सिजादर्पण असार १० काठमाडौं । माध्यमिक शिक्षा परीक्षा९एसईई०कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ ।
राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा९एसईई० कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।
विद्यालयमा प्रधानाध्यापकको अध्यक्षतामा रहने मूल्यांकन समितिमा सम्बन्धीत कक्षा शिक्षक, नियुक्तिका आधारमा जेष्ठ शिक्षक सदस्य रहने छन् ।
माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी सैद्धान्तिक मूल्यांकन तर्फ विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिइने व्यवस्था गरिएको छ ।
यस्तै प्रयोगात्मक मूल्यांकनका लागि विद्यार्थीहरुको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने जनाइएको छ ।
विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार ९साधारणरसंस्कृतरप्राविधिक० विद्यार्थीहरुको संख्या यकिन गरी विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्ने, परीक्षा आवेदन फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम पचहत्तर प्रतिशत हाजिरी भएका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक पठाउनुपर्ने मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ ।
मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए बमोजिमको विद्युतीय प्रणाली ९अनलाइनरअफलाइन० मा प्रविष्टी ९भ्लतचथ० गर्नुपर्नेछ । त्यसरी विद्युतीय प्रणालीमा प्रविष्टी गरिएको विवरण प्रमाणित गर्नुपर्दा तोकिएबमोजिम पेश भएको प्राप्तांक विवरणलाई आधार मानिने जनाइएको छ ।
विवरण तयार भएपछि मूल्यांकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छाप समेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । सो मध्ये एक प्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
ग्रेडबृद्धि परीक्षार्थीको रुपमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको हकमा निज माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागी हुँदाको बर्षको प्राप्तांकलाई प्रकृया बमोजिम परीक्षा आवेदन फाराम भरेका विषयहरुको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्तांक भरी पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।
खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रकृया अबलम्बन गर्नुपर्ने जनाइएको छ ।
यस्तै, मूल्यांकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न नपाइने, परीक्षा नियन्त्रण कार्यालयमा पेश गरिएको परीक्षा आवेदन फारम अनुसारको सिम्बोल नम्बर, नाम, थर र जन्ममिति रुजु गरी यकिन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
यदि फरक पर्न गएको अवस्थामा सो व्यहोरा उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमापत्राचार गर्नुपर्ने साथै, बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
मूल्यांकन समितिले पठाएको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा सोको कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुने कार्यविधिमा स्पष्ट पारिएको छ ।
जिल्ला भित्रका माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृतिरसञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरुको मूल्यांकन समितिबाट प्राप्त तीन प्रति मूल्यांकन विवरण
शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्ने छ ।
प्राप्त विवरण तोकिएको अनुसूची बमोजिम भए नभएको यकिन गर्ने, विवरण यकिन गर्दा कुनै विवरण भर्न छुट भएको देखिएमा सम्बन्धित विद्यालयलाई भर्न लगाउने, साथै विद्यालयले विद्यार्थी संख्याअनुसार लाग्ने परीक्षा आवेदन वापतको शुल्क राजश्व खातामा दाखिला गरे नगरेको यकिन गर्ने जिम्मेवारी इकाइलाई दिइएको छ ।
।
विद्यालयको मूल्यांकन समितिबाट प्रमाणित गरि पेश गरेको विवरणसँग विद्युतीय प्रणालीबाट प्राप्त हुन आएको विवरण रुजु गरी परीक्षा नियन्त्रण कार्यालयले तोकेको सफ्टवेयर अपलोड गर्ने र प्रकृया पुरा भएपछि मूल्यांकन समितिले पेश गरेको मूल्यांकन विवरणमा इकाई प्रमुखले प्रमाणित गरी, पहिलो प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउने, दोस्रो प्रति इकाईमा राख्ने र तेस्रो प्रति सम्बन्धित विद्यालयमा फिर्ता पठाउने जिम्मेवारी तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईले मूल्यांकन समितिबाट प्राप्त प्राप्तांक विवरणहरुको सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा विद्यालयको कोड अनुसार क्रमशः मिलाई जिल्ला भित्रका सबै विद्यालयहरुको विवरण तोकिएको समय भित्र एकमुष्ट रुपमा पठाउनुपर्नेछ ।
मूल्यांकन समितिले इकाईमा पेश गरेको विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न नपाइने र कुनै विद्यालय विद्यार्थी मूल्यांकनको प्राप्तांक अनलाइनरअफलाइनमा प्रविष्टी गर्न असमर्थ भएमा उक्त प्राप्तांक प्रविष्टी गर्न सहजिकरण गर्ने काम इकाइले गर्नुपर्नेछ ।
बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले पठाएको मूल्यांकन विवरण गोप्य राख्नुपर्ने जनाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त प्रमाणित सक्कल विवरणसँग विद्युतीय माध्यमबाट पठाईएको विद्यालयगत विवरण रुजु गर्ने काम परीक्षा नियन्त्रण कार्यालयले गर्ने कार्यविधिमा उल्लेख छ ।
इकाइले पठाएको विवरण र परीक्षा नियन्त्रण कार्यालयमा रहेको परीक्षा आवेदन अभिलेखसँग मिले नमिलेको रुजु गर्ने, कार्य सम्पन्न भएपछि अनुसूची अनुसारको प्रमाणित विवरण बमोजिम सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डको पूर्णांक र प्राप्तांक रुजु गरी यकिन गर्ने काम परक्षिा नियन्त्रण कार्यलयले गर्ने छ ।
विद्यार्थीले प्राप्त गरेको प्राप्तांकलाई अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ ९संशोधन सहित० बमोजिम रुपान्तरण गर्ने, रुजु भएको अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्ड समक्ष सिफारिस गर्ने काम पनि परषिा नियन्त्रण कार्यालयले गर्ने छ ।
बोर्डबाट नतिजा प्रकाशन भएपश्चात अभिलेख अद्यावधिक गरी ग्रेडशिट र प्रमाणपत्र उपलब्ध गराउने काम पनि परीक्षा नियन्त्रण कार्यालयबाट हुने छ ।
हेर्नुहोस् कार्यविधि
माध्यमिक शिक्षा परीक्षा ९एस।इ।इ।० कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७
प्रस्तावना
विश्वभर फैलिएको कोरोना भाइरस ९ऋयखष्म९ज्ञढ० को महामारीका कारण माध्यमिक शिक्षा परीक्षा ९एस।इ।इ।० कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधी समेत अनिश्चित रहेको हुँदा विद्यार्थीहरुको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ ९संशोधन सहित० को दफा ४ट९१० मा उल्लेखित मध्ये कक्षा १० का विद्यार्थीहरुको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने भनी ऐ।ऐनको दफा २० मा उल्लेखित बाधा अड्काउ हटाउने अधिकार अन्तरगत नेपाल सरकार मन्त्री परिषद्बाट मिति २०७७÷०२÷२८ मा निर्णय भई आदेश भए बमोजिम राष्ट्रिय परीक्षा बोर्डले देहायको कार्यविधि बनाएको छ ।
परिच्छेद १
प्रारम्भिक
१ संक्षिप्त नाम र प्रारम्भ स् ९१० यस कार्यविधिको नाम माध्यमिक शिक्षा परीक्षा ९एस।इ।इ।० कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ रहेको छ ।
९२० यो कार्यविधि २०७६ को एस।इ।इ। दिने परीक्षार्थीहरुका लागि लागु हुनेछ ।
९३० यो कार्यविधि बोर्डबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।
२ परिभाषा स् विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
९क० “बोर्ड” भन्नाले शिक्षा ऐन, २०२८ ९संशोधन सहति० को दफा ४क बमोजिम गठित राष्ट्रिय परीक्षा बोर्ड सम्झनुपर्छ ।
९ख० “परीक्षा नियन्त्रण कार्यालय” भन्नाले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सम्झनुपर्छ ।
९ग० “शिक्षा विकास तथा समन्वय इकाई” भन्नाले प्रत्येक जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई सम्झनुपर्छ ।
९घ० “विद्यालय” भन्नाले माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति÷सञ्चालन अनुमति
प्राप्त गरी सञ्चालनमा रहेको विद्यालय सम्झनुपर्छ ।
९ङ० “विद्यालय व्यवस्थापन समिति” भन्नाले शिक्षा ऐन, २०२८ ९संशोधन सहति० को दफा १२ बमोजिमको विद्यालय
व्यवस्थापन समिति सम्झनुपर्छ ।
९च० “प्रधानाध्यापक” भन्नाले सम्बन्धित विद्यालयको प्रधानाध्यापक सम्झनुपर्छ ।
९छ० “मूल्यांकन समिति” भन्नाले यस कार्यविधि बमोजिम सम्बन्धित विद्यालयले गरेको कक्षा १० को विद्यार्थीहरुको अन्तिम
मूल्यांकन प्रमाणित गरी सिफारिस गर्ने प्रयोजनको लागि परिच्छेद २ को दफा ३ बमोजिम गठित समिति सम्झनुपर्छ ।
९ज० “अन्तिम मूल्यांकन” भन्नाले सम्बन्धित विद्यालयबाट यो कार्यविधीको दफा ३ ९२० बमोजिम गरिएको विद्यार्थीको
निर्णयात्मक मूल्यांकनलाई सम्झनुपर्छ ।
९झ० “परीक्षा” भन्नाले माध्यमिक शिक्षा परीक्षा ९एस।इ।इ।० कक्षा १० को परीक्षा सम्झनुपर्छ ।
९ञ० “विषय शिक्षक” भन्नाले माध्यमिक तहमा सम्बन्धित विषय अध्यापन गराउने शिक्षक सम्झनुपर्छ ।
९ट० “कक्षा शिक्षक” भन्नाले हरेक कक्षामा विद्यार्थीहरुको अभिलेख व्यवस्थापन गर्ने हाजिर गराउने तथा कक्षाको शैक्षिक
प्रशासनिक कार्य गर्न तोकिएको शिक्षकलाई सम्झनुपर्छ ।
९ठ० “विद्यार्थी” भन्नाले २०७६ को माध्यमिक शिक्षा परीक्षा ९एस।इ।इ।० कक्षा १० मा सहभागी हुन योग्य विद्यार्थीहरु सम्झनुपर्छ ।
९ड० “प्रमाणपत्र” भन्नाले परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध गराईने ग्रेड सिट र प्रमाणपत्र सम्झनुपर्छ ।
परिच्छेद २
मूल्यांकन समिति सम्बन्धी व्यवस्था
३ मूल्यांकन समितिको गठन स् ९१० विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरणको अभिलेख अनुसार विवरण प्रमाणित
गर्न देहाय बमोजिमको मूल्यांकन समिति रहनेछ स्
९क० सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष
९ख० सम्बन्धित कक्षा शिक्षक सदस्य
९ग० सम्बन्धित माध्यमिक तहका शिक्षकहरु मध्ये नियुक्तिका आधारमा
सबैभन्दा जेष्ठ, शिक्षक प्रतिनिधि सदस्य
९२० मूल्यांकन समितिले विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण कायम गर्ने प्रकृया स्
