Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जस्तै जिल्ला जिल्लामा चिकित्सकको टोली पठाउने हो भने गाउँ गाउँमा चिकित्सकको अभाव हुदैन डा:रावल


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार २२, २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जस्तै जिल्ला जिल्लामा चिकित्सकको टोली पठाउने हो भने  गाउँ गाउँमा चिकित्सकको अभाव हुदैन डा:रावल

सिजादर्पण असार २२ काठमाडौं । अहिले देशमा कोरोना महामारिका संक्रमितको संख्या बढ्दो छ। मानिस हरु मा झनैचिन्ता थपिदै गएको छ । विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिइरहेका छन्, स्वास्थ्यकर्मीहरु।दिनरात जनताको सेवामा लागि परेका छन ।

कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्येको एक हो, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान। चिकित्सक तथा स्वास्थ्यकर्मीको दिनरातको मिहिनेतले प्रतिष्ठान २७ जना संक्रमित उपचारपछि डिस्चार्ज गराउन सफल भएको छ।

अहिले अस्पतालमा ३५ जना संक्रमित उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको बताउँछन्, अस्पतालका निर्देशक डा मंगल रावल। उनी भन्छन्, ‘धेरै संक्रमित जुम्ला जिल्लाकै हुन्। त्यसमा अस्पतालका कर्मचारी र अन्य जिल्लाबाट आएका संक्रमित पनि छन्। अहिले उनीहरुको अवस्था सामान्य छ।’

पहिलो पटक ४० दिन अगाडि भारतबाट आएका २६ जना संक्रमित अस्पतालमा भर्ना भएका थिए। त्यो बेलामा निर्देशक डा रावल र उनका साथीहरुले संक्रमितको आफैंले जाँच गरेका थिए। त्यो बेलादेखि निर्देशक रावल र उनको टिम दिनरात नभनी संक्रमितको सेवामा खटिएका छन्।

विश्वमा कोरोना महामारी सुरु भएदेखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो तयारी सुरु गरेको थियो। त्यसैले पनि कोरोनाका बिरामी आउँदा मनमा अलिअलि डर भए पनि आफूहरुले खासै कठिनाइ भोग्नु नपरेको डा रावलको अनुभव छ।

। तर यी सबै पक्षलाई सहज र कुशल तरिकाले व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण काम होइन। यही चुनौतीलाई अवसरमा बदलेका छन्, अस्पतालका निर्देशक डा रावलले।

सुरुमा कोरोनाको उपचारका लागि अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मी तयार पार्नु उनको लागि त्यति सहज थिएन तर अस्पतालका कर्मचारीको साथ र सहयोगले गर्दा मात्र त्यो सम्भव भएको उनी सुनाउँछन्।

नेपालमा माघ ९ गते पहिलो संक्रमित भेटियो। त्यसलगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पनि कोरोना संक्रमितको उपचारका लागि तयारी अघि बढाएको थियो। ‘नेपालमा पहिलो संक्रमित देखिएलगत्तै हामीले तयारी सुरु गरेका थियौं,’ उनले भने, ‘कसलाई कसरी खटाउने, उपचारलाई कसरी सहज बनाउने लगायत सबै तयारी भयो।’

त्यही बेलामा नै उनले समुदायमा जनचेतना फैलाउने उद्देश्यले चिकित्सकीय ३८ जनाको टोली तयार पारे भने संक्रमित राख्ने आइसोलेसनको निम्ति चिकित्सक सहित स्वास्थ्यकर्मीहरुलाई तालिम दिए। त्यति बेला नै पहिलो पटक प्रतिष्ठानले नै नाकामा हेल्थ डेक्स स्थापना गर्न अस्पतालबाट चिकित्सक सहितको टोली पठाएको रावलले बताए।

डा रावलका अनुसार अहिले अस्पतालमा २ सयभन्दा बढी जनशक्ति छ। प्रतिष्ठानले कोरोना उपचार मात्र नभई अन्य स्वास्थ्य सेवाहरु पनि सँगसँगै सञ्चालन गरिरहेको छ। त्यसैले कोरोना संक्रमतिको उपचारसँगै अस्पतालले ओपिडी लगायत सेवालाई निर्वाध रुपमा सञ्चालन गरिरहेको छ।

