Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विद्यालय शिक्षामा कोरोना कहरको प्रभाव र शिक्षण क्रियाकलाप निरन्तरताको उपाय


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २९, २०७७

विद्यालय शिक्षामा कोरोना कहरको प्रभाव र शिक्षण क्रियाकलाप निरन्तरताको उपाय

विषय सन्दर्भ :
शिक्षा विकासको आधार हो । नेपालको संविधानले शिक्षा सम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको सन्दर्भमा शिक्षालाई पन्ध्रौँ पञ्च वर्षीय योजना (आ.ब. २०७६/०७७ – २०८०/०८१) ले समेत परस्कृत एवम् मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधार समेत मानेको छ । ज्ञानमा आधारित समाजको माध्यमबाट मुलुकको दिगो शान्ति र समृद्धिका लागि शिक्षालाई महत्त्वपूर्ण रूपमा अङ्गीकार गरेको छ । शिक्षा नैसर्गिक र जन्मसिद्ध अधिकार हो । जसको सबल कार्यान्वयनका लागि संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार सम्बन्धी सन् १९४८ को घोषणा-पत्र , सन् १९८९ को बाल अधिकार महासन्धि लगायतका अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्रका रूपमा आफूलाई दर्ज गर्दै आएको नेपालले विद्यालय शिक्षामा सबैको सहज पहुँच स्थापित गर्ने लक्ष्यका साथ नीतिगत, संरचनागत, व्यवहारगत, संस्थागत तथा कार्यक्रमगत प्रबन्धमा जोड दिँदै आएको देखिन्छ । यद्यपि डिसेम्बर २०१९ मा चाइनाको वुहान, सहरलाई इपिसेन्टर बनाएर पहिलो पटक मानव जातीमा नोभल कोरोना (कोभिड १९) भाइरसको केस पहिचान पश्चात् सुरुका दिनमा चाइना, फ्रान्स, इटली , इरान, दक्षिण कोरिया, मलेसिया, स्पेन, थाइल्यान्ड,युके, युएसए, जर्मनी, अस्ट्रेलिया र अमेरिकामा यसको फैलावट भएपनी यतिवेला कोरोना भाइरस जस्तो महामारीबाट विश्व आक्रान्त हुदैछ । नेपालको सन्दर्भमा ९ जनवरी, २०२० मा चाइनाको वुहान सहरबाट नेपाल फर्केका एकजाना नेपाली विद्यार्थीमा सहिद शुक्रराज ट्रपिकल सेन्टरले २३ जनवरी, २०२० मा परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो । जुन दक्षिण एसियाकै पहिलो केश थियो । त्यसै गरी विश्वभरि यस खालको महामारीबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या क्रमशः ; ६९९२०१० र ४०३१२८ रहेको छ (डब्लुएचओ : जुन ९, २०२० ) । भने नेपालमा मात्र सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या क्रमशः; ४०८५ र १५ रहेको छ (एमओएचपी : जुन ९, २०२०) ।

कोभिड -१९ का कारण १ अर्व ३० करोड विद्यार्थी प्रभावित हुनेगरी विश्वभरका विद्यालय बन्द भएको कुरा युनेस्कोको विद्यालय पुन : सुचारु गर्ने प्रारूप -२०२० मा उल्लेख गरिएको छ । त्यसै गरी नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुनेगरी विद्यालय बन्द भएको छ (नयाँ पत्रिका : २१ जेठ, २०७७) । त्यसै गरी देशभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय क्रमशः ; २७७२८, २६०६ र ११२१ गरी कुल ३५०५५ विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ (फ्ल्यास रिपोर्ट:२०१८ १९ ) । अर्कोतर्फ माध्यमिक शिक्षा परीक्षाको पूर्वयारीमा जुटेका करिब चार लाख पचासी हजार परीक्षा दिने अवसरबाट वञ्चित भएका विद्यार्थी अहिलेपनि अन्यौलपुर्ण अवस्थामा रहेको देखिन्छ । माथि उल्लिखित तथ्य र तथ्याङ्कलाई मात्र आधार मान्ने हो भनेपनि नेपालको इतिहासमा ठुलो शैक्षिक क्षति भएको सहजै अनुमान लगाउन मिल्छ जुन तत्काल न्यूनीकरण भइहाल्ने अवस्था पनि देखिँदैन । तसर्थ महामारीले हामीलाई शैक्षिक क्षतिमात्र गराएको छैन हाम्रा शिक्षा क्षेत्रको प्राथमिकता, मेडियम अफ इन्सट्रक्सन्, मेडियम अफ डेलिभरी सिस्टम, विद्यालय शिक्षामा रिफ्रेमिङ्ग र रिस्टक्चरिङ्गको लागि सुवर्ण अवसर प्राप्त भएको छ, जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको प्याराडाइज्मि सिफ्ट हुने देखिन्छ । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाको फैलावट जिल्लागत र सङ्क्रमित सङ्ख्यागत रूपमा बढ्दो ग्राफमा फैलिएको अवस्था महामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि महामारी सँगै हाम्रा दैनिकीलाई समायोजित गर्दै पहिचान पहुँच, प्राथमिकता र प्राप्यता जस्ता सन्दर्भको बुद्धिमत्तापूर्ण उपयोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बिचबाट सञ्चालन गराई विद्यालय शिक्षालाई जीवन्त राख्नुको विकल्प छैन ।