९क० सैद्धान्तिक मूल्यांकन स् माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने । यसरी गरिने परिवर्तनका लागि अनुसूची १ मा सुत्र सहितको उदाहरण दिइएको छ ।
९ख० प्रयोगात्मक मूल्यांकन स् विद्यार्थीहरुको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्नेछ ।
मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार स् ९१० मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ स्
९क० विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार ९साधारणरसंस्कृतरप्राविधिक० विद्यार्थीहरुको संख्या यकिन गरी विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्नेछ ।
९ख० परीक्षा आवेदन फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम पचहत्तर प्रतिशत हाजिरी भएका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक पठाउनुपर्नेछ ।
९ग० अनुसूची २ को ९क०, ९ख० र ९ग० मा उल्लेखित समष्टिगत प्राप्ताङ्क विवरण भर्दा साधारण तर्फका विद्यार्थीहरुको लागि ९क०, संस्कृत तथा वेद विद्याश्रम तर्फका विद्यार्थीहरुको लागि ९ख० र प्राविधिक धार तर्फका विद्यार्थीहरुको लागि ९ग० बमोजिम छुट्टा छुट्टै विवरण भर्नुपर्नेछ ।
९घ० नियमित, आंशिक र ग्रेडबृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको अलग अलग समष्टिगत प्राप्तांक विवरण तयार गर्नुपर्नेछ ।
९ङ० अनुसूची २ बमोजिमको फारममा प्राप्तांक चढाउँदा विद्यार्थीहरुको सिम्बोल नम्बरको बढ्दो क्रममा चढाउनुपर्नेछ ।
९च० मूल्यांकन समितिले अनुसूची २ मा माग भएका सबै विवरणहरु अनिवार्य रुपमा भर्नुपर्नेछ । त्यसरी भर्दा सैद्धान्तिक र प्रयोगात्मक विषयमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक छुट्टा छुट्टै उल्लेख गरी तीन प्रति समष्टिगत विवरण तयार गर्नुपर्नेछ ।
९छ० मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए बमोजिमको विद्युतीय प्रणाली ९अनलाइनरअफलाइन० मा प्रविष्टी ९भ्लतचथ० गर्नुपर्नेछ । त्यसरी विद्युतीय प्रणालीमा प्रविष्टी ९भ्लतचथ० गरिएको विवरण प्रमाणित गर्नुपर्दा उपदफा ९च० बमोजिम पेश भएको प्राप्तांक विवरणलाई आधार मानिनेछ ।
९ज० उपदफा ९च० बमोजिमको विवरण तयार भएपछि मूल्यांकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छाप समेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । सो मध्ये एक प्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नुपर्नेछ ।
९झ० ग्रेडबृद्धि परीक्षार्थीको रुपमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको हकमा निज माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागी हुँदाको बर्षको प्राप्तांकलाई दफा ३९२० मा उल्लेखित प्रकृया बमोजिम परीक्षा आवेदन फाराम भरेका विषयहरुको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्तांक भरी पठाउनुपर्नेछ ।
९ञ० खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रकृया अबलम्बन गर्नुपर्नेछ ।
९ट० मूल्यांकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइने छैन ।
९ठ० परीक्षा नियन्त्रण कार्यालयमा पेश गरिएको परीक्षा आवेदन फारम अनुसारको सिम्बोल नम्बर, नाम, थर र जन्ममिति रुजु गरी यकिन गर्नुपर्नेछ । यदि फरक पर्न गएको अवस्थामा सो व्यहोरा उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमा पत्राचार गर्नुपर्नेछ ।