चिकित्सक, कर्मचारीहरु विभिन्न विभागमा खटिनुपर्ने भएकाले उनीहरुको पिसिआर परीक्षण गरेर मात्र घर पठाउने गरेको निर्देशक डा रावलले बताए। ‘पिसिआर गर्दा अस्पतालकै स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भएको थाहा पायौं,’ उनले भने। ४र५ दिनदेखि ओपिडीमा अत्यधिक भीड बढ्न थालेपछि भने फोनमार्फत सेवा दिन थालेको डा रावल बताउँछन्।

०००

सुरुका दिनमा अस्पतालमा सेनिटाइजर र पिपिई केही पनि थिएन। सरकारको प्राथमिकतामा कर्णाली परेको थिएन। उसो त कोरोनाले महामारीको रुप लिँदै गर्दा विश्वभर नै सेनिटाइजर र पिपिईको अभाव खट्किएको थियो। जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैंले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पिपिई र सेनिटाइजर उत्पादन गर्न थाल्यो।

‘सुरुमा त सेनिटाइजर र पिपिईको अभाव हामीले झेल्यौं, सरकारले पनि हामीलाई उपलब्ध गराउन सकेन,’ निर्देशक डा रावल सुरुका दिन सम्झन्छन्, ‘हामीले गाउँघरमा झरी पर्दा ओड्ने प्लास्टिककै प्रयोग गरेर काम गर्नुपर्यो‍। किनकि आफू पनि सुरक्षित रहेर उपचार गर्नुपर्ने बाध्यता थियो। त्यसपछि विस्तारै हामी आफैंले सेनिटाइजर र पिपिई उत्पादन गर्न थाल्यौं।’ अहिले भने अस्पतालमा कोरोना उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था रहेको उनले जनाए।

०००

डा रावलले भोग्नु परेको अर्को चुनौती भनेको ११ दिन अगाडि अस्पतालको आइसोलेसन बाहेक अन्य वार्डमा काम गर्ने ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिनु हो। स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भए पनि जनशक्ति व्यवस्थापनका लागि चुनौती हुने उनी बताउँछन्। स्वास्थ्यकर्मीमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अस्पतालले अनुसन्धान गरिरहेको छ। रावलका अनुसार अहिले अस्पतालका ६ जना कर्मचारी कोरोना संक्रमित भइसकेका छन्, उनीहरु आइलेसनमा उपचाररत रहेका छन्।

उनी भन्छन्, ‘अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भएदेखि नै अस्पतालका धेरै चिकित्सक, स्वास्थ्यकर्मी अस्पतालमा बसेका छन्। उनीहरु आफैं पकाएर खान्छन्। २ हप्तामा पिसिआर परीक्षण गर्दा यदि नेगेटिभ आयो भने मात्र घर जाने गरेका छन्।’

केही दिन अगाडि अस्पतालमा प्रसूति सेवा लिन आएकी महिलामा पनि कोरोना पोजेटिभ देखिएको र उनीबाट सर्‍यो कि भन्ने आशंका भएर अध्ययन गरिरहेको उनले बताए।

०००

कोरोना समुदायस्तरमा फैलियो कि भन्ने चिन्ता निर्देशक डा रावलको छ। तर अहिलेसम्म त्यसको पुष्टि भने भइनसकेको उनले बताए। ‘अस्पतालले ‘किट इन्भेस्टिगेटिभ एन्ड कन्ट्याक्ट ट्रेसिङ टिम’ बनाएर कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम सुरु गरिसकेको छ,’ उनी भन्छन् ‘हामीले यो काम जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा गर्ने गरेका छौँ।’

त्यति मात्र होइन, प्रतिष्ठानले समुदायमा जनचेतना फैलाउनको निमित्त ३८ जना चिकित्सक सहितको टोली तयार पारेर ७ जिल्लामा पठाएको छ। टोलीले जिल्लामा रहेका सामान्य प्रकारका बिरामीको उपचार गर्ने, शंकास्पद बिरामीको नमुना संकलन गरेर अस्पताल पठाउने र यदि स्वास्थ्य अवस्था जटिल भए अस्पतालमा रिफर गर्ने गरेको छ।

सुरुसुरुमा जिल्लामा जाने चिकित्सकलाई गाउँलेले शंकाको दृष्टिले हेर्ने गरेको गुनासो चिकित्सकले रावललाई सुनाउँथे। कतिपयले त मुखै फोरेर ‘तिमीले रोग लिएर आयौ’ भनेर गाउँमा बस्न नदिने गुनासो गरेको चिकित्सकले रावललाई सुनाउँथे। पछि सम्झाएपछि भने गाउँलेहरुले सहयोग गर्ने गरेका कुराहरु चिकित्सकले सुनाउन थाले। अहिलेले सबै जना सचेत भएकोले जिल्लामा गएका चिकित्सकलाई सहज भएको अनुभव डा रावलले गरेका छन्।

०००

अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि २ जना चिकित्सक, २ जना नर्स र २१ जना सहयोगी पालोपालो गरेर २४ घन्टा आइसोलेसनमा खटिने गरेका छन्।

आइसोलेसनमा जतिबेला पनि जान नमिल्ने भएकाले संक्रमितहरुलाई सिसिटिभीबाट निगरानी राख्ने गरेको रावलले बताए। ‘२४ घन्टा नै आइसोलेसनमा बस्नु पर्दैन तर यदि गाह्रो भएमा उहाँहरुले फोन गर्नुहुन्छ। यदि जटिल अवस्था आयो भने मात्र भित्र छिर्ने गरेका छौँ,’ उनले भने, ‘हामी पनि बेलाबेलामा फोन गरेर हालखबर बुझ्ने गर्छौं।’

आइसोलेसनमा राखिएकाहरुलाई पोषिलो खानेकुरा चाहिने हुँदा अस्पतालले बिहान र दिउँसो नास्ता र बिहान–बेलुका खाना गरेर ४ पटक खाना दिने गरेको डा रावलले बताए।

उनका अनुसार अस्पतालमा अहिले २ सय शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा छ। ३ शय्याको मात्र आइसियु अहिले बढाएर १० शय्याको बनेको छ र ९ वटा भेन्टिलेटर सहितको शय्या रहेको छ।

०००

क्वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय सरकारको मातहतमा रहेको छ। प्रतिष्ठानको आफ्नै कोरोना परीक्षण ल्याब भएकाले अस्पतालले क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआर परीक्षण गरिसकेपछि मात्र घर पठाउने गरिएको छ।

‘विभिन्न ठाउँमा परीक्षणबिना नै घर पठाइएको खबर सुनेका छौं तर हामीले क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको पिसिआर परीक्षण गरेपछि मात्र घर पठाउँछौं,’ उनले भने।

डा रावलकै सक्रियतामा जुम्लामा सुरु भएको पिसिआर परीक्षण ल्याब अहिले नेपालमा धेरै पिसिआर परीक्षण गर्नेमध्येको एक पर्छ। काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछि जुम्लाको उक्त ल्याब धेरै परीक्षण गर्नेमा दोस्रो नम्बरमा आउँछ।

उनका अनुसार जुम्ला जिल्लामा क्वारेन्टाइनमा करिब सय जना रहेका छन्। स्थानीय समन्यन समिति, भिसी, रजिस्ट्रार, रेक्टर कर्मचारीहरुको सहयोग र साथको कारणले संक्रमित बिरामीको उपचारमा सहज भएको उनको बुझाइ छ।

डा रावल भन्छन्, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जस्तै यदि सबै प्रतिष्ठानले जिल्ला जिल्लामा चिकित्सक सहितको टोली पठाउने हो भने गाउँगाउँमा चिकित्सकको अभाव हुने थिएन।’श्रोत स्वास्थ्य खवर पत्रिका l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn