Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार १६, २०७७

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र

गौरीलाल कार्की

यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन मस्नरिज बाइबल बोकेर अफ्रिका छिरे । अफ्रिकीलाई बाइबल हातमा थमाएर भने, ‘आँखा चिम्लेर प्रार्थना गर, ईश्वरले कल्याण गर्नेछन् ।ु आँखा खोल्दा उनीहरूको हातमा बाइबल थियो, देश थिएन । यसका साक्षी थिए डेजमन्ड टुटु । झट्ट हेर्दा उनी कम्ती राष्ट्रवादी थिएनन् । तर त्यहाँ धार्मिक उवनिवेशबाट अफ्रिकाको अधिग्रहण सुरु भयो । उनले थाम्न सकेनन् । सोझा अफ्रिकीहरू खोक्रो राष्ट्रवादको अज्ञानताको सिकार भए । देश गुम्यो, दास बने ।

अर्को उदाहरण, गिरमिटियाहरू भारतबाट फिजी पुगे । कामदारबाट नागरिकको हैसियत बनाउन थाले । अंग्रेज उपनिवेशवाद दीक्षित भारतले उस्तै उस्तै फर्मुला लगायो । सत्तामा बसेका केही फिजियनले राष्ट्रवाद भुले । फिजी आन्तरिक उवनिवेशको सिकार भयो । महेन्द्र चौधरी कार्यकारी बने । फिजीयनहरू चाकर भए । आप्रवासी ९अंगीकृत० भारतीय गिरमिटिया मालिक भए । फिजियनहरूलाई गुमेपछि बल्ल थाहा भयो, के गुमायौं । आधुनिक र आन्तरिक उपनिवेशवादको बलियो उदाहरण हो, फिजीकरण । वास्तविक राष्ट्रवाद के हो रु फिजियनले चाल पाउदा माल गुमिसकेको थियो ।

खोक्रो राष्ट्रवादको आवरणमा कुख्यात राष्ट्रघात गर्ने चर्चित नाउँ हो, तत्कालीन सिक्किमे प्रधानमन्त्री लेन्डुप दोर्जे । एउटा सार्वभौम राष्ट्रका जनप्रतिनिधि गद्दार भइदिँदा जनताले मातृभूमि गुमाए । भारतले लेन्डुपलाई विद्रोहमा उतारेर निर्वाचन गरायो । जितायो । करिब २५ वर्षको भारतीय चलखेलपछि १० अप्रिल १९७५ मा सिक्किम विधानसभाले भारतमा विलय गर्ने निर्णय गर्‍यो । सिक्किम भारतको भयो । सिक्किम ब्यालेट सिजर ९मतद्वारा कब्जा० बाट भारतले हडपेको मुलुक हो । यो राष्ट्रघातको सिकार भएको पछिल्लो उदाहरण पनि हो ।

उता भुटान सुरक्षा, सैनिक(सामरिक र वैदेशिक नीति भारतलाई सुम्पेर आत्माबिनाको शरीर भएको छ । त्यहाँ कठपुतलीतन्त्रमा चलेको छ । भनिन्छ, सबैभन्दा राष्ट्रवादी राजाहरू हुन्छन् । हुँदैनन् भन्न सकिँदैन । तर, राजालाई राष्ट्रको भन्दा धेरै राजगद्दीको माया हुन्छ । सम्पत्तिको हुन्छ । राजाहरु राष्ट्रको राजगद्दीलाई पनि निजी ठान्छन् । राजाहरू राष्ट्रवादी देखिन्छन्, तर वस्तुतः हुँदैनन् । आफ्नो राजगद्दी र सम्पत्ति जोगाउन राजाहरूले पनि राष्ट्रघात गरेका हुन्छन् । हाम्रो कालापानी पनि राजकीय सिकार भएको कुरा ‘सेलेक्टेड वर्कस् अफ जवाहरलाल नेहरूु किताबमा छ भन्नेहरू पनि छन् । त्यसको समेत खोज, अध्ययन र विश्लेषणको जरुरी छ । भुटान राजाको राजगद्दी र सम्पत्ति मोहको सिकार भएको हो । उनले राष्ट्रको तालाचाबी भारतलाई बुझाउँदा नै आफूलाई सुरक्षित ठाने । लगभग चार सय वर्षदेखि बसेका नेपाली भाषी लखेटेर झन् सुरक्षित माने । आफ्नै नेपाली भाषी जनता रातारात लखेटे ।