विद्यालय शिक्षामा कोरोना कहरको प्रभाव:
विश्व जगत् अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा क्षतविक्षत हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक क्यालेन्डरको समेत क्रमभङ्गता भएको छ भने शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध भएको छ । यद्यपि विद्यालय शिक्षामा कोरोना कहरको प्रभावलाई नकारात्मक र सकारात्मक ढङ्गबाट बुँदागत रूपमा यसरी संक्षेपिकरण गर्न खोजिएको छ :

नकारात्मक प्रभाव:
• करिब १ अर्व ३० करोड विद्यार्थी प्रभावित हुने गरी विश्वभरका विद्यालय बन्द भएकाले अनपेक्षित ढङ्गले शैक्षिक क्षति हुदैछ । जसको प्रत्यक्ष प्रभाव विद्यालयको शिक्षण सिकाइमा परिरहेको छ ।
• नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द भएका छन् । जसका कारण समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुन गई १५ औ योजनाको लक्ष्य, दीर्घकालीन सोच – २१०० र दिगो विकास लक्ष्यमा चित्रण गरिएको शिक्षाको गन्तव्य समेत प्रभावित हुने देखिन्छ ।
• देशभरका सामुदायिक संस्थागत र धार्मिक गरी जम्मा जम्मी ३५०५५ विद्यालयहरू विगत तीन महिनादेखि कतै प्रयोग विहीन छन् भने ,कतै महामारी व्यवस्थापनका केन्द्र बन्न बाध्य छन् । जसको फलस्वरुप: विद्यालय पुनः सञ्चालनमा आउन निकै समय कुर्नु पर्ने देखिन्छ ।
• करिब ४ लाख ८५ हजार माध्यमिक शिक्षा परीक्षा एसईईको पूर्व तयारीमा जुटेका विद्यार्थी परीक्षा दिने अवसरबाट वञ्चित भई उनीहरूमा शैक्षिक ह्रास आएको छ ।
• बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ ।
• कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ ।
• डब्लुएफओका अनुसार, अति विपन्न राष्ट्रका बालबालिका दिन भरीको एक छाक खानाको लागि प्राय: विद्यालयको भर पर्दछन् । तर अहिले कोभिड- १९ का कारण विद्यालय बन्द भएसँगै संसार भरका करिब ३७ करोड बालबालिकाले पोषणयुक्त भोजन गुमाइरहेका छन् ।
• दिवा खाजा कार्यक्रम लागु गरिएका ४३ जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उक्त कार्यक्रमबाट विगत ३ महिना देखि प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने अवस्था सामान्य नभएमा आ.ब. ०७७/०७८ को बजेट वक्तव्य अनुसार ७७ जिल्लाका २८ लाख बालबालिका समेतले उक्त अवसर गुमाउने छन्। जसको असर विद्यार्थीको आर्थिक, शैक्षिक र पोषणमा समेत पर्न गई शिक्षणका क्षेत्रमा दीर्घकालका लागि अवसर गुम्ने खतरा देखिन्छ ।
• बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा , बालश्रम तथा बालविवाह जस्ता जोखिम बढ्ने सम्भावना देखिन्छ ।
• सुरक्षित समय आउनासाथ विद्यालयलाई पुनः सञ्चालन गर्न सकेनौ भने, यसले शिक्षामा अपूरणीय क्षति हुने सम्भावना उच्च रहन्छ ।
• बालबालिकाले विद्यालयबाट अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा त्यतिकै देखिन्छ।
• शिक्षण सिकाइमा भएको क्रमभङ्गताका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परी तत्काल शिक्षण सिकाइमा जीवन्त सहभागिताका लागि प्रेरित हुन सक्ने सम्भावना न्यून देखिन्छ भने अभिभावकहरू आफ्ना सन्ततिको भविष्य प्रति चिन्तित भएको देखिन्छ ।
• विशेषगरी निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको अनपेक्षित रूपमा क्षति वृद्धि भई यसको दीर्घकालमा नकारात्मक प्रभाव पर्ने हुँदा जसको मारमा विद्यार्थी र अभिभावक समेत पर्ने अवस्था रहन्छ ।

सकारात्मक प्रभाव:
• शिक्षा क्षेत्रको प्राथमिकता, मेडियम अफ कन्स्ट्रक्सन, मेडियम अफ डेलिभरी सिस्टम ,विद्यालय शिक्षामा रिफ्रेमिङ्ग र रिस्टक्चरिङ्गको लागि सुवर्ण अवसर प्राप्त भएको छ, जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको प्याराडाइज्मि सिफ्ट हुने देखिन्छ ।
• डिजिटल डाइनास्वर प्रवृत्तिका मौजुदा शैक्षिक जनशक्ति र स्क्रिनयुगिन सिकारुका बिचमा हाम्रो शिक्षा प्रणालीले अपडेट गर्ने अवसर प्राप्त गर्दै छ ।
• शिक्षा प्रणालीको प्याराडाइज्म सिफ्ट हुदैछ भने शिक्षा क्षेत्रमा गरिँदै आएको राष्ट्रिय लगानी र प्राथमिकतामा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ ।
• समय परिवेशअनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ ।
• सिक्ने (विद्यार्थी) र सिकाउने (शिक्षक ) दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ ।
• प्रविधिको उपयोग गर्ने बानीको विकास हुन थालेको छ । जहाँ अनलाइन अफलाइन मोडमा शिक्षण सिकाई मार्फत सिकाइलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ ।
• पहुँच र प्राप्यताका आधारमा रेडियो, स्थानीय एफ.एम. टेलिभिजन र इन्टरनेट मार्फत अनलाइन क्लास, भर्चुअल क्लास र जुम मिटिङ जस्ता वैकल्पिक सिकाइ माध्यमका लागि वातावरण तयार हुदैछ ।
• शिक्षण सिकाइका लागि बडेमानका भौतिक पूर्वाधार मात्र पर्याप्त होइन, जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलपूर्ण उपयोगिता तर्फ समेत ध्यान आकर्षण भएको छ ।
• प्रविधिको उपयोगमार्फत स्व:अध्ययन गर्ने बानीको विकास भएको छ ।
• सिकाइ सहजीकरण, सियरिङ्ग र क्षमता विकासको पर्याप्त अवसर प्राप्त भएको छ ।
• सिकारुका लागि विद्यालय भित्रको औंपचारीक पढाइ मात्र पर्याप्त होइन हाम्रा घर, टोल र समाजलाई समेत ज्ञान आर्जनका थलोका रूपमा विकास गर्दै सिकाइ गर्नुपर्ने मान्यताले स्थान पाएको छ ।
• अभिभावक र विद्यार्थीका बिचमा दोहोरो जबाफदेहिता अभिवृद्धि भएको छ । विद्यार्थीले घर परिवारबाट जीवनका मूल्य, संस्कार र व्यवहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेका छन् ।
• हिजोका दिनमा हाम्रा नानी बाबुले कार्टुन र पब्जीका लागि प्रायजसो प्रयोगमा ल्याइएका हाम्रा ल्यापटप, स्मार्ट फोन जस्ता विद्युतीय उपकरणलाई सिकाइका लागि सिर्जनात्मक ढङ्गबाट (वीथफन ) उपयोग गर्ने अवसर प्राप्त भएको छ ।

