अधिवक्ताः नरेन्द्रनाथ योगी
मुलुकमा वर्तमान अवस्थामा नेकपाको बहुमतको सरकारले शासन गरि रहेको छ । यो सरकारको शासन काल अढाई बर्षको भएको छ । यो सरकारको मकसद नै आन्तरिक मामिलामा अहस्तक्षेप र असलग्न हुन पर्ने हो ।यही सरकारको पालामा चार चार पटक नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेर आयो । पहिलो नेपालको सविधान २०७२ जारी हुँदा,दोसा्र २०७६ वैशाखमा भारतले कालापानी क्षेत्रका नेपालको भुभाग आफनो नक्सा गाभेको, दोसा्रे २०७७ बैशाख २५ मा मानसरोवर सडक उदघाटन गरेर,तेसा्रे २०७७ बैखाह पहिलो हप्ता तिर प्रम ओलीले दलबदलू अध्यादेश ल्याएको अवस्था पनि सो अध्यादेशका पार्टी भित्र र बाहिर व्यापक विरोध भए पछि उनको राजिनामा समेत माग भयो ।
त्यस वेला पनि चिनिया राजदुतको सरकार थाम्न दौडधुम बढै कुरा बाहिर आयो । अहिल २०७७ असार ११ गते तिर नेकपा कै जारी स्थायी समितिको बैठकमा आन्तरिक पार्टी सघर्ष बढदा प्रम ओलीका राजिनामा पार्टी भित्रै बाट माग भयो । यो अवस्थामा पनि भारत र चीनको दौडधुम व्यापक राजधानी काठमाडौ केन्द्रित भएर बढि रहेको छ ।सबै भन्दा अचम्मको कुरा के भई रहेको छ भने नेपाल माथि हाम्रा नजिकका छिमेकी मित्रराष्ट्रहरुले माया गरेर हो या आ—आफना स्वार्थलार्ई केन्द्रमा राखेर हो कहिले जल,जमिन माथि हस्तक्षेप र अतिक्रण गर्न उद्धत देखिएका छन् भने कतै राजनैतिक त कतै धार्मिक कतै वाणिज्य क्षेत्रमा र प्राकृतिक श्रोत युरिनियम माथि ।
