आँखामा मोतियाविन्दुको समस्या भएपछि सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।बुधबार बिहान साढे १० बजे काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले शल्यक्रिया गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको न्यौपानेले बताए । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् ।सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा। सन्दुक रुइतसहितको चिकित्सकको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै
