सिजादर्पण १९ असार काठमाण्डौ । लकडाउनको वेला सवैक्षत्रमा समस्या परिरहेका वेला निजि क्षेत्रका शिक्षक लाइ पसि समस्या भएको छ । तलब माग्दै निजी विद्यालयका शिक्षकको प्रदर्शन१९ असार, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुलाई तलब दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण गत चैतदेखि निजी विद्यालय बन्द हुँदा आफूहरुले तलब नपाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले हाम्रो तलबको व्यवस्था गर, सरकार हाम्रा लागि होइन र रु, हामी अभिभावकको विश्वासप्रति प्रतिवद्ध छौं, बहानाबाजी चाहिँदैन, शिक्षक निकाल्न पाइँदैन, सरोकारवालाको ध्यान जाओस् हामी भोकभोकै छौं आदि नारा लेखेको प्लेकार्ड बोकेका थिए । शिक्षकहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरी कोणसभा गरेका थिए ।
