सिजादर्पण ६ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डालक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।यससँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ । यस्तो कोरना को महामारी लाइ नियन्त्रण गर्नकाली सरकारको तयारी अझै व्यवस्थीत भने भएको पाइदैन ।