विद्यमान परिस्थितिमा शिक्षण क्रियाकलाप निरन्तरताका लागि मौजुदा व्यवस्था:
संवैधानिक व्यवस्था:
नेपालको संविधानको भाग-३, धारा – ३१ मा शिक्षालाई मौलिक हकका रूपमा प्रत्याभूत गरिएको । धारा – ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि: शुल्क तथा माध्यमिक तह सम्मको शिक्षा नि: शुल्क पाउने हकको व्यवस्था । त्यसै गरी शिक्षालाई सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा संयुक्त अधिकारकारका रूपमा (अनुसूची – ५, ६, ८ र ९ ) मा व्यवस्था गरिएको छ । अनुसूची – ८ बमोजिम आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा व्यवस्थित गरिएको छ ।

कानुनी व्यवस्था:
शिक्षा ऐन, २०२८ तथा नियमावली, २०४९ राष्ट्रिय शिक्षा नीति, २०७६ बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ बृहत् विद्यालय सुरक्षा सञ्चार रणनीति, २०७५ ओपेन एन्ड डिस्ट्यान्स लर्निङ्ग पलेसी, २०६३ विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका, २०६३ शैक्षिक जनशक्ति तालिम विकास केन्द्रको तालिम नीति, २०६२, शिक्षाको सञ्चार रणनीति, २०६२, शिक्षण स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि,२०७६, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६,  कोभिडा १९ कन्टिजेन्सी प्लान २०२०, वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ।

पन्ध्रौँ योजना (आ.ब.२०७६/७७ – २०८०।८१):
पन्ध्रौँ योजनाले गुणस्तरीय शिक्षा मार्फत सृजनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील र परिवर्तनशील मानव स्रोतको विकास गर्ने लक्ष्य राखेको छ भने सबै बालबालिकालाई प्रारम्भिक बाल शिक्षाको अनुभवसहित आधारभूत शिक्षा अनिवार्य तथा नि: शुल्क र माध्यमिक शिक्षामा पहुँच सुनिश्चित गरी शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधि मैत्री बनाउने उद्देश्य रहेको छ । त्यसै गरी शिक्षण सिकाइमा टेवा पुग्ने खालका विशेषतः अङ्ग्रेजी, गणित, विज्ञान र प्राविधिक विषयमा डिजिटल पाठ्यसामग्रीहरू विकास गरी प्रयोगमा ल्याउने र जोखिममा परेका, अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायका विद्यार्थीहरू तथा सीमान्तकृत समुदायका विद्यार्थीका सिकाइ आवश्यकता सम्बोधन गर्न खुला एवम् वैकल्पिक शिक्षाको व्यवस्था गरिने कार्यनीति लिएको पाइन्छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम (२०७७/०७८ ) :
नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं: ७७ मा विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने र सबै सार्वजनिक माध्यमिक विद्यालय र क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सुविधा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

आ.ब. २०७७/०७८ को बजेटमा :
आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं: १६३ मा कोभिड – १९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियो मार्फत नयाँ शैक्षिक सत्रको पठन पाठन अघि बढाइने कुरा बजेटमा उल्लेख छ । त्यसै गरी बजेटकै बुँदा नं: १६२ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत (शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला र सूचना प्रविधि) मा जोड दिने कुरा उल्लेख छ ।

जोखिम व्यवस्थापनमा कहाँ चुक्यो हाम्रो शिक्षा प्रणाली ?
कुनै पनि जोखिम बाजा बजाएर आउँदैन, नत जोखिमको प्रभावमा विभेद नै हुन्छ । कुरा के मात्र सत्य हो भने जुन जुन क्षेत्रले प्रोएक्टिभ ढङ्गले योजनाबद्ध रूपमा जोखिम पहिचान, जोखिमको प्रभाव विश्लेषण, जोखिमको आङ्कलन, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाएर सुझबुझका साथ कार्यान्वयन गर्न सफल भए ति क्षेत्रले न्यून र जुन क्षेत्रले प्रोएक्टीभ ढङ्गले आफूलाई स्थापित गर्न सकेनन् तिनै क्षेत्रहरू जोखिमबाट अत्यधिक मात्रामा प्रताडित हुने देखिन्छ । नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विगत तीन महिना देखि विद्यालय शिक्षामा ठुलो क्षति भएको छ, जुन शैक्षिक जगतका लागि अपूरणीय क्षति हो । जसको उपयुक्त व्यवस्थापनमा हाम्रो समग्र शिक्षा प्रणाली कहाँ चुक्यो भन्ने कुरालाई पुष्टि गर्न मेरो सुझबुझमा निम्न आधारहरू पेस गर्न सकिन्छ ।
• शिक्षा प्रणाली भित्रको लर्निङ्गको प्याराडाइज्म सिफ्ट गर्नुको साटो परम्परागत र आउटडेटिड शिक्षण सिकाइ प्रक्रिया मै हाम्रो शिक्षण प्रणाली रुमल्लियो, यथास्थितिको पक्षपोषण गरी राख्यो ।
• भर्च्युअल क्लास, भर्च्युअल स्कुल र भर्च्युअल युनिभर्सिटी जस्ता नवीनतम प्रविधिलाई हाम्रो शिक्षा नीति, योजना तथा कार्यक्रमले उचित सम्बोधन गर्न सकेन ।
• शिक्षा क्षेत्रको प्राथमिकता, रेडियम अफ इन्सट्रक्सन्, मेडियम अफ डेलिभरी सिस्टम, विद्यालय शिक्षामा रिफ्रेमिङ्ग र रिस्टक्चरिङ्गको विषयमा रूपान्तरणको बोध गरिएनछ ।
• फेस टू फेस शिक्षण पद्धतिको विकल्पमा इन्टरनेटमा आधारित सिकाइका लागि सबल संयन्त्र तथा मौजुदा जनशक्तिको क्षमता विकास गर्ने तर्फ प्रणालीको सुझबुझ भएनछ ।
• समयको गतिसँगै  टीपीडी मोडललाई रिफ्रेमिङ र रिस्ट्रक्चरिङ गर्न सकिएनछ ।
• हाम्रो शिक्षा प्रणालीले प्रोएक्टिभ ढङ्गले नत आफ्नो क्षेत्रको जोखिम पहिचान गर्न सक्यो नत जोखिम पहिचान गर्न सक्ने मानव संसाधन र प्रभावकारी संयन्त्रको संस्थागत विकास गर्न नै सक्यो ।
• शिक्षा क्षेत्रको जोखिमको पहिचान, प्रभाव विश्लेषण , जोखिम आङ्कलन , गर्न सकेन र त्यस किसिमको दूरदर्शिताबाट चुक्यो ।
• शैक्षिक जोखिम व्यवस्थापनमा जोखिम न्यूनीकरण योजना, सबल प्रतिकार्य योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनमा समेत समस्या देखियो ।
• जोखिम न्यूनीकरणका संयन्त्रलाई प्रभावकारी रूपमा उपयोग गर्ने गरी विकास गर्न सकेनौँ ।
• भल्नरेबल एसिस्मेन्ट गर्ने पद्धतिलाई शिक्षा प्रणाली भित्र आत्मसाथ गर्न सकेनौँ ।
• टोटल क्वालिटी म्यानेजमेन्टको पाटोलाई समयसापेक्ष सम्बोधन गर्न चुक्यौँ ।
• शिक्षा क्षेत्रको प्राथमिकता र लगानी लाई रिक्स फ्राइन्ड्ली बनाउन तर्फ जोड दिन सकेनौँ ।

