सिजादर्पण काठमाडौँ चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै बेइजिङ्गले केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई चीनले आफ्नो देशमा प्रवेश गर्न नदिने भएको हो ।
चिनीयाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले हिजो सोमबार पत्रकारहरुमाझ यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिएकी थिइन् ।
यतिबेला चीन र अमेरिकाबीच आन्तरिक दुश्मनी बढिरहेको छ। अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको स्वरुप अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो ।