हामी कस्तो राष्ट्रको अभ्यास गर्दैछौं रु माथिका यी जिउँदा घटनासँग हाम्रा अहिलेका कुन नेताको चरित्र नमिल्ला रु संघीयता र नेपालका राजनीतिक घटना(परिघटना हेर्दा सिक्किममा प्रयोग भएको भारतीय ‘फर्मुलाुले नै सबै कुरा भित्रभित्र सूत्रबद्ध गर्दैछ । यहाँको इसाई योजना र नागरिकता नीति हेर्दा धार्मिक उपनिवेश र फिजीकरण पनि एकसाथ हुर्कदै गएको बुझ्न गार्‍हो छैन । नक्सामा भुमि समेटियो । धन्यवाद छ । यो राम्रो कुरा हो । के यत्ति कामले ओलि राष्ट्रवादी भनेर ठोकुवा गर्न मिल्छ रु उनले राष्ट्रवादी कार्यकारीको हैसियतले गर्नुपर्ने सबै काम गरिसके त । मलाई लाग्छ, यत्ति गर्दैमा राष्ट्रवादको श्रेष्ठताको उपमा दिनु व्यक्तिवाद हो । उनले गरेका राष्ट्रघातको पनि समिक्षा हुनुपर्छ । एमसीसीबारे उनले के सोच्दै होलान् रु उनी अब्बल राष्ट्रवादी भए एमसीसीबारे राष्ट्रवादी निर्णय लिनुपर्ने होइन र । संसदमा छिट्टै एमसीसी पास गर्न नमिलेर किन छट्पटी भएको होला । संसदमा पास गर्न नपाएको छट्पटी न्यून गर्न एमसीसीको म्याद थप्न तुरुन्तै एमसीएसँग सहमति गर्न सफल भए । एक्लै राष्ट्रवादी बन्ने, नयाँ नक्साको जस एक्लै लिने रु महाकाली सम्झौताको समिक्षा नगर्ने रु वामदेवले बैठकमा ठिकै कुरा उठाए ।

अर्काथरी जसले मधेस मुक्तिको मन्त्रले मधेसकै शोषण गरे । जीवनभर देश विखण्डन र विभाजनको धम्की दिए । देशद्रोहको योजना बनाए । भारतीय विस्तारवादी नीतिमा मलजल हाले । तर एकदिन के बाध्यता आइलाग्यो उनले संसदमा चर्को राष्ट्रवादी भाषण ठोके । म त भन्छु, उनले राष्ट्रवादको नाउँमा बाध्यताको रोष पोखे । संसदमा उनले अवसर छोपेर खोक्रो राष्ट्रवादको अवसरवादी अस्त्र प्रहार गरे । तर धेरैको नजरमा उनी तुरुन्तै राष्ट्रवादी बने । मधेसी मसिहा र भारतीय खेतालाको उपमा छिनभरमै मेटाए । हामी यति कमजोर दृष्टिकोणीय धरातलमा खडा भएका रहेछौं कि राजेन्द्र महतो समेत राष्ट्रवादी देख्न शुरु भैहाल्यो ।