महामारीको बिचबाटै शिक्षण क्रियाकलापलाई निरन्तरता दिने उपायहरु:
नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विगत तीन महिना देखि विद्यालय शिक्षामा ठुलो क्षति भएको छ, जुन शैक्षिक जगतका लागि अपूरणीय क्षति हो । दक्षिण कोरियामा कोभिडको जोखिम घटेलगतै करिब २०० विद्यालय सञ्चालनमा ल्याइयो तर त्यसको ठिक दुई दिनपछि ७९ जनामा पुनः सङ्क्रमण पुष्टि भएपछि शैक्षिक संस्था तत्काल बन्द गरिएको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नोभल कोरोना भाइरस तत्काल समाधान भइहाल्ने अवस्था देखिँदैन बरु कोरोना सँगै समायोजित भएर अघि बढ्नुको विकल्प नरहेको सन्दर्भमा हाम्रा शिक्षण क्रियाकलापहरू पनि महामारी सँगसँगै सञ्चालन गरी शैक्षिक क्षति न्यूनीकरण गर्नुको विकल्प छैन । अतः बन्दाबन्दीकै अवस्थामा हाम्रा शैक्षिक गतिविधिलाई जीवन्त राख्न र शैक्षिक जोखिमलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न तत्काल निम्न गतिविधि सञ्चालन गर्न सकिन्छ ।
• सर्व प्रथम महामारीका कारण प्रभावित शिक्षण क्रियाकलापलाई सुचारु गर्न सामुदायिक संस्थागत र धार्मिक विद्यालयको तथ्याङ्कीय अवस्थालाई चुस्त र विश्वसनीय (प्रादेशिक र स्थानीय स्तरमा) बनाऔँ ।
• विद्यालय तत्काल नखुल्ने अवस्थामा कक्षा १-१० सम्मको परीक्षा सम्पन्न भइसकेको छ । सो सन्दर्भमा विद्यार्थी भर्नाका लागि विद्यालय आफैले रजिष्ट्ररमा कक्षा चढाइदिने र त्यसको जानकारी प्रत्येक विद्यार्थी र अभिभावकलाई दिने व्यवस्था गरौँ ।
• तत्काल शैक्षिक सत्र सञ्चालन गर्नुपुर्व प्रत्येक विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुग्ने वातावरणको सुनिश्चितता गरौँ । (उच्च हिमाली जिल्लामा जहाँ फागुनदेखि शैक्षिक सत्र सुरुवात हुन्छ) ।
• पाठ्यपुस्तक सबैको हातमा पुर्‍याइ सकेपछि स्व: अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गरौँ ।
• महामारीका कारण गुमेको शैक्षिक सत्रहरू पुन:प्राप्त गर्न पहुँच, प्राप्यता, सान्दर्भिकता र सामर्थ्यताका आधारमा वैकल्पिक माध्यमको उपयोग मार्फत घरमै बसी शिक्षणात्मक क्रियाकलाप सञ्चालन गर्ने तर्फ सोचौँ ।
• वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले शिक्षण पहुँचका हिसाबले वर्गीकरण गरेको ५ वटा सिकाइ समुहरु (सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो र एफ एम मा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएका तर अनलाइन कनेक्टिभिटी नभएको र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थी) को पहिचान गरी यथार्थ विवरण आ-आफ्नो स्थानीय तहमा पेस गर्न विद्यालयलाई जबाफदेही बनाऔँ ।
• प्रत्येक स्थानीय सरकारले उपलब्ध तथ्याङ्कको वस्तुगत अध्ययन गरी कुन सिकाइ समूहका विद्यार्थी कति छन् र आफ्नो सामर्थ्यका आधारमा कुन उपयुक्त वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन सकिन्छ तत्काल कार्यान्वयनका लागि सोचौँ ।
• वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहरीकरण निर्देशिका, २०७७ ले वर्गीकरण गरे अनुरूप जहाँ सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी छन्, त्यहाँ स्थानीय तहले तत्काल टोल सर्वेक्षण गरी जहाँ महामारीको प्रभाव कम छ त्यस्तो स्थानमा ३०/४० जना विद्यार्थीको समूह बनाइ कन्ट्याक्ट सेशन मार्फत टोल शिक्षण विधि अवलम्बन गरी शिक्षण क्रियाकलाप सञ्चालन गर्ने ।
• कन्ट्याक्ट सेशनमा कम्तीमा पनि ३/४ वटा सेशन सञ्चालन गरिसके पछि विद्यार्थीलाई १ हप्ताको प्रोजेक्ट वर्क दिने र त्यसको समीक्षा गर्ने गरौँ ।
• जुन ठाउँमा रेडियो र एफ एम को पहुँचमा विद्यार्थी छन् त्यहाँ स्थानीय सरकारले रोष्टर शिक्षकको व्यवस्था गरी निश्चित क्रेडिट आवरमा निश्चित विषयको पठन पाठन सञ्चालनको व्यवस्था मिलाउने र यसको थप प्रचार प्रसार र प्रभावकारीताका लागि स्थानीय पत्रकार, शिक्षाविद् बुद्धिजीवीलाई परिचालन गर्ने गरी व्यवस्था मिलाउने ।
• जुन क्षेत्रका विद्यार्थी टेलिभिजनको पहुँचमा छन् त्यस्ता, खालका सिकारुका लागि भर्च्यअल क्लास सञ्चालन गरौँ ।
• कम्प्युटरको पहुँच छ तर इन्टरनेटको सुविधा छैन त्यस्ता खालका सिकारुका लागि अफलाइन मोडका श्रव्य, श्रव्य दृश्य, सिडी लगायतका शिक्षण प्याकेज तयारी गरी सिकारुको हातमा पुर्‍याऔँ र प्रयोगका लागि विद्यार्थीलाई सहजीकरणको प्रबन्ध गरौँ ।
• इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थी समूहको पहीँचान गरी तत्काल उक्त समूहका विद्यार्थीलाई अनलाइन मार्फत रिसिभर (विद्यार्थी) र डेलीभर (शिक्षक) दुवैको क्षमता विकासमा सहजीकरण गरी अनलाइन क्लास, भर्चुअल क्लास र जुम मिटिङ को उपयोग गरी शिक्षण क्रियाकलापलाई निरन्तरता दिने व्यवस्था मिलाउने ।
• तत्काल पठनपाठन सुचारु गर्न प्रत्येक स्थानीय तहले साधन स्रोतको उपलब्धता र औचित्यताका आधारमा बलाङ्केट होइन ब्राकेट अप्रोचलाई अवलम्बन गर्दै उपलब्ध भएसम्म मौजुदा शिक्षकको उपयोग नभए प्रत्येक टोल टोलमा शैक्षिक बेरोजगारलाई स्वयंसेवक शिक्षकको रूपमा नियुक्त गरी पठनपाठनलाई निरन्तरता दिने प्रबन्ध गरौँ ।
• प्रदेशले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त सामग्रीहरू प्रदेशस्तरीय रेडियो, एफ एम र टेलिभिजन मार्फत प्रसारणको व्यवस्था मिलाउने । शिक्षकको क्षमता विकास, मनोपरामर्श र अभिभावकका लागि घरायसी विद्यालय सञ्चालन गर्ने प्रबन्ध गर्ने ।
• महामारीका कारण गुमेका शिक्षण सत्रहरू पुनः प्राप्त गर्न विशेष अभ्यासहरू, सिकाइ विधिको सुदृढीकरण र दूर शिक्षा जस्ता विधिको प्रयोग मार्फत मिश्रित शिक्षण प्रणालीको विकासमा विशेष जोड गरौँ ।