९ड० बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ ।
९ढ० मूल्यांकन समितिले पठाएको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा सोको कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुनेछ ।
५ शिक्षा विकास तथा समन्वय इकाईको काम, कर्तव्य र अधिकार स् ९१० शिक्षा विकास तथा समन्वय इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ स्
९क० जिल्ला भित्रका माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृतिरसञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरुको मूल्यांकन समितिबाट प्राप्त तीन प्रति मूल्यांकन विवरण बुझिलिने ।
९ख० उपदफा ९क० बमोजिम प्राप्त विवरण तोकिएको अनुसूची बमोजिम भए नभएको यकिन गर्ने ।
९ग० उपदफा ९ख० बमोजिम विवरण यकिन गर्दा कुनै विवरण भर्न छुट भएको देखिएमा सम्बन्धित विद्यालयलाई भर्न लगाउने ।
९घ० विद्यालयले विद्यार्थी संख्याअनुसार लाग्ने परीक्षा आवेदन वापतको शुल्क राजश्व खातामा दाखिला गरे नगरेको यकिन गर्ने ।
९ङ० विद्यालयको मूल्यांकन समितिबाट प्रमाणित गरि पेश गरेको विवरणसँग विद्युतीय प्रणालीबाट प्राप्त हुन आएको विवरण रुजु गरी परीक्षा नियन्त्रण कार्यालयले तोकेको सफ्टवेयर अपलोड गर्ने ।
९च० उपदफा ९क०, ९ख०, ९ग०, ९घ० र ९ङ० बमोजिमको प्रकृया पुरा भएपछि मूल्यांकन समितिले पेश गरेको मूल्यांकन विवरणमा इकाई प्रमुखले प्रमाणित गरी, पहिलो प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउने, दोस्रो प्रति इकाईमा राख्ने र तेस्रो प्रति सम्बन्धित विद्यालयमा फिर्ता पठाउने ।
९छ० शिक्षा विकास तथा समन्वय इकाईले मूल्यांकन समितिबाट प्राप्त प्राप्तांक विवरणहरुको सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा विद्यालयको कोड अनुसार क्रमशः मिलाई जिल्ला भित्रका सबै विद्यालयहरुको विवरण तोकिएको समय भित्र एकमुष्ट रुपमा पठाउनुपर्नेछ ।
९ज० मूल्यांकन समितिले इकाईमा पेश गरेको विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइने छैन ।
९झ० कुनै विद्यालय विद्यार्थी मूल्यांकनको प्राप्तांक अनलाइनरअफलाइनमा प्रविष्टी गर्न असमर्थ भएमा उक्त प्राप्तांक प्रविष्टी गर्न सहजिकरण गर्ने ।
९ञ० बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले पठाएको मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ ।
६ परीक्षा नियन्त्रण कार्यालयको काम, कर्तव्य र अधिकार स् ९१० परीक्षा नियन्त्रण कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ स्
९क० दफा ५ को उपदफा १ ९छ० बमोजिम शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त प्रमाणित सक्कल विवरणसँग विद्युतीय माध्यमबाट पठाईएको विद्यालयगत विवरण रुजु गर्ने ।
९ख० उपदफा ९क० बमोजिम यकिन भएको विवरण र परीक्षा नियन्त्रण कार्यालयमा रहेको परीक्षा आवेदन अभिलेखसँग मिले नमिलेको रुजु गर्ने ।
९ग० उपदफा ९क० र ९ख० बमोजिमको कार्य सम्पन्न भएपछि अनुसूची अनुसारको प्रमाणित विवरण बमोजिम सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डको पूर्णांक र प्राप्तांक रुजु गरी यकिन गर्ने ।
९घ० विद्यार्थीले प्राप्त गरेको प्राप्तांकलाई अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ ९संशोधन सहित० बमोजिम रुपान्तरण गर्ने ।
९ङ० उपदफा ९घ० बमोजिम रुपान्तरित विवरणलाई रुजु गर्ने ।