वास्तवमा कुनै पनि सत्ता, पद, लालसा र सम्मानमा लिप्त नभई राष्ट्र र जनताका लागि आफ्नो बलिदान गर्नसक्ने निष्ठावान् र आस्थावान् व्यक्ति मात्र सच्चा राष्ट्रवादी हुन सक्छ । कुनै पनि स्वार्थसँग राष्ट्रवादको सौदाबाजी हुन्छ भने त्यो खोक्रो राष्ट्रवाद हो । देशको स्वाभिमान, सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता र पहिचानको संरक्षण गर्ने कुरा आम नागरिक कर्तव्य हो । कतिलाई लाग्छ होला, राष्ट्रवाद भनेको राष्ट्रियता पक्षको चर्को अभिव्यक्ति हो । जुन संकुचित र गलत हो । देश, जनता, सार्वभौमसत्ता, स्वाभिमान र संस्कृतिको खातिर जो आफुलाई निस्वार्थ भावनाले बलिदान गर्न तयार हुन्छ त्यो सच्चा राष्ट्रवाद हो । राष्ट्रवादले यो कुराको श्रेष्ठता दाबी गर्छ । खोक्रो राष्ट्रवाद शासकले आफ्नो अनुकूलताका लागि प्रयोग गर्दै आएको एउटा अस्त्र हो । त्यहाँ श्रेष्ठताको हल्लाखल्ला गरिन्छ । राष्ट्रवादको लेपनले अन्य सबै कमजोरी छोप्ने प्रयत्न गरिन्छ । राष्ट्रवाद र देशभक्ति एउटा नागरिकले गरेको आफ्नो जिम्मेवारी र कर्तव्यबोधसँंग सम्बन्धित हुन्छ । जसको पालना गर्दा अरुको सहअस्तित्व, मर्यादा र समानता उपेक्षित हुँदैन । त्यहाँ श्रेष्ठताको कुरा हुन्न । श्रेष्ठताको दाबीले अर्कोको अस्तित्वलाई गौण बनाउँछ । न्युनीकरण गर्छ । राष्ट्रवादमा श्रेष्ठता खोज्नु स्वयं खोक्रो राष्ट्रवाद हो ।

भारतीयले सप्तरीको तिलाठीमा बाँध बाँध्न थाले । दसगजामा निरन्तर भइरहेको भारतीय थिचोमिचो झन् बढ्यो । तिलाठीवासीले नेता गुहारे । सरकार गुहारे । प्रहरी(प्रशासन गुहारे । कतैबाट केही भएन । बाँध रोकिएन । विकल्प भएन, जनता आफैं जागे । भारतीयहरूसँग भिडे । मातृभूमिको रक्षा गरे । किनभने स्वाभिमानको कुरा थियो । देशको धरतीको रक्षाको कुरा थियो । तिलाठीका राष्ट्रवादी नायक देवनारायण यादव गर्व गर्छन् । उनलाई सत्तामा पुग्न राजनीतिको हैन, आफ्नो राष्ट्रको चिन्ता छ । उनलाई प्रदेश चाहिएको छैन, आफ्नो देश चाहिएको छ । माटो चाहिएको छ । उनले निस्वार्थ भावनाले भने, ‘म त मेरो ज्यानमा एक थोप रगत भएसम्म सिमानामा केही हुन दिन्न । एक मिनेट आँखा चिम्लियो भने तिलाठी भारत बनिसक्छ ।ु त्यहाँका जनता मातृभूमिको छातीमा परचक्री पाउ पर्न नदिन देवनारायण सँगै रक्ताम्मे हुँदै लडे ।भारतीय लखेटिए । यो हो सच्चा, अच्छा र खास राष्ट्रवादको उदाहरण ।