निश्कर्ष:
कुनै पनि जोखिम बाजा बजाएर आउँदैन नत जोखिमको प्रभावमा विभेद नै हुन्छ । हरेक बिपतले विनासमात्र निम्ताउँदैन त्यसले रुपान्तणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ भन्ने कुरा सन् १६६५ ताका लन्डनमा प्लेग जस्तो महामारीले आक्रमण गर्दा क्षतिबाट जोगिन लकडाउन गर्ने सवालमा त्यहाँको क्याम्ब्रीज विश्वविधालयको पठनपाठन पनि बन्द हुन पुग्यो । जसको मारमा क्यामब्रीज विश्वविद्यालयका एक जना केही गर्न खोज्ने, अध्ययन अनुसन्धानमा रुचि राख्ने सरआइज्याक नामका विद्यार्थी पनि परे तर उनी खुसीका साथ गाउँमा फर्के र दिनरात लागेर कोर्स बाहेकका खोज अनुसन्धान तर्फ ध्यान दिए र लकडाउन अवधिभित्रै ल अफ ग्राइभिटीको सिद्धान्त प्रतिपादन गर्न सफल भए र उनको नाम सर आइज्याक न्युटन रहन गयो । त्यसै गरी नेपालको सन्दर्भमा पनि सिद्धार्थ गौतम घर परिवार र समाज बाट अलग (आइसुलेशनमा) रहेर जङ्गलमा ध्यान गर्न थाले र अन्ततः बुद्धत्व प्राप्त गरिछाडे र उनको नाम पनि सिद्धार्थ गौतम बुद्ध रहन गयो। यसमा सवक दिन के मात्र खोजिएको हो भन्दा हामीले पनि शिक्षा क्षेत्रमा सिर्जना भएको जोखिमलाई अवसरका रूपमा उपयोग गर्दै नेपाली न्युटन र हजारौँ बुद्ध जन्माउने तर्फ सोच्ने वेला आएको छ । तर यसका लागि फेरीपनी लगनशील विद्यार्थी, समर्पित शिक्षक, जिम्मेवार व्यवस्थापन, उत्तरदायी अभिभावक र प्राज्ञिक वातावरणलाई भने कम आङ्कलन गर्न मिल्दैन ।

(शाखा अधिकृत )
शिक्षा विकास निर्देशनालय , कर्णाली प्रदेश ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn