
हेमन्तप्रकाश वली
ह्यापी बर्थ डे छोरी
ह्यापी बर्थ डे छोरी
तिम्रो शुभजन्मोत्सवको असीम शुभकामना १
मेरी प्यारी छोरी १
मेरो मरुभूमिजस्तै देखिने जीवनमा
पलाउँदै गरेकी नयाँ पालुवा हौ तिमी
कहिले क्लान्त देखिने मुहारमा
ऊर्जा र चमक थप्ने शक्ति र औजार हौ
निस्पट्ट निशाचर चिरेर
उदाउँदै गरेकी नयाँ बिहान हौ
उजाडिएको उदास हिउँदपछि
छाउँदै गरेकी नयाँ वसन्त हौ
नदीले छोडेको बगरको बालुवामा
सौभाग्यले भेटिएकी अनमोल रत्न हौ ।
मेरी प्रिय छोरी १
तिमी छ्यौ र त आज मेरा
सुक्न थालेका आशाहरू अङ्कुराएका छन्
तिम्रो आगमनले
मेरा टुट्न लागेका सपनाहरू जोडिएका छन्
कतै छुटेका मेरा कदमहरू
फेरि नयाँ लयमा फर्किएका छन्
निभ्न लागेको आशाको दियो
फेरि प्रज्वलित बनेको छ ।
मेरी प्यारी छोरी १
सधैँ बेचैन बन्न थालेका यी रातहरूमा
आज तिमीलाई नै हेरी–हेरी
निदाउने अवसर पाएकी छु
रात गहिरो गरी डुब्दै जाँदा
अनगिन्ती वेदनाहरू आँसु बनेर
गाला हुँदै सिरानीमा पुग्दा
तिम्रो स्निग्ध अनुहारमा हेरी–हेरी
सारा पीडाहरू भुलिरहेकी हुन्छु ।
त्यसैले मेरी प्यारी छोरी १
म सधैँ चाहन्छु–
तिम्रो जीवन फूलजस्तै फुलिरहोस्
जूनजस्तै चम्किरहोस्
मलाई गिज्याइरहने
अभाव, कष्ट र पीडा
तिम्रो पछि कहिल्यै नलागून्
गहभरिभरि आँसु सजाएर
हाँसेको अभिनय गर्नु नपरोस्
तिमी हिँड्ने बाटोभरि
फूलैफूलको वर्षा होस् ।
मेरी प्यारी छोरी १
तिमी जन्मेको आजको दिन
म तिमीसँग एउटा कुरा भन्छु–
तिम्रा बाबाले बन्धकी राखेर
निजी जीवनका सारा खुसीहरू,
साम्यवादको सपना देख्नुभएको छ
गरिबी, रोग, भोक र अभावमा जेलिएका
करोडौँ जीवनहरूलाई मुक्त बनाउन
शोषण, दमन र अत्याचार अन्त्य गरी
नयाँ समाज व्यवस्थाको जग बसाउन
एउटा कठिन बाटो रोज्नुभएको छ
त्यसैले तिमीले जीवनको
अन्तिम अभीष्ट क्रान्ति बनाउनू
त्यहाँ तिम्रो बाबाको हातमा भिराइएका
फलामे सिक्रीहरू
काँडेतारका छिद्रबाट
तिम्रो बाबाका सपनाहरू अङ्कुराएका हुनेछन्
तिम्रो बाबालाई थुन्ने फलामे काँडेतारहरू
साम्यवादको सपाट राजमार्ग निर्माण गर्ने
अस्त्रमा परिणत हुनेछन्
अनि तिम्रा बाबाले देखेको सपनाको विजय हुनेछ
त्यहाँ एउटा ठूलो जुलुस निस्कीने छ
तिमी र म