तराई क्षेत्रमा भारतीय थिचोमिचो सधैं छ । यस क्षेत्रका जनता सधैं लुटिएका छन् । जंगे पिलरहरू उखेलिएका छन् । रातारात भूमि गुमाएर सुकुमबासी बन्नेको लेखाजोखा छैन । ‘मधेसीयो का मधेसु भनेर भाषण गर्नेले आजसम्म के गरे रु तराईका राष्ट्रवादी जनताले हिसाबकिताब राखेका छन् । हिजोसम्म ढाकाटोपी ढल्काएर दरबार छिर्नेहरू आज धोती लगाएर मधेसका ‘नयाँ मुल्लाु भएका छन् । सधैं नेपाली बोल्नेहरू आज पान चपाएर हिन्दीमा भाषण गर्दैछन् । मलाई लाग्छ राष्ट्रवाद र राष्ट्रियता टोपीमा हुँदैन, धोतीमा पनि हुँदैन । भाषामा मात्रै पनि हुँदैन । कोहि टोपीमा राष्ट्रवाद खोज्छन् त कोहि धोतीमा । टोपीमा र धोतीमा मात्रै राष्ट्रवाद खोज्नेहरु खोक्रा राष्ट्रवादी हुन् । माफिया, दलाल र कार्टेलरलाई राज्य सञ्चालनको ठेक्का दिन्छन् । धोती र टोपीमा राष्ट्रवाद खोज्छन् । राष्ट्रिय विधि विधान मृत बनाइन्छ । दलाल अर्थतन्त्रलाई अंगालो मार्छ्न् । कमिसनको खेलमा डुब्छ्न् । राष्ट्रिय अर्थतन्त्र मार्छ्न् सँगसँगै राष्ट्रवाद मर्छ । राष्ट्र लुट्नु पनि ठूलो राष्ट्रघात हो । राष्ट्रघात र मातृघात एकै हो । कहाँ हुन्छ राष्ट्रवाद रु राष्ट्रवाद आत्मामा हुन्छ । देशभक्ति भावनामा हुन्छ । देवनारायण यादवलाई सोधे हुन्छ, गोविन्द गौतमको बलिदानलाई सोधे हुन्छ । कहाँ हुन्छ राष्ट्रवाद रु के हो राष्ट्रवाद रु

राष्ट्रवाद भित्तामा कोरिने नारा होइन । आत्मामा अंकित हुने जीवन्त चेतना हो । राष्ट्रवाद राष्ट्रवासीको प्राण हो । त्यसका साक्षी राजेन्द्र महतोदेखि केपी ओलिहरू कदापि हुँन सक्दैनन्, देवनारायणहरू गोविन्द गौतमहरु हुन् । सामन्त, दलाल तथा नोकरशाहहरु साम्राज्यवाद र विस्तारवादसँग सम्झौता गर्न लालायित हुन्छन् र चर्का चर्का राष्ट्रवादका कुरा गर्छन् । कांग्रेसको राष्ट्रवाद, झापा काण्ड देखि भारतविरुद्ध सुरुङयुद्धको उद्घोष गरेर नेपाली भुमि फिर्ता लिन्छौं भन्नेसम्मका राष्ट्रवाद निस्किएको उहिल्यै हो । तर ती सबै कपट थिए । सत्तामा पुग्ने तरिका थियो । धेरै नेपाली तन्नेरी कपटको सिकार भए । कतिका पत्नी विधुवा बने । कति लालाबाला टुहुरा भए । ती सबै अन्धराष्ट्रवाद र उग्रराष्ट्रवादका नाटक थिए । यी नाटक जनप्रीय बन्ने र सत्ता क्यारिरिस्टको अभ्यासका रूपमा धेरै वर्ष चले । अन्ततः ती सबै खोक्रो राष्ट्रवादभित्र उम्रिएका राष्ट्रघातका असल नमुना साबित भए । उनीहरुको खोक्रो राष्ट्रवाद महाकाली, कोशी, गण्डक, माथिल्लो कर्णाली र नौमुरे सम्झौतामा छताछुल्ल पोखिए । अझै सबै छर्लंग भएन र ।

माथि नै भनियो, नयाँ नक्सामा भुमि समेटियो । धन्यवाद छ । यो राम्रो कुरा हो । यसैमा राष्ट्रवादको श्रेष्ठता मापन गर्नु उचित होइन । अब्बल समर्थनमा बलियो सरकार बनेको छ । भारतसँगको १९५० को असमान सन्धि खारेजीको कुरा खोइ । हामी नागरिकताको कुरा गर्छौ । नागरिकता नेपाली छ, तर हामी गोर्खा भएर काश्मिरमा पाकिस्तानीसँग लड्न बाध्य छौं । जो सँग दुश्मनी छैन उसैसँग लड्छौ । जसले हाम्रो छातीमा कुच्छ । सिमा मिच्छ । जनता हेप्छ र थिच्छ । उसैको राष्ट्र बचाउन हामी भिड्नुपर्ने । यो नागरिकताको अपमान भएन र । यो कस्तो राष्ट्रवाद हो । भारतीय सेनाले कालापानी छोड्न मानेन भने के होला रु मानौं, हामी हाम्रो भुमिबाट भारतीय सेना हटाउन लड्नु पर्ने भयो भने के एउटै आमाको कोखमा जन्मेका दुइ भाइ लड्ने रु पाकिस्तानसँग भिड्दा थुप्रै दाजुभाइ मरे । नेपालले के पायो रु न त भारतले सम्मान गर्छ । खोइ राष्ट्रवाद रु गोर्खा भर्तीकेन्द्र बन्द गर्नु पर्दैन । नागरिकता नीति कडा बनाइनु पर्छ । हाम्रो जस्तो मुलुकमा त्यस सम्बन्धि कडा नीति आवश्यक छ । छलफल हुनु राम्रो हो । तर नागरिकताको अपमान भएकोमा छलफल किन हुँदैन रु नेपाली नागरिकताको अपमान गर्नेहरु नै सत्तामा छन् । त्यही वर्गले नागरिकताबारे बहस गर्छन् जो आफ्ना छोराछोरीलाई नेपालको नागरिकता त्यागेर अमेरिकाको ग्रीनकार्ड, अष्ट्रेलियाको पीआर र बेलायतको रेसिडेन्सी हत्याउन लालायित हुन्छन् । नेपाली नागरिकता त्यागेको दिन हर्षोउल्लास मनाउछ्न् । त्यहीँ वर्ग राष्ट्रवादी ठहरिएर नागरिकता नीति कस्तो हुने भन्ने बहस गर्छन् । यो खोक्रो राष्ट्रवाद भएन र । त्यसैले असली राष्ट्रवाद स्वार्थमा होइन, देशभक्ति र स्वाभिमानमा हुन्छ । राम्रो दक्ष जनशक्ति सबै बाहिर गए देश कसरी बन्ला रु खोइ रोकेको ।

देशभक्ति र राष्ट्रवाद सिमानामा मात्र हुँदैन, त्योभन्दा ठूलो देशभक्ति भावनामा पनि हुन्छ । नेपाली जनता नेपाली मूलका भारतीय प्रशान्त तामाङ हुन् वा हाम्री तेरिया मगर हुन्, इन्डियन आइडल बनाएर जिताउँदा आफूले जितेको महसुस गर्छन् । पुष्षा बस्नेत हुन् वा अनुराधा कोइराला हुन्, सीएनएन सुपरहिरो र हिरो बनाउन रातारात नसुती भोटिङ गर्छन् । नेपाली जनता जातजाति, भाषाभाषी र क्षेत्रीयताभन्दा धेरै माथि छन् जुन छवि नेताले कायम गर्न सकेनन् । यो पनि जनताको सच्चा राष्ट्रवादको नमुना हो । जनस्तरमा नेपाली जनता चाहे मधेसी, पहाडी र हिमाली जे सुकै होस् सच्चा राष्ट्रवाद अंगालेर संघर्ष गरिरहे । नत्रभने देशका नीतिनिर्माता र सत्तामा बस्नेहरुले उहिले नै देशको तालाचाबी बुझाउने थिए । अझै भर छैन । संघीयता छिरेको छ । जातीयता, क्षेत्रियता र बहुराष्ट्रवादका मतियार सल्बलाइ रहेकै छन् । यदि शासकहरु वास्तविक राष्ट्रवादी हौं भने संघीयता खारेज गरौं । देश विखण्डन हुनबाट जोगाऔं । मुलुक सिक्किम, फिजी र भुटान हुनबाट बचाऔं । नक्साले मात्रै होइन । कालापानी बाट भारतीय सेना फिर्ता गरौं । १९५० लगायतका सबै असमान सन्धि खारेज गरौं । गोर्खा भर्ती खारेज गरौं । नेपाली नागरिकता त्यागेर विदेश पलायन हुने जनशक्ति रोक्न पहल गरौं आदि इत्यादी । होइन भने तिम्रो राष्ट्रवाद, राष्ट्रवाद होइन खोक्रो राष्ट्रवाद नै रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn