । जुम्लामा १८ जना कोरोना संक्रमितहरू निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू मंगलबार डिस्चार्ज भएका हुन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार कोरोना जितेर फर्किनेहरूमा जुम्ला सिञ्जा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका ४ जना, जुम्लामा कार्यरत ५ जना सुरक्षाकर्मी र ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।