९च० उपदफा ९ङ० बमोजिम रुजु भएको अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्ड समक्ष सिफारिस गर्ने ।
९छ० बोर्डबाट नतिजा प्रकाशन भएपश्चात अभिलेख अद्यावधिक गरी ग्रेडशिट र प्रमाणपत्र उपलब्ध गराउने ।
परिच्छेद ३
विविध
७। बोर्डले प्रकाशन गरेको सूचना बमोजिमको समयावधि भित्र मूल्यांकन समिति र शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको कार्य सम्पन्न गर्नुपर्नेछ ।
८। यो कार्यविधि बमोजिम कार्य सम्पादन गर्न स्थानीय तहको शिक्षा शाखाले आवश्यकता अनुसार सहजिकरण गर्न सक्नेछ ।
९। नतिजा प्रकाशनमा प्राविधिक कारणबाट कुनै त्रुटी भएमा वा नतिजा स्थगित भएमा वा नतिजा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिस सहित नतिजा प्रकाशन भएको मितिले पैँतिस दिन भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिनुपर्नेछ । त्यसरी प्राप्त निवेदन संकलन गरी इकाईहरुले परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ र परीक्षा नियन्त्रण कार्यालयले अभिलेख अनुसार आवश्यक कारवाही गर्नुपर्नेछ ।
१० नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडबृद्धि परीक्षा सञ्चालन सम्बन्धी कार्य यस बर्ष हुने छैन ।
११ यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ आइपरेमा बोर्डले बाधा अड्काउ फुकाउन सक्नेछ ।
१२ यो कार्यविधि संशोधन गर्ने, खारेज गर्ने अधिकार बोर्डसँग रहनेछ ।
अनुसूची १
माध्यमिक शिक्षा पाठ्यक्रम, कक्षा ९–१०, २०७१, भाग १ मा भएको विद्यार्थी मूल्यांकन सम्बन्धी व्यवस्था
निर्णयात्मक मूल्यांकन स् माध्यमिक तहमा निम्नानुसार निर्णयात्मक मूल्यांकन गर्नुपर्नेछ ।
९अ० पहिलो त्रैमासिक परीक्षा स् पहिलो त्रैमासिक अवधी भरमा पठन पाठन भएका विषय वस्तुबाट कूल पूर्णांकको १० प्रतिशत ९सैद्धान्तिक र प्रयोगात्मक० अंकभारको परीक्षा सञ्चालन गर्नुपर्नेछ ।९आ० दोस्रो त्रैमासिक परीक्षा स् पहिलो र दोस्रो त्रैमासिक अवधी भरमा पठन पाठन भएका विषय वस्तुबाट कूल पूर्णांकको ३० प्रतिशत
९सैद्धान्तिक र प्रयोगात्मक० अंकभारको परीक्षा सञ्चालन गर्नुपर्नेछ ।
९इ० अन्तिम परीक्षा स् शैक्षिक सत्रको अन्तसम्ममा पठन पाठनका लागि निर्धारित सम्पूर्ण विषय वस्तुबाट ६० प्रतिशत ९सैद्धान्तिक र प्रयोगात्मक० अंकभारको परीक्षा सञ्चालनका लागि तिनै परीक्षाको कूल प्राप्तांक जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गर्नुपर्नेछ ।
९ई० प्राविधिक तथा व्यवसायिक धारतर्फका विधागत विषयहरुमा सैद्धान्तिक तर्फ ४० प्रतशत र प्रयोगात्मक तर्फ ६० प्रतिशतमा मूल्यांकन हुनेछ ।
९उ० प्राविधिक तथा व्यावसायिक धारतर्फका विद्यार्थीका लागि ३० कार्यदिने ९२४० घण्टा० कार्यगत तालिम ९इल तजभ वयद तचबष्लष्लन(इव्त्० कार्यगत तालिम सञ्चालन कार्यविधि २०७१ बमोजिम गर्नुपर्नेछ ।
कार्यविधिको दफा ३ ९२० ९क० बमोजिम विद्यार्थीको अन्तिम प्राप्तांक तय गर्ने तरिका ९क० प्रयोगात्मक परीक्षा नहुने विषयहरुको लागि ९अ० यदि कुनै विद्यालयले यस कार्यविधिको दफा ३ ९२० ९क० बमोजिमको प्रयोगात्मक परीक्षा नहुने विषय ९जस्तै स् गणित० विषयको अन्तिम परीक्षा ३० पूर्णांकमा लिएको रहेछ र उक्त परीक्षामा कुनै एक विद्यार्थीले २६ अंक प्राप्त गरेको रहेछ भने उसको अन्तिम मूल्यांकनको प्राप्तांक निम्न अनुसार गणना गर्ने .l योसमाचार ननस्टभ खवरमा छ।
