किनआयौ सपनिमा वस्छौ कति दिन
खुकुलो त्यो अगालोमा कस्छौ कतिदिन
माया गर्न पनि अव फेसन भएकोछ
विकृतिको दलदलमा फस्छौ कतिदिन
आस्थार विचार र सिद्धान्त बेचिसकेछौ
स्वभिमानको चुलिवाट खस्छौकति दिन
मौका आउदा सवैले याँ लुटेभनेर
अवसररुपि छुरा यो धस्छौकति दिन
पछिल्तिर नानाथरी गालीगदै हिडछौ
अघिल्तिर भो तेल घस्छौ कतिदिन ।।

