Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नाग्म–गमगढी सडक हिलाम्मे :वषौसम्म बनेन पुल,यात्रुलाई सकस


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २५, २०७७

नाग्म–गमगढी सडक हिलाम्मे :वषौसम्म बनेन पुल,यात्रुलाई सकस

मानदत्त रावल ।
सिजादर्पण असार २४, जुम्ला । जुम्ला । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ ।

सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर कामै नभएर फ्रिज हुने गरेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक प्रदेश र सङ्घीय सरकारले निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन, बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।”

त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । “गाउँपालिकाअघिको जुगाड खण्ड सधैँ हिलाम्मे हुन्छ । ग्राभेलका लागि सधैँ ठेकेदार पक्षसँग भनेका हुन्छौँ, बन्दैन । यसले गर्दा हामी जनप्रतिनिधिले सधैँ गाली खाने गरेका छौँ । यसमा स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनका लागि न्यून रकम खर्च गर्दा महालेखा नियन्त्रक कार्यालयले बेरुजु देखायो ।” सङ्घीय सरकारअन्तर्गत सडक ग्राभेलका लागि बोलपत्र आह्वान भएको तीन वर्ष बित्न लाग्दा पनि ग्राभेल हुनसकेको छैन ।

ठेकेदारले अटेर गरेपछि ग्राभेलको काम अलपत्र
नाग्म–गमगढी सडकखण्डको नाग्मबाट आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किलोमिटर मात्रै ग्राभेल हुँदा सडकयात्रा कष्टकर बनेको छ । नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक रु सात करोड ९० लाख ९५ हजार १७७ मा थोदुङ कन्स्ट्रक्शनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दशैँअघि नै काम सम्पन्न गर्नुपर्ने थियो । बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ।

नाग्म–गमगढी राजमार्गको सिञ्जा सडकखण्डअन्तर्गत अधिकांश स्थानमा अत्यधिक हिलो र खाल्डाखुल्डीले गाडी फस्ने भएकाले अधिकांश गाडी जानै मान्दैनन् । यसले गर्दा यात्रुले थप समस्या भोग्दै आउनुपरेको स्थानीय डिल्ली तिवारीले बताउनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रमा दिनभरमा तीन किलोमिटरसमेत गाडी गुड्न सक्दैनन् । यातायात समस्याकै कारण माथिल्लो सिञ्जा र मुगुका यात्रुहरू बीचबाटोमै बास बस्न बाध्य छन् । नाग्म–गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्डानुसारको ग्राभेल नहुँदा यात्रुलाई सास्ती भएको छ।

सात वर्ष बित्दा पनि हिमा नदीमा बनेन पुल
निर्माण शुरु गरेको सात वर्ष बितिसक्दा पनि सिञ्जा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा पुल बन्न सकेको छैन । अहिलेसम्म एउटा पिलर मात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । यो पुल निर्माणका लागि विसं २०६९ मै रु चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो। विसं २०७० देखि निर्माण थालिएकामा एउटा पिलर ठडिएपछि निर्माण रोकिएको स्थानीय हंस सार्कीले बताउनुभयो।

स्थानीय बासिन्दाले पुल निर्माणका लागि पटक–पटक माग पनि गरेका छन्। जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि पुल निर्माणका लागि ताकेता नभएको स्थानीय बासिन्दाले गुनासो गरे । पुल निर्माणका लागि ल्याइएका २०० बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ । छड, गिट्टी, बालुवा पनि अलपत्र छन् ।

पुल नबनेकै कारण पाँच सय रोपनी खेत बाँझै
हिमा नदीमा पुल बनाउन शुरु गर्दा सिँचाइ कुलो भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनाउन सकिएको छैन । कुलो नबन्दा सिञ्जा–२ रनुखानागाउँको ५०० रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय महेश्वर तिरुवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो ।

नराकोट–कोटघर वैकल्पिक सडक ग्राभेल
नाग्म–गमगडी सडक बढी हिलाम्मे हुने भएपछि सिञ्जा गाउँपालिकाले नराकोट–कोटघर छिमेकी कनकासुन्दरी गाउँपालिका जोड्ने सडक बनाएको छ । आचार्यलिहीबाट रोकायावाडासम्मको सडक बढी हिलाम्मे हुने भएकाले छोटो दूरीको नराकोट–कोटघर जोड्ने सडक बनाएको हो । यो सडकमा सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले आ–आफ्नो सिमानासम्म बनाएका हुन् ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि बनेको सडकमा ग्राभेलसमेत भइसकेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । यो सडकलाई अझै आरसिसी गर्ने योजना रहेको उहाँको भनाइ छ । छोटो दूरीको सडक बने पनि पुल नभएका कारण समस्या भएको छ ।

यो सडकबाट धापागाउँ जोड्ने पक्की पुलको बोलपत्र भइसकेको छ । आचार्यलिही हुँदै नराकोट भएर धापागाउँ भएर पुनः नाग्म–गमगडी सडकखण्डको डिग्रा जोड्नका लागि रु एक करोड ६० लाख बजेटमा हिमा नदीमाथि पक्की पुलको बोलपत्र भएको अध्यक्ष रावलले बताउनुभयो । अहिले दुई पाङ्ग्रे मोटरसाइकल मात्र गुड्ने गरेका छन् । मोटरसाइकलमा सवार गर्ने यात्रुका लागि यो सडक निकै सहज भएको स्थानीयवासी मोहन शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn